• होमपेज
  • देश
  • आगोले जलेकि मुश्लिम महिलाको उद्धार, उपचारका लागि काठमाडौ लगियो

आगोले जलेकि मुश्लिम महिलाको उद्धार, उपचारका लागि काठमाडौ लगियो

  • मङ्लबार, बैशाख ९, २०७७
आगोले जलेकि मुश्लिम महिलाको उद्धार, उपचारका लागि काठमाडौ लगियो

आगोले जलेकि मुश्लिम महिलालाई उपचारका लागि काठमाडौ लगिएको छ । बाजुराको बुढिनन्दा नगरपालिका ६ कोटिला बस्ने ३५ बर्षिय गौचना मिया अन्यत्र लिन पैशा नभएर आर्थिक अभाबमा अस्पतालको शैयामा अलपत्र रहेको समचार प्रकाशित पछि उनलाई उद्धार गरेर काठमाडौ लगिएको हो ।
बडिमालिका खबरमा समचार प्रकाशित पछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले सहयोग गर्ने भएपछि उनलाई काठमाडौ पठाईएको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । समचारमा उपचार अभाबमा अलपत्र परेको थाहा पाएपछि आफुहरुले उपचारमा सहयोग गर्ने संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । काठमाडौमा रहेको शिक्षण अस्पताल उपचार गर्ने खान बस्ने र उपचारको सहयोग संस्थाले गर्ने उनले वताए । गौचनाको उपचारका पहलका लागि पत्रकार महासंघ बाजुरा अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिंहले गरेका थिए ।
चैत २१ गते आगोले जलेकि गौचना मिया चैत २८ गते मात्र जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याएको अस्पतालले जनाएको छ । यहाँ ठिक हुदैन काठमाडौ रिफर गरेको भएपनि आफन्तले लिन नसक्दा अस्पतालमै रहेकी थिईन् । समचार प्रकाशित पछि काठाडौमा एक संस्थाले उपचार गरिदिने भनेपछि एम्बुलेन्सको ब्यबस्थापन गरेर काठमाडौ पठाइएको सामाजिक अभियान्ता सिंहले वताए । एम्बुलेन्सको बुढिनन्दा नगरपालिका बाट ५० हजार, जिल्ला अस्पताल बाजुराका प्रमुख डा‍. रुपचन्द्र बिश्वकर्माले ३ हजार, नेपाली सेनाका मेजर रबिन श्रेष्ठले २ हजार, नेकपाका नेता जनक बोहोराले २ हजार र जनम धामि र जंग बहादुर बिष्ट बाट ४ हजार सहयोग गरेर गौचनलाई एम्बुलेन्स मार्फत काठमाडौ लगिएको उनका श्रीमान धराज मियाले वताएका छन् ।
चैत २१ गते खाना पकाउने समयमा बिरामी भएर आगोमा ढलेर उनि जलेको श्रीमान धनराज मियाले वताएका छन् । उनलाई उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो, त्यहाँ सम्भाबना नभएपछि जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो । आर्थिक अबस्था निकै कमजोर भएकाले कोल्टि बाट जिल्ला अस्पताल बाजुरामा पठाउनका लागि फेज नेपाल नामक गैर सरकारी संस्थाले सहयोग गरेर पठाएको संस्थामा कार्यरत स्टाफ नर्स मुना देबकोटाले बताएकि छन् ।
गौचनाको २७ प्रतिशत भाग जलेको अस्पताल बाजुराका डा. रोहित गिरीले वताएका छन् । आगोले अनुहार घाँटि र छाती जलेको गिरीले वताए । वुढिनन्दा नगरपालिका ६ कोटिलमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि चाहाना भाटले भनिन्, उनिहरुको आर्थिक अबस्था निकै कमजोर रहेको जिल्ला अस्पताल बाजुरामा सम्म सहयोग मागेर पठाएको वताईन् । बाजुराको कोटिमा मात्र मुश्लिम समुदाय बसोवास गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार