शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • संसार भरी आज हाहा कार हुँदैछ(गजल)

संसार भरी आज हाहा कार हुँदैछ(गजल)

  • शनिबार, बैशाख ६, २०७७
संसार भरी आज हाहा कार हुँदैछ(गजल)

संसार भरी आज हाहा कार हुँदैछ,
सबैको जिन्दगि नै तार तार हुँदैछ।

कोविड छेहत्तरले गर्दा सबै मानव,
हेर कयौँ प्रकारले नाङ्गेझार हुँदैछ।

ईतिहाशमा आए ठुल-ठुला बिपत,
तरपनि त यस्तो पहिलो बार हुँदैछ।

ठुला ठुला प्रमाणु बम बनाउँनेहरु,
को यस पटक ता ठुलो हार हुँदैछ।

दिनौ दिन बढेकोछ कहर बनेर हेर,
जता ततै लासै-लासको घार हुँदैछ।

लाकडाउन भित्र मैना बित्न लाग्यो,
बन्द त सरकार ले भने नुसार हुँदैछ।

दिन दिनै कमाएर खानेहरु लाई ता,
दिन रात काट्न नि ठुलो भार हुँदैछ।

छैन कोरोनाको कुनै उपचार भन्छन,
एकान्त बास नै बाँच्ने आधार हुँदैछ।

डरायो संसार महा मारीले गर्दा हेर त,
लाग्छ आज त दुनियानै बिमार हुँदैछ।
सुरेशकुमार पान्डे।१८-४-२०२०,

चर्चामा

सम्बन्धित समाचार