शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अब त टालटुल पारेर काम चल्दैन साथी,

अब त टालटुल पारेर काम चल्दैन साथी,

  • मङ्लबार, बैशाख ९, २०७७
अब त टालटुल पारेर काम चल्दैन साथी,

यो ब्यबस्था बाट नै दिकदार भए जनता,
अन्तिम लडाई लड्न तैयार भए जनता।

सरकारको अदुरदर्सिएताकै कार्णले गर्दा,
सदैभरी देश अनि नाङ्गेझार भए जनता।

अब त टालटुल पारेर काम चल्दैन साथी,
त्यसैले शंघर्ष निश्चित निखार भए जनता।

देश बिदेशमै अपहेलित छन हेरौ शन्तान,
पहिलो पल्ट होईन लगातार भए जनता।

सरकार ले लिन्छ रीन अएस गर्छन मन्त्रि,
परिणाम यँहा त सदै ब्यापार भए जनता।

कति सहने यो अन्याय र अत्याचार हामि,
फौलाद हुँन पिटेपछि तरवार भए जनता।

सदैभरी लड्ने रहर होईन बाध्यतानै भयो,
तिम्ले गर्दा शंघर्ष गर्ने हकदार भए जनता।
सूरेशकुमार पान्डे।२१-४-२०२०,

चर्चामा

सम्बन्धित समाचार