• होमपेज
  • समाचार
  • प्रदेश नम्बर १ मा २९ जनामा कोरोना संक्रमण

प्रदेश नम्बर १ मा २९ जनामा कोरोना संक्रमण

  • शनिबार, बैशाख १३, २०७७
प्रदेश नम्बर १ मा २९ जनामा कोरोना संक्रमण

प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । प्रदेश नम्बर १ मा भाेजपुर, उदयपुर र झापामा कोरोनाको संक्रमण देखिएकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ ।

तीमध्ये २४३ महिला र ६६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट जम्मा चार हजार १६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन् ।

यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कूल पाँच हजार ३८७ बसिरहेका छन् ।

प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार