• होमपेज
  • समाज
  • रुकुममा १० दिनमै बन्यो ८ कोठाको सुविधा सम्पन्न अस्पताल

रुकुममा १० दिनमै बन्यो ८ कोठाको सुविधा सम्पन्न अस्पताल

  • आइतवार, बैशाख १४, २०७७
रुकुममा १० दिनमै बन्यो ८ कोठाको सुविधा सम्पन्न अस्पताल

काठमाडौं — रुकुममा १० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माण भएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधासहितको ८ कोठको अस्पताल निर्माण भएको हो । श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल तत्काल प्रयोगमा आउँदैछ । पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्माले अस्पताल निर्माणको काम १० दिनमै सकिएको जानकारी दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरुद्दको अभियानलाई मध्यनजर गरी निर्माण गरिएको उक्त अस्पताल निर्माणका लागि नेता शर्माको नेतृत्वमा समेत टोली खटिएको थियो । अस्पताल निर्माणको काम सम्पन्न भएलगत्तै नेता शर्माले अभियानमा खट्ने जनता, पार्टी कार्यकर्ता र नगरपालिकालाई बधाई दिएका छन् । उनले भनेका छन्– ‘हामी पनि सक्नुपर्छ र सक्छौं । जनता नै शक्तिका श्रोत हुन्, सबै कुरा जनताबाट सिंकौ ।’

श्राेत : राताेपाटी डटकम

चर्चामा

सम्बन्धित समाचार