बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रवास
  • बेलायतमा ४९ वर्षीय गुरुङको कोरोना संक्रमणबाट मृत्यु

बेलायतमा ४९ वर्षीय गुरुङको कोरोना संक्रमणबाट मृत्यु

  • बुधबार, बैशाख १०, २०७७
बेलायतमा ४९ वर्षीय गुरुङको कोरोना संक्रमणबाट मृत्यु

लण्डन – कोरोनाभाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ । बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजयगुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’माउपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो ।

कास्की, यान्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङ हङकङ हुँदै बेलायत आएका हुन् । बेलायतमा आफ्नो परिवारका साथ बस्दै आएका मृतक गुरुङका श्रीमती र एक छोरा छन् ।

पारिवारिक स्रोतका अनुसार ढाडको समस्याबाट पीडित रहेका गुरुंगको गत डिसेम्बरमा काठमान्डौस्थित ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन गरिएको थियो ।

त्यसपछि केहिसमय आराम गरेर फेब्रुअरीको पहिलो साता उनी बेलायत एका थिए । ढाडको समस्या ठिक नभएकाले नियमित औषधिको सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अप्रिल १३ मा अस्पताल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिएका गुरुङको दुई दिनपछि मृत्यु भएको थियो । दुई दिनपछि अस्पताललेपरिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोनाभाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्ष गुरुङले जानकारी दिए।

मृतक गुरुङ रेडिंग तमु समाजका आजीवन सदस्य समेत रहेका थिए । बेलायतमा कोरोनाबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या १९ जना पुगिसकेको छ । मृत्यु हुनेहरुमा करिब एक दर्जन जति पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार