शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला बाहिर बाट आएपछि अनिवार्य क्वारेनटाइनमा, बाजुरामा ३ सय ५ जना क्वारेनटाइनमा

जिल्ला बाहिर बाट आएपछि अनिवार्य क्वारेनटाइनमा, बाजुरामा ३ सय ५ जना क्वारेनटाइनमा

  • बिहिबार, बैशाख १८, २०७७
जिल्ला बाहिर बाट आएपछि अनिवार्य क्वारेनटाइनमा, बाजुरामा ३ सय ५ जना क्वारेनटाइनमा

बाजुरा जिल्लामा जिल्ला बाहिर बाट आउनेले अनिवार्य क्वारेनटाइनमा बस्नु पर्ने रहेको छ । बाजुरा सँगै जोडिएको अछाम, बझाङ्ग लगायतका जिल्ला बाट आएपनि क्वारेनटाइनमा बस्नु परेको छ । त्यस्तै काठमाडौ धनगढी बाट आउनेले पनि क्वारेनटाइनमा बसिरहेका छन् ।
जिल्लाका ९ वटा स्थानिय तहका १८ वटा क्वारेनटाइनमा ३ सय ५ जना बसिरहेका छन् । ७२ जना महिला र २ सय ३३ जना महिला क्वारेनटाइनमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । क्वारेनटाइनमा बसेका जिल्ला बाहिर धनगढी, महेन्द्रनगर, काठमाडौ लगायतका शहर बाट आएका स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । १४ क्वारेनटाइनमा राखेर परिक्षण पनि घर पठाउने रहेको पन्तले वताएका छन् ।
त्रिवेणी नगरपालिकामा ५८ जना, बुढिगंगा नगरपालिकामा ४२ जना, बडिमालिका नगरपालिकामा १७ जना, स्वामिकार्तिक खापर गाँउपालिकामा ५७ जना क्वारेनटाइनमा रहेका छन् । त्यस्तैै बुढिनन्दा नगरपालिकामा ६ जना, जगन्नाथ गाँउपालिकामा ४८ जना गौमुल गाँउपालिकामा १८ जना, हिमाली गाँउपालिकामा ७ जना र खप्तड छेडेदह गाँउपालिकामा ७२ जना क्वारेनटाइनमा रहेका छन् । जिल्ला प्रबेश गर्न सबैलाई क्वारेनटाइनमा राखेपछि क्वारेनटाइनमा बस्नेको संख्या बढेको स्थानिय तहले वताएका छन् । क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ ।
क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् । १८ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार