देशको श्रि सम्पति खोला जस्तै तराउँन थाले,
नेताहरु प्रतिगामि ब्यबस्था मन पराउँन थाले।
हिजो देश जनताकै रक्षक बन्छु भन्नेहरु लाई,
छैन सरोकार नागरिक पशुतुल्य ठराउँन थाले।
बहादुर र बिरहरु को यो हिमालको काखबाट,
किन होला बिस्तारै देशभक्तहरु हराउँन थाले।
चौपट छ अर्थ ब्यबस्था चराचर पारे देश लाई,
हिँजो सुरुङ खन्नेहरु नै उनै सँग डराउँन थाले।
सरकार दुई तिहाई छ तर फितलोछ ब्यबस्था,
थर थरी काँपेर बिदेशिहरु लाई भराउँन थाले।
हिँजो राजा राणा ले जनता को रगत मा पौडे,
आज नेताले नागरिक वे बारिसे गराउँन थाले।
पृथ्वीनारायण को पाला एकिकरण गर्दा मर्थे,
आज बिखण्न गर्ननै धेरै जनता मराउँन थाले।
देशका जनताहरु लाई रैति बनाए नेताहरु ले,
त्यसैले ता देश भक्तको मन मुटु चराउँन थाले।
नबिर्शनु सरकार देश यहि देशका शपुतको हो,
सुन तुफानको ग्रजन बनेर कता कराउँन थाले।
सुरेशकुमार पान्डे