शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लकडाउन छ तर बजारमा ब्यर्थको जाम

लकडाउन छ तर बजारमा ब्यर्थको जाम

  • आइतवार, बैशाख ७, २०७७
लकडाउन छ तर बजारमा ब्यर्थको जाम

लकडाउन छ तर बजारमा ब्यर्थको जाम छ।
आफ्नी भनम त सिउदोमा अर्कैको नाम छ।।

मन गह्रौ बनाइ ओठमा मन्द मुस्कान भरी।
भन्नै गाह्रो भो आखामा आशुको गोदाम छ।।

अहिले वसन्त छ भोलि गृष्मसङ्गै शरद आउनेछ।
तर मेरो जिवनमा भने सधै बर्षायाम छ।।

शिरमा सिंदुर भरी अचेल दिन खोज्छौ साथ।
दिदैन समाज हात समाउन सस्कारको लगाम छ।।

माफ गर है मेरि सानू चित्त दुखाए छु।
पठाउछु चिठी पढ्नु तिम्रै नामको खाम छ।।
रुगम रावल “रुक्सल”

चर्चामा

सम्बन्धित समाचार