• होमपेज
  • समाज
  • कुहिएको चामल बितरण गर्ने मेयर पक्राउ

कुहिएको चामल बितरण गर्ने मेयर पक्राउ

  • मङ्लबार, बैशाख ९, २०७७
कुहिएको चामल बितरण गर्ने  मेयर पक्राउ

काठमाडौं — लकडाउनको अवधीमा कुहिएको चामल वितरण गरेको आरोपमा बारा कलैया उपमहानगरपालिकाका मेयरलाई प्रहरीले पक्राउ गरेको छ । कुहिएको चालम राहत भन्दै बाँडेको आरोपमा मेयर राजेशराज यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपमहानगरपालिकाले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएको प्रहरीले जनाएको छ । त्यसलगत्तै प्रहरीले मेयर यादवको घरमा छापा मारेको थियो । मेयरको आफ्नै खाद्य गोदाम रहेको र उनको गोदाममा छापा मारिएको प्रदेश २ का डीआईजी प्रद्युम्न कार्कीले जानकारी दिए ।
उनको खाद्य गोदामबाटै किनेर बाँडिएको चामल र दाल कुहिएको पाइएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार