• होमपेज
  • समाज
  • नेपाली सेनाद्धारा बाह्बीसमा किटनाशक औषधी छर्कियो

नेपाली सेनाद्धारा बाह्बीसमा किटनाशक औषधी छर्कियो

  • बुधबार, बैशाख १०, २०७७
नेपाली सेनाद्धारा बाह्बीसमा किटनाशक औषधी छर्कियो

बाजुरा १० बैशाख– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९ थापावाडमा नेपाली सेनाले किटनाशक औषधी छर्केको छ । समरजित गुल्म थापाथली ब्यारेकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सो ठाउँमा किटनाशक औषधी छरिएको हो ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन पनि नेपाली सेनाद्धारा बिभिन्न कार्यहरु भइरहेको र सोही क्रममा सो गाउँमा किटनाशक औषधी पनी छर्र्किएको समरजित गुल्मका गुल्मपती रबिन श्रेष्टले बताए ।


गाउँमा बिभिन्न ठाउँबाट आएका हुनाले संक्रमणलाई न्युनीकरण गर्न औसधी छर्किएको गुल्मपती श्रेष्टले बताएका छन् । बिस्व नै कोरोनाको त्रासमा रहेका बेला बाजुरा जिल्लामा नेपाली सेनाद्धारा पनी बिभन्न समयमा बिभन्न ठाउँमा औषधी छर्किने देखी जनचेतना र हेल्थ डेस्कमा समेत सघाउ पु¥याइरेको स्थानीयले बताउदै आएका छन् ।

यतिबेला स्थानीहरु लकडाउनका कारण घर भित्र रहेका भए पनी बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थितीले साहानुभुती भइरहेको स्थानीयले बताएका छन् । कहिले नेपाली सेना कहिले नपाल प्रहरी कहिले स्वास्थ्य कर्मी गाउँमा आएर जनचेताना दिनुले हामीलाई निकै फाइदा भएको स्थानीयले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार