सुन्दैन सरकार सुदुरपश्चिम्को गुनसो दुख्दैन सरकारलाई सुदुरपश्चिम् ।। जताततै कोतोनाको त्रास छ । सुरक्षित ठाउको खोजिमा मानिसहरु तराईबाट पहाड झरिरहेका छन।तर केही सुदुरपश्चिमेलिले महाकालिको पल्लो किनारबाट डाको लगाइरहेका छन तर किन सुन्दैन प्रदेश सरकार।। रुगम रावल ( नेता) नेपाल विद्यार्थी संघ,बाजुरा यतिखेर भारत लगाएत अन्य मुलुकबाट कोहि कोरोनाको डरले त कोहि नयाँ बर्ष परिवार सङ्गै मनाउन घर फर्किरहेका थिए। धेरै जसो पाइलाहरु पुगेनन आफ्नो घरको आगनिमा । थुनिएका छन सिमानामै। महाकालिको वल्लो किनारमा नेपाल छ र पल्लो किनारमा भारत छ । कयौं पटक चर्चाको बिषय बनाइयो त्यही महाकालीलाई । तर आज किन देख्दैन महाकालीलाई सरकार! शैक्षिक ,आर्थिक सबै किसिमले पछाडि पारिएका दलित र निमुखा बर्गहरु उद्योगधन्दा केही नभएको हाम्रो देशबाट साहुको ऋण तिर्न र सामान्य गुजारा चलाउनको लागि आशुको भारी आखामा बोक्दै छिमेकी देश भारत जाने गर्दछन। देशमा गणतन्त्र आयो।प्रदेश बने,स्थानीय तहहरु बने। प्रत्येक प्रदेशले मुख्यमन्त्री पाए।हाम्रो सुदुर पश्चिम् प्रदेशले पनि भारतमा चौकिदारी गर्दै दु:ख पिर झेल्दै संघर्षमय जीवन बिताएका अनुभवी मुख्यमन्त्री पायो।मुख्यमन्त्रीको पद समाल्दै उहाँले पहिलो बक्तब्य जारी गर्यो।अब कुनै सुदुरपश्चिमेलि जनताले भारतमा चौकिदारी गर्न पर्दैन ,प्रदेश मै रोजगारी सिर्जना गर्छौ। दुख गरेका र अनुभवी मुख्यमन्त्री पाएकाले आशाका किरण हरु झुल्किन थाले जनता जनार्दनमा। समय बित्दै गयो। नयाँ बोतलमा पुरानै रक्सी भने झै देखिए मुकुण्डाधारिहरु। कुम्ल्याउदै गए देशको ढुकुटी । हुँदाहुँदा पछिल्लो समय चिन्नी छोडे जनतालाई । यदि चिन्दा हुन त आज पठाउनै पर्दैनथ्यो होला हजारौं नेपालीले महाकाली पारिबाट एकोहिरो खबर।।