सेनाहरुका लागी मुलुकको स्वाधीनता भन्दा ठुलो राजनीतिक दलहरूका नेताहरूको महत्त्व बढी छ । सेनाहरुले थाहा पाउनुपर्ने कुरा मुलुक भन्दा ठूलो संविधान होइन । संविधान फेरि पनि बन्न सक्छ । मुलुकमा के सहि भइ रहेकोे के गल्ती भइ रहेको छ भन्ने कुरा प्रमुख हो । तपाईंहरु आफै भन्नुस् के प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरू संविधान बमोजिम चलेका छन ? हाम्रो मुलुकमा प्रजातन्त्र र गणतन्त्रको सहि सदुपयोग भएको छ र ? नागरिकहरुले सहि कामहरू गर्नका लागी निर्वाचनमा चुनेर पठाएका हुन। जनताहरु बाट निर्वाचित हुँ भन्दैमा दुरुपयोग र मनपरि गर्न पाइन्छ ? कोरोना भाइरसको महामारीको समयमा दुरुपयोग गर्ने हरुले अरु समयमा के बाँकी राख्लान ? कोरोना भाइरसको महामारीमा लकडाउनको समयमा सत्ता लिप्सा र सत्ता परिवर्तनको खेल के यो सहि हो ? हग्नेलाई भन्दा देख्नेलाई लाज । यसकारण मुलुकको हित भन्दा ठुलो संविधान होइन यो सबैले बुझ्नुपर्ने कुरा हो ।
बाहिरी मुलुकहरुमा सेनाहरुको लागि मुलुकको स्वाधीनता र अस्मिता भन्दा ठुलो केही पनि हुँदैन ? तर नेपालमा सेनाहरु पनि राजनीतिक दलहरूको कार्यकर्ता र सदस्य भए जस्तो छ नी ?
कोरोना भाइरसको महामारीमा समेत स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, कालोबजारी र स्वास्थ्य सामग्रीको चोरी गर्न नछाड्ने हरुले अरु समयमा मुलुक संग गद्दार गर्न के बाँकी राख्लान ?
बाहिरी मुलुकमा सेनाहरु मुलुकको स्वाधीनता प्रति मात्र जिम्मेवार हुन्छन । विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकालीन बाट चल्दै आइरहेको अवस्था छ । हाम्रो मुलुकमा प्रधानमन्त्री, मन्त्री र सांसदहरूको कारण मुलुकको स्वाधीनता धरापमा पर्दा पनि सेनाहरुको आस्था दलहरू प्रति मात्र देखिन्छ । हाम्रो मुलुकमा लुटनका लागी गणतन्त्र ल्याइएको हो ।
सेनाहरुको लागि मुलुकको स्वाधीनता र अखण्डता भन्दा ठुलो र प्यारो राजनीतिक दलहरूका नेताहरू होइन र ? कोरोना भाइरसको महामारीमा मुलुकमा संकट परेको बेला मुलुक भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र सत्ता परिवर्तनको खेल भइ रहँदा पनि सेनाहरु चुप छन ।
अब सेनाहरुले जंगी अड्डा, पृतना, गण र गुल्म हरुको नाम परिवर्तन गरि नेकपा पृतना, कांग्रेस पृतना, माओवादी पृतना, राजपा पृतना, माले पृतना, राप्रपा गण, साझा गण, विवेकशील गण, बाममोर्चा गुल्म र मजदुर किसान गुल्म आदि आदि जस्ता नामकरण गरे हुन्छ ।
सर्वसाधारण हरुलाई मात्र लकडाउन छ । नेताहरूलाई खुमलटार, कोटेश्वर, भैसेपाटी र बालुवाटार आदि आदि जस्ता यत्रतत्र जान आउन छुट छ हैन र ?
यसकारण सबै नेपाली नागरिकहरुले बुझ्नुपर्ने कुरा मुलुक भन्दा ठुलो संविधान होइन । संंविधान फेरि पनि बन्न सक्छ । स्वतन्त्र नेपाली नागरिक
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर -०२