बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • दूर्गम जिल्लाकाे ब्यथा

दूर्गम जिल्लाकाे ब्यथा

  • शनिबार, बैशाख ६, २०७७
दूर्गम जिल्लाकाे ब्यथा

 दूर्गम जिल्लाका नागरिकहरुकाे लागि राज्यकाे नयाँ संरचना अनुसार सरकार गाउँमा अायाे तर, कर्मचारी लामाे समय नबस्ने अवस्थाका कारणले जनमूखि सेवा प्रर्वाह हुन सकिराखेकाे छैन । कार्यालय प्रमुख ( अधिकृत तथा उपसचिव )स्तरका कर्मचारी टिकाउ नहुनका कारण निम्न छन : १. अाधुनिक जमानामा बाहिरबाट अाएका कर्मचारीहरु घरपरिवासंग नियमित फाेन सम्पर्क र सम्बाद गर्न चाहेका हुन्छन । त्यसका लागि भरपर्दाे संचार, खानेपानि, बिजुली,अाधुनिक पर्विधिहरु , अावश्यक अा‌ैजार, नेट ईन्टरनेट, खाने र बस्ने उचित ब्यवस्थापन स्थानियतहमा उपलव्ध नभएकाले उनिहरु बस्न मान्दैनन । २. दूर्गममा अाउने भनेकाे सकभर नयाँ पाेष्टिङ वा बढुवाका लागि नम्बरकाे लाेभले अाउने कर्मचारी हुने भएकाले निति नियम भन्दा बाहिर गएर काम गर्न चाहदैनन् । तर, यता भने , वार्ड अध्यक्ष , उपभोक्ता समितिका अध्यक्ष र स्वयम् स्थानीय तहका जिम्मेवार मान्छेबाट नभएको कामकाे भूक्तानी दिनका लागि कर गरिन्छ । उनीहरुले त्यस्ता व्यवहार सहन नसकि छिटाे सरुवा माग्छन । ३. बाजुरा जिल्लाका ९ अाेटा मध्य १/२ बाहेक सबै स्थानीय तहहरु हाल सम्म निमित्तकाे भरमा छन । ती सबै नि. हरु स्थानीय कर्मचारी छन । स्थानीय कर्मचारीहरुले पनि त्यहि नि. काे लाेभमा जनपर्तिनीधिसंग मिलेर कार्यालय पर्मुखलाई असहयोग गर्ने रहेछन । ४. केही नभए पनि उपसचिव स्तरकाे कर्मचारीले र PHC मा बस्ने डा: अधिकृत स्तरकाे कर्मचारीले उपयुक्त र अपेक्षित सेवा सुबिधा पाईराखेकाे हुँदैन । सरकारकाे नीति अनुसार काम गर्न खाेज्दा कार्यकक्षम‌ै हात हाल्ने, धम्काउने, स्थानीय तल्लाे स्तरकाे कर्मचारीले दादागिरी गर्नाले पनि जिम्मेवार कर्मचारी नागरिकको सेवामा लाग्न भन्दा सरुवा माग्ने र नभए जागिरै छाेडेर जाने गरेकाछन । ५. यस्ता ठाउँमा अाएर पिडाबाेध गरि गएका जति कर्मचारी छन , तिनिहरुले यस्ता जिल्लामा पाएकाे सकस सबैलाई सुनाउने रहेछन । र नयाँ अाउने कर्मचारीहरु बरु अहिलेकाे ईटाली,स्पेन र न्यूवर्क जान तयार हुने तर , यस्ता स्थानीय तह र त्यमा पनि काेल्टीकाे PHC मा अाउन कठिन ठान्ने, बरु जागिर छाेडन तयार हुनेरहेछन । ६. यसमा अब यस्ता व्यवहार र गतिविधिहरु सब‌ैले सुधार गर्न जरुरी छ । नागरिकहरुले सभ्य हुनु पर्दछ सिकाै । सरकारका पर्तिनीधिहरु जवाफदेहि हुनुपर्दछ । कर्मचारीहरु नागरिकपर्ति उत्तरदायी हुन पर्छ । सरकारले कर्मचारीकाे जिउ ज्यानकाे सुरक्षा गरिनु पर्दछ । कर्मचारीकाे याेग्यता र पद अनुसार सेवा सुविधा तथा सम्मान, ईज्जत् र अातिथ्यता दिनु पर्दछ । समग्रमा नागरिकले प्रभावकारी,गुणस्तरीय ,चुस्त र सरल ,सहज तरिकाले सेवा पाई वास्तविक लाेकतान्त्रिक व्यवस्थाकाे अनुभुति हुनु पर्ने हुन्छ । काेल्टिमा काजमा अाउन लाग्नु भएकाे डा: राजु लाई हार्दिक स्वागत छ ।

जनेश भण्डारी अध्यक्ष नागरिक समाज काेल्टी 

चर्चामा

सम्बन्धित समाचार