• होमपेज
  • समाज
  • समाज सुधार्नु जरुरी देखिन्छ

समाज सुधार्नु जरुरी देखिन्छ

  • आइतवार, बैशाख ७, २०७७
समाज सुधार्नु जरुरी देखिन्छ

मेरो बिचार मा पाटी भन्दा समाज सुधार्नु जरुरी देख्छु पढेलेखेका बाट खाना खादानी राजनीति भयो कामको बिसयमा कुरा गरेर साद्यय छैन । नेता नहेरी यता हाम्रै समाज हेरै त कस्तो हुन्छ। १) हाम्रो गाउँ घरका स्कुलमा पराय जस्तो पाटिगत टिचर राख्ने प्रबृति छ । र राख्छै पनि त्यो स्कुलमा कुनैमा काग्रेशको बहुमत होला त कुनै मा नेकपा को जुन स्कुलमा काग्रेश को बहुमत छ त्यो स्कुलमा नेकपा का बिद्यार्थीको हालत के होला र उनीहरुको को कन्सेप्ट मा कति ठूलो असर पर्छ । र नेकपा को बहुमत हुने स्कुलमा कागेश का छोराछोरी को हालत के होला । यो बुज्जे मात्र स्कुलमा समान विद्यार्थी ले हक अधिकार पाउने छन । यो सम्बन्धित ठाँउका अभिभावक र अन्य जान्ने मान्नेले बुज्नु पर्ने जरुरी देखिन्छ।

२) म पहिले मेरै ठाउको बिधुतको कुरा गर्छु । २०६९/७० सालको कुरा गर्छु । बाजुराको बडिमालिका नगरपालिका वडा न ६ को कोर्धाली गाड लघु जलविद्युत आयोमा जुन ब्यतिले काम गरेर पनि हाल सम्म श्रमिक ले काम गरे बमोजिम पैसा पाको छैन ५० दिन काम गर्नेको ५/७ दिन कता हरायो । र त्यो पैसा कस्ले खादै छ । काम गर्न कालू मकै खाने भालु भनेजस्तै किन हुन्छ । बिधुत सुचारु भयको अहिले ५/६ बर्ष भयो तर अहिले सम्म आम्दानी खर्च विवरणको कुनै सुनुवाइ भयको छैन ।त्यो बिधुतमा कति कस्ले खल्ती हाले त्यो कशैलाइ थाहा छैन । बिरेखोलाको बालुवा चाल्नेको खोला पुराउने ब्यती लाई थाहा होला कति पीडा र दुख हुन्छ भन्ने कुरा करिब भारी लियर जान ६/७ घन्टा हिडेर जानुको पीडा । त्यो पीडित ले अब काम गरेको पैसा पाउनु हुन्छ ।या जस्को शक्ति उस्को भक्ती भयको हो ।

३) अर्को कुरा कोर्धालीगाड लघु जलविद्युत आयोजना किन त्यहाँका समितिको सल्लाह बिपरित किन ऐसादाबी बचत तथा ऋण सहकारी सस्थामा बिधुत गाभियो र त्यो विषयमा अन्य ब्यती बोल्दा किन जवाफ आयन अब त्यो सहकारीले जिम्मेवारि लान्छ या त बिधुतले । तेशै क्रममा मेरो एकजना मिल्ने साथिको करेन्ट लागेर मृत्यु भयको छ । त्यो पीडित पक्षलाई क्षतिपूर्ति बिधुत ले दियो । सहकारीले दियो यात बिधुत कर्मचारीले दियो । हामी तेहाका नागरिकले जान्न पाउनु पर्छ कि नाइ ।मैले त्यो बिसय बोल्न खोज्दा दबाब आउन्छ।

४) जुन मान्छे स्कुलको टिचर देखि लियर कुनै संस्था मा कार्यरत हुन्छन् । राजनीति गरेर पाटिको झोले पनि बन्ने स्कुलमा हाजिर नि लाउने । स्कुल पढाउनु छोडेर कहिले पाटी पछि जानेत कहिले कुनै आफ्नो स्वाथको लागि अन्य ठाँउ जाउने त्यो दिनको विद्यार्थीको पढाई कस्ले पूरा गरिन्छ । ठिक तिनै टिचर भनिने ब्यती फेरि कुनै गाउँमा योजना तर्जुमा आउनु हुन्न । तेशै योजना को समिति मा पनि अध्यक्ष वा त सचीव भकै हुने किनकी उनीहरुलाई थाहाछ बिना मिहिनेत खानपाइन्छ भन्ने कुरा ।। तेशैले यो सडेन्त्र कारी प्रवृत्तिको अन्ते भय राम्रै हउन्त्यो युवा मिलेर यस्ता लाई सचेत गर्नु राम्रो लाग्त्यो मेरो बिचार मा हो ।

५) जुन ब्यतिको कुनै पनि ब्यबसाय छैन न कुनै देश प्रदेश छ । त न कुनै सरकारि जागीर नै छ त्यस्ता ब्यती कुनै योजना तर्जुमामा लागे भने जाड खाकै हुने तास खेलेकै हुने बिकृती फैलाकै हुने उनीहरुको तेति ठूलो कमाई कता बाट आउन्छ । पक्कै पनि भगवान आयर त दिदैन होलान । तेस्तैको सारै ठूलो फुर्ति हुन्छ किन र झन उल्टै उनिहरुको छोराछोरी महँगो स्कुल बोडिङ महँगो कलेज र बिदेश तिर पढ्छ्न कताबाट आउन्छ । त्यो सम्पती हो त्यो किन र कहाँबाट आयो त्यो जान्न पाउनु राम्रो होकि होइन ।

६) हाम्रो गाउँ ठाउँमा दलितमाथि अहिले नि सारै अन्याय अत्याचार भयको देखिन्छ । चुनाव को बेला पैसा ले भोट किन्ने अरु समय दलितमाथी अन्याय अत्याचार दमन शोषण गरि रहने त्यहाका राजनीति दलबाट नै बारम्बार हुँदै आयको छ ७० को चुनाव देखि मैले नै देखेको छु। त्यो बिसयमा नि सबै दलित साथीहरू लगायत अन्य जाने बुजेका ब्यतिहरु यकजुट भयर अगाडि भद्नु पर्छ । अधिकार मागेर होइन खोसेर लानुपर्ने हुन्छ । तेस्रोले सबैमिलै सभय नागरिक को पहिचान गरै। अब अन्तिम मा मेरो गाउँ ठाँउ को सम्पुर्ण नागरिक लाई म के भन्न चाहान्छु भने जुन योजना आउन्छ हामी काम गर्छौ ।

त्यो ठाउको बजेट कति हो।कति दिन सर्बदान गर्नु पर्छ कति दिन काम गरेको त्यो ठाँउको सामान खरिद र ढुवानी कति हो र प्रती दिन कति हाजिर हुन्छ्न । प्रती दिन काम गरे बाफत कति पर्छ त्यो आफुले हिसाब गरेर लिनपाउनु पर्छ र कति बाकी छ त्यो सबै बराबर हुनेगरी ब्यबस्था गर्ने गर्नु पर्छ । स्कुल देखि कुन ठाँउ पैसा हामीले नदियको कुनै ठाउँ हुदैन । हामीले पैसा दियर जागीर खाने टिचर लाई राजनीति गर्न बन्द गराउनु पर्छ । यदि नमाने अहिले डिग्री गरेका साथीहरू खाडीमा छन उनैलाई राख्ने ब्यबस्था गर्नु पर्छ। अनि मात्र बाजुरा र हाम्रो गाउँ ठाँउ छिटो बिकास हुन्छ कशैले पनि आफ्नो खल्ती भर्न सक्दैन सबै मिलै समान हक अधिकार लियर अगाडि बढै। हाम्रो गाउँ ठाउँ बिकास भय हामी परिवर्तन देखिन्छै। अ्मर बहादुर दानी (बाजुरा ) हाल साउदी अरब

चर्चामा

सम्बन्धित समाचार