शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका सबै वडाले राहत काेषमा २/२ लाख जम्मा

बडिमालिका नगरपालिकाका सबै वडाले राहत काेषमा २/२ लाख जम्मा

  • मङ्लबार, बैशाख ९, २०७७
बडिमालिका नगरपालिकाका सबै वडाले राहत काेषमा २/२ लाख जम्मा

बाजुरा ९ बैशाख — बडिमालिका नगरपालिका सबै वडाले प्रति वडाबाट नगरपालिकाकाे राहत काेषमा २/२ लाख जम्मा गर्ने निर्णय गरेका छन् । हिजाे  बसेकाे नगरपालिकाे बैठकले राहत वितरणकाे समिक्षा गर्नुका साथै प्रत्यक वडाबाट नगरपालिकाकाे राहत काेषमा २/२ लाख जम्मा गर्ने निर्णय गरेकाे बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् ।  राहतका लागि सबै वडाले दुई – दुई लाख वडामा विनियाेजित वजेटबाट नगरपालिकाकाे राहत काेषमा रकामान्तर गर्ने भएका छन सबै वडाकाे १८ लाख नगरकाे काेषमा जाने भएकाे छ भने हाल सम्म वडामा १ लाख देखि ३ लाख ५० हजार सम्म राहतमा खर्च भएको अनुमान गरिएको छ । प्रदेश, संघ र नगरपालिका बाट राहतका लागि भएको खर्च पछि समिक्षा हुने नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार