शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेबिसघं बाजुराले स्थापना दिवसको अवसरमा राहत बितरण

नेबिसघं बाजुराले स्थापना दिवसको अवसरमा राहत बितरण

  • शनिबार, बैशाख ६, २०७७
नेबिसघं बाजुराले स्थापना दिवसको अवसरमा राहत बितरण

बाजुरा ६ बैशाख– नेपाल बिद्यार्थी संघ बाजुराले आफ्नो ५१ औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मार्तडीमा रहेका बिभिन्न पेशामा रहेर अलपत्र अबस्थामा रहेका ११ जनालाई राहत साम्रगी बितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका पिडीतहरुका लागि सो राहत बितरण गरिएको हो ।
बिभिन्न ठाउँबाट आएर जिल्लामा गाडी ड्राइभर, इयर कटिङ, र ब्यसाहारा भएकाहरुका लागि एक एक कट्टा चामल राहत स्वरुप दिएको नेबिसघं बाजुराका उपाअध्यक्ष जनक थापाले बताए ।


स्थापना दिवसको अवसरमा राहत बितरण कार्यक्रममा नेपाली काग्रेँस महाअधिबेसन प्रतिनिधी जुना दानी, बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट वडाअध्यक्ष प्रकाश रावलको संग्लनतामा सो राहत बितरण गरिएको उपाअध्यक्ष थापाले बताएका छन् ।
विपन्न ,श्रमिक, बेसहारालाई राहत वितरण गरिएकोमा वडा अध्यक्ष रावल उपप्रमुख लगायतले नेबिसघंलाई धन्यबाद समेत ब्यक्त गरेका छन् ।  यता नेबिसंघले बितरण गरेको राहत पाउदा अब धेरै सहयोग भएको महसुस गरिएको पिडीतहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार