• होमपेज
  • देश
  • सुदूरपश्चिम घर भएका ५ एसपी एसएसपीमा बढुवा सिफारिस

सुदूरपश्चिम घर भएका ५ एसपी एसएसपीमा बढुवा सिफारिस

  • बुधबार, बैशाख १०, २०७७
सुदूरपश्चिम घर भएका ५ एसपी एसएसपीमा बढुवा सिफारिस

धनगढी : गृह मन्त्रालयलले १९ जना प्रहरी उपरिक्षक एसपीलाई बरिष्ठ प्रहरी उपरिक्षक एसएसपीमा बढुवा सिफारिस गरेको छ। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो। १९ जनामा सुदूरपश्चिममा कार्यरत एक जना एसपीको मात्रै बढुवा सिफारिस भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीको बढुवा सिफारिस भएको हो। तर सुदूरपश्चिम घर भएका भने ५ जना एसपीको बढुवा सिफारिस भएको छ। कैलाली घर भएका विरेन्द्र कुमार बस्याल र अशोक सिंह, अछामका भरतबहादुर बोहरा र कुवेर कडायत तथा कञ्चनपुरका दुर्गा सिंहलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो।

बढुवा सिफारिसमा एक नम्वरमा रहेका बस्याल लागु औषध नियन्त्रण ब्यूरो काठमाडौँ, चार नम्वरमा रहेका बोहरा केन्द्रिय प्रहरी विशेष कार्यदल काठमाडौँ, ५ नम्वरमा रहेका कडायत महानगरीय प्रहरी पहरा गण सामाखुुसी, ७ नम्वरमा रहेका सिंह महानगरीय प्रहरी परिसर काठमाडौँ र ९ नम्वरमा रहेकी दुर्गा सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत छन्।

सिफारिस नामविरुद्ध चित्त नबुझे अन्य एसपीले लोकसेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी गर्न सक्नेछन्। एकसाता भित्र उजुरी नपरे मन्त्रीस्तरीय निर्णयबाट सिफारिस भएकाहरुको नाम अनुमोदन हुने छ। आइतबार मात्रै १० जना एसएसपी डीआईजीमा बढुवा भएका थिए।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार