• होमपेज
  • समाज
  • बाजुराका डिएसपी भट्टराई बजार देखी राजमार्ग सरसफाई अभियानमा

बाजुराका डिएसपी भट्टराई बजार देखी राजमार्ग सरसफाई अभियानमा

  • शुक्रबार, बैशाख १२, २०७७
बाजुराका डिएसपी भट्टराई बजार देखी राजमार्ग सरसफाई अभियानमा
लक्ष्मीराज पाध्याय

 भनिन्छ मान्छेका धेरै चाहानाहरु हुन्छन र त्यही चाहाना अनुसारका काममा तल्लिन हुन्छन । त्यस्तै उदाहरण केही महिना अगाडी बाजुरामा सरुवा भई आएका डिएस्पी टंक प्रसाद भट्टराई उहा पनी त्यही काममा रातदिन लागि राख्नु भएको छ ।
बिश्व कोरोना संक्रमणले ग्रसित भइरेको र कोरोना भाईरसबाट बच्न सरसफाईमा ध्यान दिनुपर्छ भन्ने बिश्व स्वस्थ्य संगठनले पनी घोषणा गरेको छ । त्यसैको उदाहरण बाजुरामा डिएस्पी भट्टराई बाजुराका बिभन्न बजारमा सरसफाईमा निकै मेहनेतका साथ लागेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख समेत रहेका डिएसपी भट्टराईको सबै भन्दा पहिला समाज सफा र सुन्दर भएको देख्न चाहाने ब्यक्तीको रुपमा चिनिन्छन उहा बाजुरा आए लगत्तै जिल्लाको सदरमुकाममा रहेको बसपार्क सरसफाई अभियानबाट सुरुवात गरेको अभियान बजार सरसफाई र आजभोली साफे मार्तडी सडकको छेउछाउमा रहेको फोहोर ढल, र कुनै ब्यक्तीले सडक छोप्ने गरी राखीएको सामान हाटाउने आभियानमा आफै लागेको देख्न पाइन्छ । हुन त जिल्लाको प्रहरी प्रमुख उनले आफ्ना मातहतका अन्य कर्मचारीहरुलाई यो काम गर भन्न कुनै गारो बिषय होइन तर कुनै पनी राम्रो काम गर्दा आफै उदहरण बन्नु पर्छ भन्ने उनको सोच रहेको छ ।


उनले जिल्लाको शान्ती सुरक्षाका साथै बाजुराको सरसफाई अभियानलाई बाजुराका स्थानीय तहका जनप्रतिनीधीहरुलाई पनी सिकाईको बिषय बनेको छ । बाजुरा सदरमुकाम मार्तडीमा रहेको बसपार्क ब्यबस्थापनमा तत्कालीन जिल्ला बिकास समिती र गाउ बिकास समिति हुदै नगरपालिकाले पनी लाखौ खर्च गरेको भए पनी मान्छे उभिने सम्म नबनाएको बसपार्क डिएसपी भट्टराईले २ दिनमा साच्चीकै बस पार्कको रुप परिवर्तन गर्न सफल भएका हुन । हाल बसपार्कमा ट्याक्टर जीपहरु राखेको देख्न पाईन्छ ।


हुनत उनलाई पुर्बको मान्छे भन्छन तर भट्टराईले देशका सबै जिल्लाको अनुभव सुनाउछन र अरुले के गरे भन्दा पनी हामीले के गर्ने भन्ने बिषयमा लाग्नुपर्ने कुरा सिकाउछन । उमेरले पनि पाको मान्छे भएर होला उनले कुनै पनी मान्छेलाई सहज रुपमा मान्छेलाई कन्भेन्स गर्छन ।


देश नै कोरोना भाइरसले डराईरहेको अबस्थामा देश लक डाउनमा रहेको छ । धेरै मान्छे घर बाट बाहीर निस्कन पाउदैनन तर डिएस्पी भट्टराईले मार्तडी बजारका फोहरका ढलमा पसेर अड्कीएको सामान देखी साफे मार्तडी राजर्मागको फोहोर ब्यबस्थापन गरे मात्र बाजुराका धेरै मान्छे रोगबाट बच्न सक्छन उनको भनाई रहेको छ ।

कोरोना भाइरस पनी यस्तै फोहोरबाट भएको भाइरस भएकोले रोगहरुको संक्रमणबाट बच्न सकिन्छ भन्ने उदेस्यका दैनिक प्रहरीले कामकाजका साथ सरसफाई अभियानमा पनी लागेको भट्टराईले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार