• होमपेज
  • समाज
  • फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती २७ दिनपछि घर फर्किइन्

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती २७ दिनपछि घर फर्किइन्

प्रधानमन्त्रीले दिए स्वास्थ्यकर्मीलाई धन्यवाद

  • शनिबार, बैशाख ६, २०७७
फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती २७ दिनपछि घर फर्किइन्

फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन्। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन्।

उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले  बताए।

गत चैत ९ गते बेलुकी उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो। त्यसपछि उनी अस्पताल भर्ना भइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्।

फ्रान्सबाट नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

नेपालमा देखिएको कोरोनाभाइरसको यो दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।

प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित दोस्रो विरामी पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएकोमा बधाई दिएका छन्। शनिबार फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीलाई पनि बधाई तथा धन्यवाद दिएका हुन्।

‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद,’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

चर्चामा

सम्बन्धित समाचार