• होमपेज
  • देश
  • रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

  • बिहिबार, बैशाख १८, २०७७
रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु
फाइल तस्बिर

रोल्पामा बम विष्फोटनमा परेर चार बालबालिकाको बिहिबार वेलुका मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ एकै गाउँका चार बालबालिकाको मृत्यु भएको हो मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्रीको मृत्यु भएको छ ।

गाउँको नजिकैको जंगलमा ग्वाला गएका उनीहरु विष्फोटमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको छ । विष्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । युद्धकालमा रहेको बम विष्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शब घटनास्थलमै छन् । चारैजनाको मृत्यु भएकाले विष्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन् । बम भेटाएर खेलाउदा विष्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । घटना विष्फोटमा अर्को एक थान बम समेत फेला परेको छ ।

चर्चामा

सम्बन्धित समाचार