• होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोभिड–१९ बाट २ लाख साढे ३९ हजारको मृत्यु

कोभिड–१९ बाट २ लाख साढे ३९ हजारको मृत्यु

  • शनिबार, बैशाख २०, २०७७
कोभिड–१९ बाट २ लाख साढे ३९ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसन्म कोरोनाका कारण २ लाख ३९ हजार ५ सय ६६ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७ सय ५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २ सय ३६, बेलायतमा २७ हजार ५ सय १०, स्पेनमा २४ हजार ८ सय २४ तथा फ्रान्समा २४ हजार ५ सय ९४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

३४ लाखमा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ३१ हजारमा यो संक्रमण देखिएको छ । १० लाख ८० हजार कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

२० लाख ८० हजार संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५१ हजार ३०० को अवस्था गम्भीर रहेको छ बाँकीको मध्यम रहेको छ । जनवरीको पहिलो हप्ता चीनको वुहानबाट सुरु भएको यो कोरोनाको संक्रमण चीनमा भने नियन्त्रणमा आइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार