शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • चार दिनमै अध्यादेश फिर्ता गर्न किन वाध्य भयो सरकार ?

चार दिनमै अध्यादेश फिर्ता गर्न किन वाध्य भयो सरकार ?

  • शुक्रबार, बैशाख १२, २०७७
चार दिनमै अध्यादेश फिर्ता गर्न किन वाध्य भयो सरकार ?

काठमाडौं : सरकारले ४ दिनअघि ल्याएका दुवै विवादितअध्यादेश फिर्ता गर्न वाध्य भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ताका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफरिसपछि राष्ट्रपतिले संविधानको धारा १४४ को उपधारा २(ख) अनुसार अध्यादेश फिर्ता गर्नेछिन् ।

ओलीले वैशाख ८ गते मन्त्रिपरिषद् बैठकमा एक्कासी दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषद्को बैठकमा प्रतिपक्षी दलको उपस्थितिबिनै निर्णय लिन मिल्ने अध्यादेश पेस गरेका थिए। यसलाई हतार–हतारमा राष्ट्रिपतिबाट कहाँ पेस गरेर जारी गराइएको थियो।

भैंसेपाटी बैठकको २४ घण्टे अल्टिमेटम : शुक्रबार अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी यसको चौतर्फी आलोचना भएपछि उनी यो फिर्ता लिएका हुन् । बिहीबार साँझ भैंसेपाटीमा बसेको नेकपा सचिवालयका ६ नेताहरुको बैठकले ओलीलाई अध्यादेश फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएको थियो।

कुन दिन के ?

वैशाख ८

मन्त्रिपरिषद् बैठक : राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय।

नेकपा सचिवालयको आकस्मिक बैठक : अध्यादेश ल्याएपछि नेकपाभित्र तरंग। दाहालको मागपछि सचिवालय बैठक बालुवाटारमा बसेको।

अध्यादेश जारी : नेकपा सचिवालय बैठक चल्दै गर्दा राष्ट्रपतिबाट अध्यादेश जारी।

पार्टीहरूमा तरंग : नेकपामा मात्र होइन, समाजवादी/राजपा भयभीत। कांग्रेसलगायत विपक्षी दलहरूद्वारा विरोध।

वैशाख ९

नेकपाका तीन नेताका तीन वक्तव्य : नेकपा पार्टी स्थापना दिवसका अवसरमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालको अलग–अलग वक्तव्य जारी।

नेकपा नेताहरूबीच आन्तरिक छलफल : प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल आआफ्ना समूहका नेताहरूसँग आन्तरिक परामर्शमा। पार्टी स्थायी समिति बैठक बोलाउन लिखित माग गर्नेतिर दाहाल–नेपालनिकट नेताहरूको तयारी।

वैशाख १०

दाहाल–नेपाल भेट : दाहाल र नेपालबीच ललितपुर बालकुमारीस्थित कृष्णलाल महर्जन निवासमा गोप्य भेट। स्थायी समिति बैठकका लागि नेताहरूलाई हस्ताक्षर संकलन गरी बुझाउन निर्देशन।

बालुवाटारमा सांसदहरूसँग छलफल : प्रधानमन्त्री ओलीद्वारा संघीय संसद्का सांसदहरूसँग प्रदेशगत रुपमा अध्यादेशको बचाउमा सम्बोधन। छलफलमा बोलाइएका दाहालले बोल्ने आज मेरो केही कुरा छैन भन्दै बोल्न चाहेनन्।

थापा समूहसँग दाहालको छलफल : ओलीतिर ढल्किएका भनिएका गृहमन्त्री रामबहादुर थापा समूहसँग खुमलटार निवासमा दाहालको छलफल। एकसाथ मिलेरै जाने सहमति।

स्थायी समिति सदस्यहरूद्वारा बैठक माग : अध्यादेशले पार्टी विभाजन गर्ने भन्दै दाहाल र नेपालनिकट २० स्थायी समिति सदस्यद्वारा लिखित रूपमा स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक माग।

राजपा–समाजवादी एकता : पदीय विवाद हल गर्न नसकेको मधेसकेन्द्रित दल राजपा र समाजवादीबबीच पार्टी एकता घोषणा। अध्यादेशपछि मिल्न बाध्य बनाएको निष्कर्षसहित रातारात पार्टी एकता।

वैशाख ११

समाजवादीका असन्तुष्ट सांसदको पार्टी विभाजन प्रयास असफल : समाजवादीकी नेतृ रेणु यादवको नेतृत्वमा सात सांसद जम्मा गराई पार्टी विभाजन गर्ने प्रयास असफल। पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदहरू महेश बस्नेत र किसन श्रेष्ठले जनकपुरबाट उठाएर काठमाडौं ल्याई नक्सालस्थित होटल मेरियाटमा राखेको खुलासा। बिहानै उनी त्यहाँबाट उम्केर डा. बाबुराम भट्टराईको सम्पर्कमा।

दाहाल–नेपाल भेट : प्रधानमन्त्री ओलीसँग छलफल गर्ने विषय र पार्टी बैठकका विषयमा कोटेश्वरमा दाहाल–नेपाल भेटवार्ता।

प्रधानमन्त्री– नेपाल भेट : दाहालसँग भेटपछि वरिष्ठ नेता नेपाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा। अध्यादेश फिर्ता लिन र स्थायी समिति बैठक बोलाउन नेपालको माग। प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सकारात्मक।

प्रधानमन्त्री–दाहाल भेट : प्रधानमन्त्री ओलीले नेपालसँगको भेटपछि दाहालसँग भेटवार्ता गरे। अध्यादेश फिर्ता र स्थायी समिति बैठक बोलाउनुपर्नेमा दाहालको जोड। प्रधानमन्त्री अध्यादेश फिर्ता गर्न सकारात्मक।

सांसदहरूसँगको छलफल स्थगित : कर्णाली, गण्डकी, प्रदेश २ र प्रदेश ५ का पार्टीका संघीय सांसदसँग प्रधानमन्त्रीको छलफल स्थगित।

प्रधानमन्त्री निवासमा छलफल : कानुन व्यवसायी र आफूनिकट नेताहरूसँग प्रधानमन्त्री बालुवाटारमा छलफलमा।

वामदेव निवासमा छलफल : नेकपा सचिवालयका ६ नेताबीच वामदेव गौतम निवासमा दुई घण्टा छलफल। अध्यादेश फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष।

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता : प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार साँझ शीतल निवासमा भेटवार्ता। अध्यादेश फिर्ताको तयारीबारे छलफल।

वैशाख १२

मन्त्रिपरिषद् बैठक : दुवै अध्यादेश फिर्ता लिने निर्णय ।

चर्चामा

सम्बन्धित समाचार