• होमपेज
  • देश
  • बाजुरामा आगोले जलेकि मुश्लिम महिला उपचार अभाबमा अस्पतालमा तड्पदै

बाजुरामा आगोले जलेकि मुश्लिम महिला उपचार अभाबमा अस्पतालमा तड्पदै

  • शनिबार, बैशाख ६, २०७७
बाजुरामा आगोले जलेकि मुश्लिम महिला उपचार अभाबमा अस्पतालमा तड्पदै

प्रकाश सिंह
जिल्ला अस्पताल बाजुरामा आगोले जलेकि एक मुश्लिम महिला उपचार अभाबमा तड्पिरहेकी छन् । बुढिनन्दा नगरपालिका ६ कोटिला बस्ने ३५ बर्षिय गौचना मिया अन्यत्र लिन पैशा नभएर आर्थिक अभाबमा अस्पताल बाजुरामा तड्पिरहेकी छन् ।
चैत २१ गते खाना पकाउने समयमा बिरामी भएर आगोमा ढलेर उनि जलेको श्रीमान धनराज मियाले वताएका छन् । उनलाई उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो, त्यहाँ सम्भाबना नभएपछि जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो । आर्थिक अबस्था निकै कमजोर भएकाले कोल्टि बाट जिल्ला अस्पताल बाजुरामा पठाउनका लागि फेज नेपाल नामक गैर सरकारी संस्थाले सहयोग गरेर पठाएको संस्थामा कार्यरत स्टाफ नर्स मुना देबकोटाले बताएकि छन् ।
चैत २८ गते जिल्ला अस्पताल बाजुरामा उपचारमा ल्याएकि गौचनाको २७ प्रतिशत भाग जलेको अस्पताल बाजुराका डा. रोहित गिरीले वताएका छन् । आगोले अनुहार घाँटि र छाती जलेको गिरीले वताए । थप उपचारका लागि काठमाडौ लैजान भनेपनि आर्थिक अभाबले अस्पतालमै उपचार भइरहेको गिरीले वताएका छन् । धनगढी नेपालगञ्ज उनको उपचार सम्भब नभएको काठमाडौनै लग्नु पर्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
गौचनाका श्रीमान धनराज मियाँ भन्छन्, अहिले कोरोना कारणले पनि अन्यत्र लिन पनि समस्या भएको अर्को आफु सँगै उपचार गर्न एक रुपैया पनि नभएको बताए । यहाँ सम्म फेज नेपाल र अरुले सहयोग गरेर पुयाएको यहाँ भन्दा अन्यत्र लिन सक्ने अबस्था नभएको वताए । गौचनाले अस्पतालमा रुदै भनिन्, बाच्न त आश थियो, तिन जना नावलक छोरा छोरी रहेको घरमा कोही छैन्, माइतीको भरमा छोडेका छन्, आफ्नो उपचारका लागि पहल गरिदन आग्रह गरिन् ।
बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले यो बारमो आफुले भर्खर थाहा पाएको उनको उपचारका लागि पहल गर्ने वताएका छन् । वुढिनन्दा नगरपालिका ६ कोटिलमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि चाहाना भाटले भनिन्, उनिहरुको आर्थिक अबस्था निकै कमजोर रहेको जिल्ला अस्पताल बाजुरामा सम्म सहयोग मागेर पठाएको वताईन् । बाजुराको कोटिमा मात्र मुश्लिम समुदाय बसोवास गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार