• होमपेज
  • समाज
  • हाम्रो समस्या र सरकारको ब्यबहार

हाम्रो समस्या र सरकारको ब्यबहार

  • बुधबार, बैशाख १७, २०७७
हाम्रो समस्या र सरकारको ब्यबहार

 सुरेशकुमार पान्डे भन्छन”किता परेकोले जानेको हुँन्छ कि पढेकोले”अहिले को अबस्था बाट कोई अनभिज्ञ भने छैनन्।संसारमा महामारीले हाहाकार छ,३०५९२९८भान्दा बढि कोरोना संक्रमित र २११२१९भान्दा बढि मानिशले ज्यान गुमाई सकेकाछन।अहिले नेपालमा पनि ५२जना लाई रोघको उपचार हुँदै छ।छिमेकि मुलुक भारतमा २९४५१जनामा संक्रमित र ९३९जनाले ज्यान गुमाई सकेको तथ्याङ्क छ।यो एउटा तथ्याङ्क हो यो भन्दापनि बढि हताहत भयको कुरा जगजाहेरछ। कति पयाले भन्नु हुँन्छ नेपाली लाई कोरोनाले नोक्सान कम भयो त्यो गलत हो।हामि सबैलाई थाहा भयको कुराहो आधा नेपालीहरु अन्य देशहरुमा छौँ,देश भाईर भयका नेपाली हरु कयौँ मरेकाछन कयौँ बिमारीले ग्रस्तछन।

मात्र हामिहरुलाई सहि तथ्याङ्क न हुँदा समस्या आएकोहो बुझ्नलाई।देशभित्र पनि कयौँ करोना जाँच नभयर पनि हुँनसक्छ। हामिले नेपाल सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको महेशुर्ष गरेकाछौँ।उस्ले लाक डाउन भन्दा पहिले नागरिकको शुरक्षाको कुनै उपाया गरेन।पछि पनि आफ्ना नागरिक जस्ले आफ्नो देश खोज्दै कयौँ दिन पैदल यात्रा गरेर सिमानामा पुगे हनिहरुलाई देश भित्र लगेर छुट्टै कोरिन्टन मा राख्न र उँनको जाँच गर्न सकेन जो अहिलेपनि अलपत्रछन।आफ्ना शन्तानहरु देश भाईर छन भन्ने सरकारलाई थाहा हुँदा हुँदैपनि सरकारले बिदेश स्थित नागरिकहरुको हितमा कुनै ठोँश पाईला चाल्न नसक्नु र उनिहरुप्रति अनदेखि गर्नु त्यस्ले उसको गैर जिम्मेवार भयकोनै पुष्टि गर्छ। अरु देशका नागरिक हरुलाई मात्र होईन पशु र फसल समेतको सरकारले बिमाको नीति अप्नाउँदा हाम्रो हैसियत त्यतिको पनि छैन।

अरु ता अरु आफ्ना नागरिकहरु बिदेशमा कतिछन त्यसको सहि तथ्याङ्क पनि सरकार सँग भेट्टिदैन।बस मालिकहरुले टिकट नदिएर लान्छन दुर्घटना हुँदापनि सहि तथ्याङ्क भेटिदैन सवारीको बिमा शुरक्षामा ला-पर्वाही किराया भाडामा मनमानि भयको आम पाईन्छ। हाम्रो देश भगौलिक रुपमा स्यानोछ, जस्लाई दुईवटा ठुला ठुला देशले चपेटमा पारेकाछन।देशको अबस्था अर्ध सामन्ति र अर्ध उपनेबेशिक छ साथै भुपरिबेष्ठित अबस्थामा छ बन्दर गाहा बाट समान ओसार पसारगर्न ठुलो समस्या पर्छ।देशलाई राणा र राजाले सक्या सम्म दोहन गरे।

अहिले यति स्यानो देशलाई सात टुक्रामा बिभाजित गरेर नौवटा संसद,आठौटा सरकार ८८४संसद,१३५मन्त्रिहरुलाई रेमिटेन्शि र जनतामा लगाएको अन्धाधुन्द करले पालेकोछ। जुन देशका नागरिक मज्दुरि गर्न संसार चार्दैछन, उद्दोग धन्दा कल कारखाना नगन्या छन,त्यो देशलाई संघियतामा लगेर यो जम्वो मन्त्रिहरु साँसदहरुलाई किन पाल्नु पय्रो जनताले?पढे लेखेका र मिहेनत गर्न सक्ने युवाहरु लाई बिदेशिले छानेर लगेपछि यँहा महिला अबोध बाल बालिका र बृद्धाहरुले के गर्ने?होनहार युवा शक्तिलाई बिदेशमा त्यँहाको नागरिकले नगर्ने तुच्छ काम वा जोखिम पूर्ण काम गराईन्छ।र तिनैको रिमेटेन्सी बाट देशमा नौवटा संसद चलाईन्छ,यो कति लाज मोर्दो बिषय हो।

देशभित्रको जल सम्पदा जंगलि जडिबुटी,काठ,बगरका बालुवा खनिज कोईला र ढुङ्गा समेत बिदेशिले सोह्रेर लग्छन।अनि कसरि देशको बिकाश हुँन्छ?युवा शक्ति र कच्चा पदार्थ बिदेश पुराएपछि बिकाशको कल्पना नगरेपनि हुँन्छ।यो ब्यबहारले देशको बरु बिनाश नै हुँनेछ। दुनियाँमा ब्राजिल पछिको सबै भन्दा पानीको दोस्रो नम्वरको धनि देश भन्छन तर सिँचाई बिना हिँजो हाम्रा बाउ बाजेले फाँडेर बनाएको खेत बारी बन्जर भयकाछन।हामि अल्छि र निकम्मा भएर होईन हामिलाई कृर्षिको श्रोत साधन सिँचाईको ब्यबस्था नहुँदा बर्षभरी काम गर्दा छमैना नटर्ने र देशभित्र कतै मज्दुरी समेत नमिलेपछि आर्काको देश धाउँदा यो अबस्था श्रृजित भयो।त्यहि मज्दुरी आफ्नो देशमा पाउँथ्यौँ भने हामि बिदेशमा जाँदैन थ्यौँ यो बिदेश जाने रहर होईन बाध्याताहो भन्ने कुरालाई बुझ्नु पर्छ।

सरकारले पानी बाट सस्तो बिधुत पैदा गर्न सक्थ्यो,पानी बाट मिल चलाउँन सक्थ्यो त्यतातिर सरकारको ध्यान जाँदैन।बरु बिदेश सँग श्रम सम्झौता गर्नेर कमिसन खाने खेल राज्याले अप्नाउउँदा ठुलो संकट पैदा भयकोछ। पहिले राणा र राजाहरुले देशका जनतालाई रैति बनाए र रगतको होलि खेले,देशलाई नाङ्गेझार बनाए।त्यो ब्यबस्था फाल्न जनताले आफ्नो प्राणको बलि चढाएर ल्यायको यो ब्यबस्थाले पनि जनताको प्रतिनिधित्व गर्न सकेन।साँचै भन्नेहो भने उनिहरुको भन्दा फरक यो ब्यबस्थापनि हुँन सकिन।उपरोक्त राजनीतिक पार्टिहरु सरकारहरुको ब्यबहिरलाई हेर्दा यो संसदवादी ब्यबस्था जनता र देशको हितमा नभयको प्रमाणित हुँन्छ।त्यसकारण नयाँजनवादी क्रान्ति बिना कुनैपनि श्रमजिवि जनता र हाम्रो देशको भलो हुँन नसक्ने पुष्टि भयकोछ।

कतिपय बुद्धिजिवी हरुको तर्कछ देशमा अब बिदेश बाट नेपाली को ओहिरो लाग्छ र देशमा बाँजो जमिन मा अनाज उब्जिन्छ।मनको घ्यु सँग खाएको लड्डु भनेको यहिहो।जनता देशभित्रिन्छन तर कति दिनलाई?मैनादिन बर्षदिन ?जब कृर्षिको साधन श्रोत र सिँचाईको ब्यबस्था हुँदैन उनिहरु फेरी बिदेश जान थाल्छन।वास्तबमा आज गरिब मज्दुर जनताको अबस्था अत्यान्तै भयाभव छ रिणमा परेकोछ उनिहरु दुई तिन मैना देखि काम बिहिन छन त्यसकारण यो लाक डाउन पछि छिटो भन्दा छिटो त्यो रिण तिर्न कमर कस्नु पर्नेछ।उनिहरु बिदेश गयर पहिलेको भन्दापनि कम ज्यालामा काम गर्न बाध्य हुँनेछन।उनिहरु अहिले सम्म फाल्तु बसे यस्ले गर्दा कम्तिमा दुई बर्ष पछाडि ढेकलेको अबस्था छ।

चर्चामा

सम्बन्धित समाचार