• होमपेज
  • देश/प्रदेश
  • मुख्यमन्त्रीलाई जनसम्पर्क समिती उत्तर भारत क्षेत्रको चिठी

मुख्यमन्त्रीलाई जनसम्पर्क समिती उत्तर भारत क्षेत्रको चिठी

  • सोमवार, बैशाख १५, २०७७
मुख्यमन्त्रीलाई जनसम्पर्क समिती उत्तर भारत क्षेत्रको चिठी

श्रीमान प्रदेश मुख्यमन्त्री ज्यु
सुदुरपश्चिम प्रदेस प्रमुख ज्यु

भारतमा रहेका हामी सुदुरपश्चिम का नागरिक त्यहा कुनै रहरले पर्यटकका रूपमा घुम्न आयका पटक्कै होईनौ। गरिबी र देश मा रोजगार अभाव का कारण ले यो बिदेशी भुमिमा ज्याला मजदुरी गरि साहुको रिण तिर्न र दुई छाक जोहो गर्न भारत का विभिन्न शहर हरुमा बसोबास गरिरहेका छौ । नोबेल कोरोना भाईरस COVID-19 को महामारी ले मानव समुदाय नै संकट मा रहेको सर्वविदितै छ ।

सोही महामारी को कारण ले भारत सरकार ले दुई चरण को लकडाउन गरि सकेको छ र तेस्रो चरण मा पनि लम्बिने अवस्था छ । उक्त लकडाउन ले व्यवसाय हरु बन्द हुदा जेन तेन ज्याला मजदुरी ले आफ्नो दुई छाक टारी रहेका हामी हरु ले आफ्ना रोजगारी गुमाउनु परेको पीडा बुझ्ने कोहि छैन । जसकारण आम्दानि भन्दा पनि खर्च मात्र बढेको अवस्था छ ।

कोरोना महामारी को रोगले केही हुनु भन्दा पहिला हामि भोक ले मर्ने अवस्था सृजित हुँदै गईरहेको कुरा यहाँ हरु लाई अवगत गराउन चाहन्छौ । आपत विपद का बेला जनता को आधारभुत आवश्यकता परिपुर्ती गर्ने काम राज्य को नै हुन्छ । तर भारत को दिल्ली मा स्थित नेपाल सरकार को निकाय नेपाली दूतावास निष्क्रिय र नेपाल सरकार पनि आफ्नो जिम्मेवारी बाट पन्छिएको देखिन आएको छ ।

हामी ले गुहार्न सक्ने कुनै निकाय सुतिरहेको यो दु:खद घडि मा नेपाली जनसम्पर्क समिती लगायत संस्था हरुले केही राहत वितरण गर्ने कार्य गरिरहेका छ्न । तर त्यो पर्याप्त छैन । जन्म देखि मृत्यु सम्म कर तिर्दै आएका हामी बिदेशिएका नेपाली हरु लाई यो दुख को घडी मा महामारी को भय को संगै अत्यावश्यक सामाग्री किन्न चाहिने खर्च को अभाव ले पिरोलेको छ ।

सबै राष्ट्र हरुले आफ्ना नागरिक लाई सकुसल उद्धार गरिरहेका बेला हाम्रो सरकार यति अनुदार र चिर निद्रा मा किन सुतिरहेको छ ? अभिभावक बिहिन अवस्था मा बसि रहेका हामिले राज्य को अनुभुति चाहिँ कहिले पाउने ? हामिले पठायको रेमिटेन्स चाहिने तर हामी नचाहिने नै हो ? यदि होईन भने हामि लाई परेको समस्या को सुनवाई होस अन्यथा प्रवसमा रहेका आम नेपाली नागरिकले सरकार संग आउदो भविष्य मा हिसाब किताब गर्ने नै छ्न ।

त्यसैले सरकार सम्पुर्ण सम्बन्धित निकाय हरुले बेलैमा सचेत हुन हार्दिक निवेदन गर्दछौ। अहिले बिदेशिएका हरुको एउटै चाहना आफ्नो मातृभुमी नेपाल फिर्ता हुन्र रहेको छ । सरकार द्वारा निर्देशित सबै स्वास्थ जाँच को मापदण्ड पूरा गरि तोकेको क्वारेन्टाइन मा बस्न हामी तैयार छौ । हाम्रो सुरक्षित र सहज जिवन का लागि सरकार ले आवश्यक पहल गरि नेपाल पुग्ने वातावरण बनाओस भन्ने आग्रह गर्दछौ ।

जय नेपाल

खगेन्द्र बहादुर सिंह

महासचिव नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र

चर्चामा

सम्बन्धित समाचार