बाजुरा जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा नजाने वताएका छन् । उनलाइ २४ घण्टामा हाजिर हुन सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको थियाे। बडिमालिका खबरले डा राजु सँगै आइतवार गरेकाे कुराकानीमा आफु काेल्टि नजाने वताएका छन् ।
नेपाल सरकारकाे छात्रवृत्तिमा MBBS अध्यन गरेका राजु १ बर्ष देखि अस्पताल बाजुरामा करारमा कार्यरत रहेका छन् । छात्रवृत्ति पढेपछि २ बर्ष सरकारी सेवा काम गर्नुपर्ने हाे, एक बर्ष अतिदुर्गममा र एक बर्ष सुघममा काम गर्नु पर्ने हुन्छ, आफुले १ बर्ष अतिदुर्गममा काम गरिसकेकाे राजुले बताए । दुर्गममा एक बर्ष काम गरिसकेकाे छ, अब त सुबिधा सम्पन्न ठाँउमा पठाउनु पर्ने उल्टै २४ घण्टामा जानु भनेर निर्देशन गरेपछि आफु नजाने राजुले वताएका छन् । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले पनि अस्पताल बाजुरा बाट चिकित्सक नपठाउने वताएका छन् ।
जिल्ला अस्पताल बाजुराका प्रमुख रुपन्द्र बिश्वकर्माले सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले निर्देशन बाट राजुलाइ पठाउन निर्देशन गरेपछि राजुलाइ पत्र पठाएकाे तर उहाँले नजाने बताएकाे जनाएका छन् । बिश्वब्यापी रुपमा फैलिएको महामारीको नियन्त्रण तथा रोकथामका लागि बिभिन्न अस्पताल, तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तीको कमि भएको हुँनाले हाल प्रदेश काम गरिरहेकै जनशक्तिबाट काम सुचारु गर्नुपर्ने भएकोले खटिएकै स्थानबाट तलव भत्ता भुक्तानी हुने गरि डाक्टर राजु राज जैशीलाई पठाउने निर्देशन दिएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्तीले बताएका छन् ।
हाल बिभिन्न अस्पताल तथा प्राथिमक स्वास्थ्यमा कोरोना भाइरस रोकथाम तथा महामारी नियन्त्रणका लागि दक्ष जनशक्ती नभएको ठाउँमा बिभिन्न ठाउँबाट परिपुर्ती गर्न मन्त्रालय र स्वास्थ्य निर्देशनालयले काम गरिरहेका बताएको छ ।शुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले चैत २५ गते जिल्ला अस्पताल बाजुरालाइ कोल्टीमा एकजना चिकित्सक पठाउन निर्देशन दिएको भएपनि कार्यन्वयन हुन सकेको थिएन । चैत २५ गते क्षेत्रिय निर्देशक डा. गुणराज अवस्थीले जिल्ला अस्पताल बाजुरालाई पत्रचार गरेको भएपनि अहिले सम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नपठाएका कारण लिखीत रुपमा डाक्टर राजुलाई पठाउन निर्देशन दिएको छ । कोरोना भाइरस ब्यबस्थापनका लागि अस्पताल ब्यबस्थापनका लागि एकजना चिकित्सक पठाउन स्वास्थ्य निर्देशनालय बाट पत्र समेत दिइसकेको बताएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको झण्डै एक बर्ष भयो । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गएको साउन महिनामा समायोजन भई गएपछि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र डक्टर बिहिन बनेको हो एक बर्ष पछि डाक्टर पाउने भएको छ । बाजुरा जिल्लाका एक नगरपालिका, तीन गाउपालिकाका र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहका ५० हजार बढी जनसंख्यालाई स्वास्थ्य केन्द्र सेवा दिदै आएको छ ।