• होमपेज
  • समाज
  • वर्तमान समस्या समाधानका लागि सासद लाल बहादुर थापा सहितकाे टाेलिले मन्त्रि समक्ष

वर्तमान समस्या समाधानका लागि सासद लाल बहादुर थापा सहितकाे टाेलिले मन्त्रि समक्ष

  • शुक्रबार, बैशाख ५, २०७७
वर्तमान समस्या समाधानका लागि सासद लाल बहादुर थापा सहितकाे टाेलिले मन्त्रि समक्ष

सासद लाल बहादुर थापा सहितकाे टाेलिले  वर्तमान समस्याका बारेमा सरकार मन्त्रिलाइ भेटेर डेलिकेशन दिएका छन् ।  सिमानामा रहेका नेपाली नागरिकलाई आवश्यक प्रकृया पुरा गरी आ-आफ्नो ठाउमा ल्याउनु पर्ने, लकडाउनकि कारणले समस्यामा परेका किसान, मजदुर, विध्यार्थी समेत जहाँ जुन ठाउँमा छन वहाहरुलाई उचित राहतको ब्यबस्थापन गर्नु पर्ने लिखित माग राखेका छन् ।

त्यस्तै पूर्वाधार निर्माण, कृषि ब्यबसाय र साना कुटीर उधोगमा सहजता कायम गरी संञ्चालन गर्नु पर्ने, उच्च जोखिममा रहेका सुदूरपश्चिम प्रदेश समेतमा स्वास्थ्य कर्मी, स्वास्थ्य उपकरण र औषधी ब्यबस्थापनमा बिशेष ब्यबस्था गर्नु पर्ने, कोरोना भाइरस नियन्त्रणमा संघीय संसदका सदस्यको भुमीका प्रभाबकारी बनाउनु पर्ने, र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको कानूनी हैसियत जिवन्त राख्नु पर्ने मन्त्रि समक्ष राखेका छन् । प्रतिनिधि सभा सदस्यहरुले  उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र भौतिक मन्त्री वसन्त नेवाङ संग संयुक्त भेटी लिखित रुपमा निम्न विषयमा छलफल गरी सरकारलाई ध्यानाकर्षण गराइयो ।

मन्त्रिहरु सँग भेटन् सासद लाल बहादुर थापा, देबेन्द्र पौडेल, किशन श्रेष्ठ, गणेश पहाडी, गणेश, ठगुन्ना, भैरब ब. सिंह, यज्ञ सुनुवार, महेश वस्नेत, राज ब. बुढा, नर ब. धामी, एल पी साँवा, रबिन्द्र शर्मा, धुर्ब शाही, छक्क ब.लामा, सुर्य पाठक, पदम गिरी समेत १६ जना प्रतिनिधि सभा सदस्यहरुले पुगेका थीए । सरकारले तत्काल समस्याका बारेमा बिशेष ध्यान जानु पर्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार