६९ सालको कुरा हो। चौथ बर्षको थिए । कक्षा नौ मा पढ्थे । गाउँ कै स्कुलमा पढ्ने म त्यतिबेला नै जिल्ला बाल क्लब को अध्यक्ष भैसकेको थिए । अध्यक्ष भएको पनि धेरै भएको थिएन । धेरै जिम्मेवारीका बारेमा अनबिज्ञ नै थिए । महिना दिन वा दुइ महिनाको एक चोटि मात्र बैढक बस्थ्यो । बैठक पनि अघिल्लो कार्यकाल का दाइ दिदी हरु ले नै संचालन गर्थे । मैले गर्ने भनेको त अध्यक्षता मात्रै थियोे । जे होस बैठक भै जिल्ला भरिका बालक्लबका प्रतिनिधि साथिहरु,अघिल्लो कार्यकालका दाइदिदी र संस्था का सरहरुका आगडी अध्यक्षता गर्दैगर्दा दिनप्रतिदिन मेरो आत्माबिश्वास र बोल्ने कला बढ्दै थियोे ।
एक दिन पिसबिन बाजुरा मा कन्सोर्टियम नेपाल बाट इमेल आएछ । जिल्ला बाट बालल्कब को प्रतिनिधि काठमान्डू मा हुने कार्यक्रम का लागि जानू पर्ने र प्रतिनिधि सङ्गै एक जना अभिभावक पनि लिएर आउनु भन्ने इमेल छ भन्दै पिसबिन बाजुरा का एक जना सरले मलाइ फोन गर्नु भयो । जिल्ला भरिको बालक्लबको प्रतिनिधि जिल्ला बाल क्लब हो । यसको प्रतिनिधि तिमी हुदा राम्रै हुन्छ। अध्यक्ष का लागि सुनौलो अवसर हो है । धेरै कुरा सिकिन्छ तिमी नै जाउ सबैलाइ बोलाएर बैठक बसाल्ने समय पनि छैन । अबको दुइदिन भित्र हिडिसक्नु पर्छ । जाने आउने खर्च पनि उतै बेहोर्छन। के छ मुकुन्द्र बिचार भन्दै सरले भन्नू भयो । मैले मन मनै सोचे ओहो यो त राम्रै अवसर हो देशको राजधानी मा हुने कार्यक्रममा जान पाउनु त्यो पनि म जस्तो मान्छेका लागि ठुलो सौभाग्य पो हो। हुन्छ सर भने । हस भाइ सके भोलि नै हिड बाटो मा के के हुन्छ थाहानै हुदैन बरु भोलि अफिस आएर चिट्ठी लियर यतै बाट जानू भन्नूभयो र मैले हस भन्दै फोन राखे । ओहो म पनि काठमाडौं जान पाउने भए भन्दै निकै खुशी भयो मन ।
एक छिनपछी सरले भनेको कुरा सोच्दै गर्दा मनमा नैरास्यता र डरले ठुलै ठाउँ लियो । एकछिन को खुशी त क्षणभरै हरायो । सोचे यति सानो मान्छे देशको तेत्रो राजधानी जानू ? अभिभावक कसलाइ लिनु ? आमा बुबा ले त काठमाडौ देखेका पनि छैन ? उता धेरै मानिसहरु होलान तिनका अगाडि कसरी बोल्नु ? यस्तै यस्तै प्रस्नहरु मन भित्र उब्जिदै रहे । केही छिन पछि बिस्वराज दाइ लाई फोने गरे । सरले भन्नु भाको सबै कुरा बताए । म छु नि जाने कन्सोर्टियम को कार्यक्रममा त म पहिला पनि गइ सकेको छु । एक छिन लाई म ढुक्क भए अघि भएका मनको नैरास्यता र डरले बिस्तारै मन भित्रको ठाउँ छोड्दै गयो ।
बेलुकापख खाना खाइ घर सल्लाह भैसकेपछी भयो म चाहिँ आफ्नो कोठा तिर लागे । खाटमा पल्टे र मनमनै सोच्न थाले ओहो देशको राजधानी जाँदै छु कस्तो होला ? हामिले किताबमा पढे जस्तै होला ? कि नहोला ?
बाग्मती नदि पशुपति,रत्नपार्क,घणटघर,सुन्धारा ,धरहरा ।
अनि एकातिर सोचे म त गाउँको मान्छे खासै सहरिया भाषा आउदैन मान्छेका अगाडि कसरी बोल्ने होला ? के मैले भनेको बुझ्लान र ? यस्तै प्रस्न ले निरास बनायो भने अर्कातिर मेरो उमेरका मेरा साथिहरु कोले जानपाका छन र यसरी काठमाडौं ? मै त पहिलो,संगै बिस्वराज दाइ पनि छदैछन के चिन्ता सोचेर खुशी पनि लाग्यो । यस्तै सोच्दा सोच्दै १२ बजि सक्यो निन्द्रा नै लाग्दैन । बिस्तारै १ बज्यो। पानी पिय । अझै निन्द्रा लागेन । एता फर्कियर सुत्छु निन्द्रा आउदैन घोप्टो पर्छु झनै, उकुसमुकुस भएजस्तो हुन्छ,कोल्टिपरी सुत्छु निन्द्रा मरे आउदैन । भोलिपल्ट ठुलै अवार्ड पाउदै छु भन्ने थाहा पाएको मान्छे लाई के निन्दा आउला र ? या भोलि मृत्युडण्ड पक्का हुने मान्छे लाई निन्द्रा लाग्ला र ? मलाइ यतिबेला यस्तै खुशी र डरको मिश्रण भएको छ । मनभरी काठमाडौं मात्र घुमिराको छ ।
बिस्तारै बाहिर घण्याम्म आवाजआउँछ बाहिर ढोका खोलेको थाहा पाउछु । आमा उठिसक्नु भएको रहेछ र मलाइ बोलाउनु भयो । ए मुकुन्द्र ब्युझ अब । आमालाई के था म त्यो रातभरि ब्युझै छु भनेर । मलाइ रातभरी निन्द्रै लागेन । जिन्दगी को अबस्मर्णिय रात भयो ।।
घरका सबै जनाले टीका लाइ आशिर्वाद दिएपछि बिहान ५ बजे घर बाट पहिलो चोटि काठमाडौं का लागि हिडे । बिस्वराज दाइ मार्तडी मै हुनुहुन्थ्यो । म मार्तडी पुगुन्जेल उहाँ पनि तयारी हुन लाग्नु भएको रहेछ । दिदी ले खाना पकाउनु भयो । दुबै भाइले खाना खाएउ । त्यतिन्जेलसम्म दस बजे छ । अफिस पनि खुल्यो । पिसबिन बाट चिट्ठी लिइ सकेपछी दुबै दाजुभाइ तिपाडा सम्म हिड्यौ ।
मार्तडी सम्म बस पुगेकै थिएन । अलि अलि ट्याक्टर हरु चल्थे । ट्याक्टर चढ्न पाए पनि स्वर्ग गए जस्तो आनन्द आउथो । साथीको लहैलहैमा बस हेर्न भनेर ट्याक्टर को ट्राली मा झुन्डिएर तिपाडा सम्म पुगिन्थ्यो बाटोमा पहिरोले बस नआएको खबर पाएपछि फेरि हिड्दै हिड्दै मार्तडी फर्किन्थो । आज हिड्दै साढे तीन घण्टापछी तिपाडा पुगियो । तिपाडा देखि धनगढी जाने चार बजेको रात्री बसमा हामी चढ्यौ ।
“यातायातको साधान बस हो भनी पढेको मान्छे म पहिलो चोटि बस भित्र बस्दै छु” । मनभित्र अर्कै खुशी भैरहेको छ । त्यै बस हेर्न त्यतिका दिन ट्याक्टर को ट्राली भित्र छोलिएको शरीर , ठोकिएको टाउको र हेर्न अतालीएका आखा र मन आज बस भित्रै बस्दै रातभर यात्रा गर्ने भएपछी खुशी नहुने त कुरै भएन । बिस्तारै बस ले आफ्नो गति लियो । कच्ची बाटो कतै डरलाग्दो भिर र कतै बसनै अटाउन गार्हा मोडहरु काट्दै बस आफ्नै गतिमा दौडिरहयो ।
साफेबगर पुगेपछी गाडी रोकियो र गाडी स्टाफले भन्यो दिशा पिसाब लाग्यो भने बाहिर आउनु है । त्यसपछी गाडिमा दिशापिसाब लाग्यो भने के गर्छन होला भन्ने मेरो मनभित्रको जिज्ञासा पनि मेटियो । मैले थाहा पाए बसमा दिशापिशाब लाग्यो भने रोकिदो रहेछ । दस पन्ध्र मिनेट पछि सबै जना आ आफ्नो सिटमा बसिसकेपछी गाडिले आफ्नै गति लियो । बिस्तारै उकालो बाटो गएजस्तो अनुभव भयो । छिनमै घुम्तिहरु आउथे । सिटमा बसेका मान्छेहरु कति खेर एककोल्टी त कतिखेर अर्कोकोल्टी हुइकिन्थे ।
वरपर सिटका मान्छे वाकवाक्ती गर्दै बोमिट गर्दै थिए । एक्कासि मलाइ पनि टाउको दुख्यो जस्तो भयो । र बिस्तारै रिंगटा चल्न थाल्यो । एकातिर घुम्तिहरुको बाटोले छ्ल्याक्छुलुक अर्कातिर अघिल्लो रातभरी को अनिन्द्रा र छेउछाउ का मान्छे ले बोमिट गरेको देखेर मलाइ पनि बोमिट आउन लाग्यो । झ्याल सिटमा बसेको बिस्वराज दाइ ले मेरो अवस्था थाहा पाएपछी पछि मलाइ झ्यालमा बस्न भन्नुभो र झ्यालको सिसा खोल्दिनुभो । मैले झ्यालबाहिर टाउको गरि बोमिट गरे । मुखभरी चुकिलो पानी मात्र आउछ । गाडी स्टाफले झ्यालमा टाउको नहाल्नु भन्दै एउटा प्लास्टिक को झिल्ली दियो र त्यसैमा बोमिट गर्नु भन्यो । मलाइ झन बोमिट आयो घाँटी को नशा नै दुखिसक्यो पेट बेस्सरी पोलिसक्यो। एउटा झिल्ली भरेे । अर्को झिल्ली दियो त्यो पनि भरियो । अर्को माग्दै भरिदै गर्दा पाँच वटा भै सकेछन । फेरि झिल्ली माग्न लागे गाडी स्टाफ ले भन्यो ” छैन झिल्ली सिल्ली कस्तो भाइ रैछ कैल्यै गाडी नचढे जस्तो आफ्नै झोलामा गर। यस्तो सुने पछि बिस्वराज दाइले के के भन्दै थिए स्टाफ सङ । मलाई एकातिर गाडी स्टाफले भनेको कुरा साच्चै हो म पहिलो चोटि चढेकै हो लाग्यो भने अर्कोतिर आफ्नो अवस्था देखेर पुरै बस देखि निकै रिस उठ्यो ।
बस चढ्दा बेजोड ले खुशी भएको मेरो मन केही घण्टामै रिसले आगो र पीडाले भारी भयो । बिस्तारै बोमिट कम भएजस्तो लाग्यो । गाडी रोकिएको चाल पाए । खाना खाने ठाउँ आइसकेछ । सबैजना बहिर निस्के । दाइले पनि मलाइ खाना खान भन्नुभयो । मेरो अवस्था हेर्दा खाना त के बाहिर पनि निस्कन सकिरहेको छैन । दाइ ले खाना खाइसकेपछी मलाइ कागती ल्याइदिनु भयो र कागतीको रस चुसिसकेपछी मलाइ अलि सजिलो भयो । केही छिनमै गाडिले आफ्नो गति लियो । त्यसपछि म सुते बिहान सात बजे धनगडी बसपार्क आएपछी बल्ल ब्युझिए ।
गाडी बाट झर्यै र नजिकै को होटलमा झोला राख्यौं । बिस्वराज दाइ काठमाडौं जाने टिकट बुझ्न गए । म हातमुख धोएर होटल को कैसी मा गएर बसे । हुलैहुल साइकलको लहरमा ओहोरदोहोर गर्ने स्कुले बिध्याथी , पि पि हारन बजाउदै छिटो छिटो कुद्ने मोटरसाइकल र थरी थरी का अटो रिक्साहरु को हुल कौसी बाट देखिने दृश्य थिए। पहिलो चोटि यस्तो दृश्य देख्ने मलाइ अचम्म नलाग्ने कुरै भएन ।
बिस्वराज दाइ आउनु भयो । साढे एक बजेको टिकट छ भन्नू भयो । हामी खाना खान गयौ । खाना खाइसकेपछि थोरै आराम गरि बसपार्क गयौ । बसपार्क मा मान्छे र गाडीहरुको को ठुलै भिड देखियो । कोहि पुर्ब पुर्ब भन्दै कराउछ कोहि पहाड पहाड भन्दै , कोहि भन्छ नेपालगन्ज त कोहि महेन्द्रनगर । हामी नाइ नाइ भन्दै सरासर गाडीतर्फ लाग्यौ । गाडी पार्किङ मा ठिङ्ग उभिएरको थियो खप्तड एसि लेखेर । पहाडबाट आउने गाडी भन्दा दोब्बरै ठुलो र पल्टाउन मिल्ने सिट रैछन । यसो यता उता हेर्दा एसि, फ्यान , वाइफाइ ,एल इ डि लेखेर पुरै भिता रंगिन बनाइएका देखिन्छन् । सबै यात्रु आएपछी गाडि ले गति लियो । गाडिमा बसेको दस पन्ध्र मिनेट पछि म सुतेछु एकै छिन चिसापानी कर्णाली पुल आइसके पछि गाडी रोकियो र म ब्युझिए । आधी घण्टा नै रोकिने सुइँको पाएपछि हामी गाडी बाट झर्यौ र कर्णाली पुल हेर्न गयौ । ओहो कति ठूलो नदि कति अग्लो पुल हेर्दा हेर्दै आखा नाघाउने ।
एक पिल्लर ले उभिएको कर्णाली पुल कैलाली र बर्दिया जोड्ने सिमाना पनि रहेछ । गाडी ले हर्न बजायो र हामी गाडी भित्र बसिहाल्यौ । गाडी भरी कर्णालीका माछा माछा भन्दै मान्छे हरु को उहिरो लाग्यो । हामिले पनि सयका दुई ओटा माछा किन्यौ र खायौं । एकैछिन पछि बर्दिया राष्ट्रिय निकुञ्ज आएपछी गाडी स्टाफ को फोहिर नगर्नु भन्ने निर्देशन दियो । गाडी चेकिङ्ग भयो । र बिस्तारै गाडी अगाडी बढ्यो । म भने यति ठूलो कर्णाली नदि माथी यत्रो अग्लो पुल कसरी बनाएहोलान भन्ने सोच्दै बसिरहे । बेलुका दस बजेतिर दाङ को लमहीमा खाना खाएपछि यात्रा फेरि रफ्तारमै अघि बढिरह्यो । तराई को बाटो र एसि गाडिको यात्रा भएर हो कि मलाइ भने यो यात्रामा बोमिट ले छुदै छोएन ।
एकाबिहानै उकालो बाटोमा गाडीहरू को लहरै देखियो । ठुला ठुला बस । बस भन्दा ज्यादा ट्रकहरु । पि पि पि पि हार्न बजाउदै कोहि उकालो चढ्दै छन भने कोहि ओरालो झर्दै थिए । त्यसको केहिबेरमै सबै साधान यथास्थान मा रोकिए । बुझ्दै जाद जाम परेको रहेछ नागढुङ्गा भन्ने ठाउमामा । बिस्तारै बिस्तारै गाडी अगाडि बड्यो। यता उता हेर्दा ठुला होडिङ बोर्ड र भित्तामा विभिन्न सिमेन्ट, रड र स्कुल कलेज का बिज्ञापन मात्र देखिन्थे । एकै छिन पछि चेकिङ हुन थाल्यो । मैले पर भित्तामा हेरे थानकोट लेखिएको देखियो । चेकिङ सकिए पछि गाडि अगाडि बड्यो । यता उता थानकोट,सतुङ्गल, कलकिं,सितापाइला,बालाजु लेखेका ठाउ देखिदै गर्दा बसपार्क आइपुगेछ । बसपार्क झर्यौ हामी बिस्वदाइ ले ट्याक्सी बोलाउनु भयो। हामी ट्याक्सी चढी कार्यक्रम हुने होटल तिर लाग्यौ ।।
कार्यक्रम हुने होटेल जमल मा थियो । हामी होटेल मा पुग्यौ । हामी जस्तै विभिन्न जिल्ला बाट प्रतिनिधिहरु आउदै थिए। हामिलाइ एक जना सरले सबै डिटेल सोध्नु भयो र कोठा को चाबी दिएर बस्न भन्न भयो । ठिक्कको कोठा , दुई ओटा बेड,एउटा ठूलो टिभी, एउटा दराज, जुता राख्ने र्याग छुट्टै , सानो टेबल, टेबलमा गिलास हरु माथी तिर एसि र भित्रै एटेज बाथरुम भएको कोठा न्म्बर १२१ थियो । सुरुमा बिस्वदाइ नुहाउन जानुभयो म बसिरहे । उनी नुहाएर आइसके पछि म गए । लुगाहरु खोले बाल्टिन मा थापेको पानी ले जिउ भिजाए र साबुन लाए। बाल्टिनको पानी सकियो । पानी खोल्न थाल्छु आउदैन यताको किलो घुमाउछु हुदैन अर्को किलो थिच्छु मरि गए आउदैन । अँखा पोलिसक्यो पानी नै आउदैन । ढोका ढ्कढक गरि बिस्व्दाइ लाई बोलाए र बिस्वदाइले माथी तिरको किलो यता घुमाए र पानी आयो । मुख धोए । अनि अर्को किलो घुमाउदा माथी बाट झरना जस्तै साबर बाट पानी आयो । खोल्न र बन्दगर्न सिकाए । साइडमा ढकन लाएर राखेको वाला ट्वाइलेट रहेछ । ट्वाइलेट खोल्न र बन्द गर्न पनि सिकाए । मैले बेसरि साबर बाट पानी निकाल्दै नुहाए। जति नुहाए पनि गाउको खोलामा देखिने झरना मा नुहाए जस्तो आनन्द हने बनवटि झरना ले दिएन ।
नुहाइसकेपछी खाटमा पल्टे र यसो सोचे ओहो बिस्वदाइ नाअएर अरुकोही नजानेको मान्छे म सङ्ग आएको भए के हुन्थ्यो होला ? अथवा म एक्लै आएको को भए कस्तो हुन्थ्यो ।
कार्यक्रम ३ दिनको थियो । २ दिन होटेलमा कार्यक्रम भयो । दोस्रो दिनको कार्यक्रम सकिसकेपछी भोलि बिहानै उठ्नु,पशुपति दर्सन गर्न जानू पर्छ भने सर ले सबै जनालाइ भन्नुभयो ।
भोलिपल्ट बिहानै उठेर नुहाइधुहाइ गरेर पशुपति दर्शनका लागि निस्कियौ । संस्था ले नै गाडिको ब्यबस्था गरेको थियो । सबैजना गाडिमा बसेर पशुपति तिर लाग्यौ ।
बिहानै पशुपति मा ठुलै लाइन थियो । बिस्तारै लाइन कुर्दै अघि बढ्यौ । बाहिर गेट बाट भित्र छिर्ने बित्तिकै ठूलो सांडे देखियो त्यसपछी बरि परि ससाना कति धेरै मन्दिर देखिए । लाइन बाटै मुख्य मन्दिरमा सबैले दर्सन गरे ।मैले पनि दुई हात जोडि आखा बन्द गरे र मनमनै सोचे “हे पशुपति माता धन्य छ तिमिलाइ अर्कै धर्तिको मान्छेलाई तिम्रो धर्तिमा टेकेर दर्शन गर्ने मौका दियौ मेरो घरपरिवार र सबैको जय होस” । बिस्तारै मन्दिरको पछाडी पट्टि बाट तल हेरे तल त मरेको मान्छेको अन्तिम दासंस्कार गर्दै थिए । बाग्मती नदि कालो कालो बग्दैथियो । त्याबाट फेरि सबैजाना गाडी तिर गयौ र स्वयम्भू तिर लाग्यौ ।
गाडीहरू बाट झरेपछी सबै जना थोरै उकालो हिडेपछी स्वयम्भू डाडा मा पुग्यौ । स्क्यम्भुमा बौद्ध धर्मावलम्बी र बिदेश को बढी भिड निकै थियो । स्क्यम्भु मन्दिर मात्रै नभएर उपत्यका हेर्ने भ्यु टावर जस्तै रहेछ । सबजना हेरिरहेका थिए एकोहोरो निरन्तर ।
स्वयम्भू दर्शन पछि हामि गाडीहरू चढेर जावलाखेल तिर लाग्यौ । त्यतिखेर मध्य दिउँसो भैसकेको थियो । सडकमा गाडी जाम धेरै देखिन्थ्यो ससाना गल्ली मा गाडिको कति ठूलो भिड। हाम्रा गाउमा भोटेदाइले भेडा ल्याउदा गन्न सकिन्थ्यो होला तर सहरका गाडिहरु असम्भव सोचे। यताउता हेर्दै गाडी भित्र गित गाउदै जाउलाखेल आएको पत्तो भएन । जाउलाखेल अगाडि को होटेल मा संस्था ले खाना को ब्यबस्था गरेको रहेछ । सबै जनाले खाना खायौ । खानाखाइसकेपछी जाउलाखेल स्थित चिडियाखाना भित्र छिर्यौ । भित्र एउटा कुना बाट हेर्न सुरु गरेका हामिले नेपाल तथा बिदेश मा पाउने विभिन्न जनावर हरु को अवलोकन गर्यौ । थरी थरी का मृग ,बाघ, भालु ,बँदेल , हाती चरा सर्प र माछा देखिन्थे । किताब मा पढेका बन्यजन्तु हरु प्रत्यक्ष अवलोकन गर्न पाउँदा खुशी को भने सिमा भएन ।
चिडियाखाना बाट सरासर हामी होटेल गयौ । हाम्रो घुम्ने कार्यक्रम सकिएको थियो । बेलुका त्यै होटेलमा बसेका हामी भोलि बिहानै दाइहरुलाई बस्ने बानेश्वर गयौ । दाइहरुको कोठामा बसेर खाना खायौ । र फेरि दाइहरु सबैजना घुम्न निस्कियौ ।। लोकल गाडिमा चढेर रत्नपार्क गयौ । बल्ल काठमाडौ ले छोयो जस्तो लाग्यो । सडक्को छेउछाउ मा दयनीय अवस्थाका माग्ने मान्छेहरु र बेमतलबी मानिसहरुको भिड देखेर अर्कै लाग्यो। मान्छेहरुको गाडिको भित्रको कोचाकोच, जाम र रत्नपार्क अगाडी सडकको भिड्भाड ले अनौठो बनाइरह्यो । दिन भरी रत्नपार्क, रानिपोखरी , धरहरा, सुन्धारा र बसन्तपुर दरबार घुम्घाम र भिर्कुटिमण्ड्प को किनमेल पछि साझ बानेश्वर गयर बस्यौ ।
भोलि पल्ट बिहान दस बजे धनगढी कालागी टिकट काट्न बसपार्क गयौ । मेरो गाडी मेरो गाडी भन्दै यताउता तानिरहेका मान्छे र बसपार्क का गाडिहरुको भिड देखेर अचम्म लागिरह्यो । १२ बजेको गाडीमा धनगढी फर्कियौ । पछिल्लो दिन ९ बजे धनगढी बसपार्क पुग्यौ । काठमाडौ को चहलपहल देखेर धनगढी भने शून्य जस्तै लाग्यो। बेलुका ४ बजेको रात्रि बसमा चढेका हामी अर्कोदिनको ११ बजे तिपाडा पुगेर खाना खायौ ।र हिडेर बेलुका घर पुग्यौ ।।
“करोडौं मान्छे को सपनाको सहर काठमाडौं आउदाको पहिलो अनुभव यहि थियो मेरो”। जिन्दगीको पहिलो यात्रा थियो। केही डर र केहि आशको समिश्रण थियो। थोरै दुख र थोरै सुखको अनुभुती थियो।
जिन्दगी को पहिलो यात्रालाइ यस्तो अनुभव बनाइ दिने मेरो बिस्वदाइ,पिसबिन,कन्सोर्टिम र मेरा परिवार लाई जति धन्यवाद दिएपनी पुग्दैनहोला ।
कहिलेकाही यसो सोच्छु।पढ्नलाई काठमाडौं आउने हरुको पहिलो अनुभव कस्तो होला ? बा आमा सङ्ग काठमाडौं घुम्न आउनेहरुको पहिलो अनुभव कस्तो होला ? बिदेश जान लाई भिसा लाउन काठमाडौं आउनेहरुको पहिलो अनुभव कस्तो होला ?
अहिले ५ बर्ष काठमाडौं बसिसकेको छु ।गाउँ बाट कोहि नया मान्छे घुम्न आयो भने घुमाउने गर्छु ।पशुपती,स्व्यम्भु ,चिडियाखाना,बसन्तपुर दरबार,पाटन अरु अरु ठाउँ । पशुपति वरिपरि पहिले जस्तो सुन्दर देखिदैन झनै कुरुप र फोहोर लाग्छ । स्वयम्भू उहिले जस्तो छैन। चिडियाखाना जान्छु जनावर हरु पनि नाआइदिएको भए हुन्थ्यो भनेर चिन्तित देखिए जस्तो लाग्छन । आधी भन्दा बढी जनावर तथा चराचुरुङ्गी हरु घटिसकेछन । बसन्तपुर जान्छु पहिला जस्ता संरचना छैन । रानिपोखरी छैन , सुन्धार छैन । धरहरा पनि भुकम्पले भत्काएर बल्ल बन्न लागेको छ । अन्य धार्मिक तथा पुरातात्त्विक सम्पदहरुको झन बिनास भएको छ ।
अहिले यसो सोच्छु यी सबै संरचनाको पुननिमाण गरि उचित संरक्षण गर्न सक्यो भने के पहिला भन्दा ज्यादा सुन्दरता दिन नसक्लान र ??
#लकडाउनमा होम क्वारेन्टाइन बाट