• होमपेज
  • सुचना प्रबिधी
  • सोमबार चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

सोमबार चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

  • सोमवार, बैशाख १५, २०७७
सोमबार चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको जनाएको छ ।

यसका साथै बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको जनाइएको छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी, राति देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले सोमबार पश्चिमी भू–भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार