• होमपेज
  • समाचार
  • थप एक नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो : स्वास्थ्य मन्त्रालय

थप एक नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो : स्वास्थ्य मन्त्रालय

  • मङ्लबार, बैशाख ९, २०७७
थप एक नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं — स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार नेपाल थप एक जना मानिसमा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

संक्रमण देखिएका व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए।

यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ। संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार