शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ/वाणिज्य
  • लकडाउनमा कृषि कर्म कायम राख्न कृषि मन्त्रालयको अनुरोध

लकडाउनमा कृषि कर्म कायम राख्न कृषि मन्त्रालयको अनुरोध

  • बिहिबार, बैशाख १८, २०७७
लकडाउनमा कृषि कर्म कायम राख्न कृषि मन्त्रालयको अनुरोध

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कोरोना भाइरसका कारण जारी लकडाउनमा पनि कृषि कर्म जारी राख्न किसान तथा त्यससँग सम्बन्धित सबैलाई सर्वसाधारणलाई अनुरोध गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवस्थामा समेत कृषि सम्बन्धी गतिविधि नियमित नराखे आउने दिनमा खाद्य असुरक्षाको अवस्था आउने सक्ने सम्भावना रहने भएकाले कृषि कर्मलाई जारी राख्न मन्त्रालयले आग्रह गरेको छ ।

कृषि कर्म जारी राख्नका लागि समाजिक दुरी अर्थात कम्तीमा ३ फिटको दुरी कायम गरी व्यक्तिगत सुरक्षाका लागि मास्क लगाउने वा रुमाल प्रयोग गर्न पनि मन्त्रालयले सुझाव दिएको छ । संभव भएसम्म जग्गा बाँझो नराखौ, सिजन अनुसार जुन बाली लगाउन सकिन्छ सो बाली लगाउने कार्यमा लाग्न आग्रह गर्दै मन्त्रालयले कृषि कर्मका लागि सकेसम्म मेसिन प्रयोग गर्ने र त्यो प्रयोग गर्नु अघि र पछि सावुन पानीले हात धुन अनुरोध गरेको छ ।

पशुपक्षी गोठ वा फर्ममा कार्य गर्दा छुट्टै लुगा र जुत्ता प्रयोग गर्न र पशुपक्षीमा स्वास्थ्य सम्बन्धी कुनै समस्या देखापरेमा नजिकमा रहेका पशुसेवा प्राविधिक वा पशुपक्षी अस्ताल तथा विज्ञ केन्द्रमा सम्कर्प राख्न पनि आग्रह गरिएको छ । त्यसका साथै बजार लानुपर्ने बालीवस्तु यदि केही समय भण्डारण गर्न सम्भव छ भने भण्डारण गरौं, बजार लग्न हतार नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

धान, तरकारी, घाँस लगायतका बालीका बीउ विजन, मल, विषादी, दाना, पशुपक्षीका औषधी, खोप, दाना, कृत्रिम गर्भाधान सेवा वा अन्य उपकारणका लागि समयमा नै नजिकका कृषि तथा पशुप सेवा प्रविधिसँग सम्पर्क राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

त्यसका साथै फलफूलका विरुवाको माग गर्नु परे, तोकिएको श्रोत केन्द्र वा सम्बन्धित क्षेत्रमा कृयाशील कृषि प्राविधिकसँग सम्पर्क राख्न पन िअनुरोध गरिएको छ ।

स्थानीय तहको सहकार्यमा कृषक समूह र सहकारीले कृषि वस्तुको बजार व्यवस्थापन, कृषि सामाग्रीको माग संकलन र ढुवानीमा सहयोग गरी किसानका समस्या समाधानका लागि सहजीकरण गर्न अनुरोध गर्दै मन्त्रालयले कतिप कृषि तथा पशुपक्षी सामाग्रीका खुद्रा विक्रेताहरुले अहिलेको असहज परिस्थितिमा समेत आफ्नो सेवा सुचारु राखेका छन्, यसलाई काम राख्दै स्थानीय तह र प्रशासनसँगको समन्वयमा निर्धारित भौतिक दुरी कायम हुने गरी खुल्न नसकेका पसलहरु पनि खोल्ने व्यवस्था मिलाउन र पसल आउन नसक्ने कृषकका लागि होम डेलीभरीको व्यवस्था मिलाउन वा सामूहिकरुमा माग संकलन गरी ढुवाईको व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

स्थानीय तहका पदाधिकारी र स्थानीय प्रशासनको समन्वयमा व्यक्तिगत स्वास्थ्यका सबै विधिहरु परिपालन गरी कृषि वजार संचालन गर्न कृषि वजार संचालक र व्यवस्थापकहरुलाई अनुरोध गरेको छ । त्यसका साथै स्वदेशी तरकारी पर्याप्त उत्पादन भएकाले यसको बजारीकरणका लागि सहयोग पुर्याउन तरकारी आयातकर्ता र थोक विक्रेतालाई पनि कृषि मन्त्रालयले अनुरोध गरेको छ ।

कृषि उपज, कृषि सामग्री, कृषि कर्मका लागि आवश्यक अन्य वस्तुहरु ढुवानी सहजीकरणका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीले खेलेको भूमिकाको सराहना गर्दै कतै अवरोध नहुने गरी कृषिजन्य वस्तुहरु र कृषिजन्य सामाग्रीहरुको ढुवानी तथा कृषिजन्य उपज र माछामासु विक्रि गर्ने पसल खोल्ने व्यवस्था मिलाउनु हुन अनुरोध गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार