कोभिड १९का कारण केहि महिना देखि विश्व बन्दाबन्दीमा छ । बाँच्ने र बचाँउने बाहेकका प्राय सवै मानवीय गतिवीधि ठप्प छन । यस्तो विषम परिस्थति सामना गर्नु पर्दाको अवस्थाले विषेश गरी दुई ओटा कुराहरुमा सोच्न बाध्य बनाएको छ । प्रथम त हामी सवैलाई विधमान परिस्थकिो के कसरी सामना गर्ने समस्याको प्रकृति अनुसारको जुक्तीमा लाग्ने र सो अनुसार आफू र परिवारलाई अनुशासित कसरी बनाउँने ? दोस्रो भविष्यमा यस्ता संकट र परिस्थतिमा मूलुकलाई जोगाउँनका लागि हालका सरकारका तत सम्बन्धमा भएको श्रोत,जनशक्ति,नीति , रणनीति र पूर्व तयारीको अवस्थालाई मसिनो र गहिरी ढङ्गबाट अध्ययन गरी कार्यान्वयनको सन्र्दभमा कार्यगत, प्रकृयागत र परिस्थितीगत रुपमा कस्ता समस्या आईपरेका छन ? तिनीहरुको शिग्र, प्रभावकारी , चुस्त र छरीतो रुपमा कार्यान्वयनमा लैजान कस्ता खालका कानूनी तथा प्रकृयागत कठीनाइ झेल्नु परेको छ ? सो सम्बन्धमा आगामी दिनमा सरलीकरण र पूर्व तयारीको अवस्थालाई कसरी सुदृढ बनाएर अगाडी बढने, स्वास्थ्य क्षेत्रको अगामी नीति, रणनीति के हुने ? संकटपूण परिस्थितीले सृजित अन्य अवस्थाको सामनाका लागि हाम्रो पूर्व तयारी र आत्मनिर्भरताको धरातलीय जग कति बजवुत वा कमजोर छ ? यि विषयममा समिक्षा गरी अगाडी बढ्ने मौकाको रुपमा हामीले लिन सकेनौ र यसलाई अवशरका रुपमा लिने साहस गरिएन भने भावी पुस्ताले हामीलाई धिक्कार गर्ने छन ।
मानवीय आचारण,व्यवहार, उसका गतिविधिहरु र प्रकृति विचको बेमेल, भौतिकबाद र अध्यात्मबाद विचको असमानजस्यता,यूग समाप्तीको अस्त्र वा अरु के हो ? जे भए पनि यो महाँसंकटबाट पार पाई सके पछि विश्वका महान बैज्ञानिहरुले यस विषयमा खोज तथा अध्ययन गर्नै विषय होला । तर, भाईरसको प्रकृति, यसको सर्ने तरिका , सक्रिय रहने अवस्था प्रकोपित व्यक्तिहरुलाई लक्ष्ण देखिने कुरा व्यक्ति पिच्छे फरक फरक हुनु कोभिडका डरलाग्दा पक्ष हुन । भने, हात धुने तरिका, मास्क लगाउँने तरिका जस्ता विषयमा नागरिकमा समान र यथार्थ बुझाईको कमी रहनु मानवीय त्रुटी र कमजोरी हुन । परिक्षण तथा पून ः परिक्षण प्रतिवेदन फेरबदल हुनुले एकातिर नेपालको श्रोतसाधनमाथिको विश्वसनीयतामा प्रश्न उब्जीनुका साथै भयानक महामारी हुन सक्ने विषयमा नागरिकमा डर र त्रास पनि उत्तीकै बढेको छ । अर्को तिर आवश्यक सुविधाजनक भौतिक संरचनाको कमी, सुरक्षात्मक सामानको कमी, जनशक्तिको कमी जस्ता विषयहरुले राज्यको कमजोर व्यवस्थापन पक्ष लाई उजागर गर्दछ ।
यसको हाल सम्म उपचार विधि पत्ता नलाग्नुले आधुनीक यूगको विज्ञान लाई जिस्काई राखेको अनुभूति भएको छ । लाक्ष्णीक अवस्थाको व्यवस्थापन अर्थात विरामीको रोग प्रतिरोधि क्षमताको बढवा दिने कुरामा मात्र अस्पतालहरु केन्द्रीत देखिन्छन ।
सरकारको कार्यक्षमता र अभिभावकत्व निर्वाहको अवस्था नागरिकले संकटमा मापन गर्दछन । तिन ओटै तहका सरकारकाले आफ्नो बलबुताले भ्याए सम्म कार्य गरिराखेकै छन । तर, बिडम्बना के छ भने, नागरिकहरुले आफ्नो लागि सरकारले गरेका नियम तथा निर्देशनको पालनामा न्यून चेतना रहेको अवस्था छ । आज अलि सहजताको अवस्थामा सवै सरकार तथा व्यक्तिको कोरोना विरुद्धमा चहलपहल गरिएको देखिन्छ । जव स्थानीय तहहरुमा प्रकोपितहरु देखिन्छन । यतिबेलाको अवस्था जटील हुनेछ । त्यसका लागि पूर्व तयारी , सजकता, र आत्मबल नै मूख्य उपाय मानिन्छन । आज इटली, स्पेन र न्यूवर्कमा आफन्तका लासहरु सडकमा यत्रतत्र ढलेका छन तर, दाहासंस्कारमा आफन्तहरु सामेल हुन नसक्दाको पिडा कस्तो होला ? हामीले पनि सोका बारेमा सचेत हुँदै आवश्यक ज्ञान तथा पूर्व तयारी गर्न ढिला भईसकेको छ ।
नागरिहरुले सरकारलाई संकट बाहेकको अवस्थामा एकोहोरो दिने काम मात्र गरेका हुन्छन । विभिन्न करबाट कर्मचारीको तलभ, भोट बाट जनप्रतिनिधि अर्थात सरकारको प्रतिनिधि छनौट तर , आज उनीहरुलाई संकट पर्दा सरकारसंग २ ओटा कुरा मात्र मागेका छन । प्रथम त उनीहरुलाई रोगबाट बचाउँ सरकार , त्यसपछी लकडाउन समय सम्म खाना देउँ । आजको सहजतामा सरकारका प्रतिनीधि र समाजसेवीहरु जसरी मास्क र साबुन बाँडदा गाउँमा भिड भए जस्तै भोलीका असहजतामा पनि सरकारले नागरिकहरुको साथ छोडनु हुदैन । आज राज्य, प्रशासन, सरकार सवैका जग भनेका नागरिक नै हुन । संकटमा नागरिकहरुलाई बचाउँन सकिएन भने सवैको अस्तीत्व नाश हुन्छ । विपत कोषमा रकमको अभाव हुनु हुदैन र समयमा उक्त रकम खर्चको सरल कार्यविधि बनाई नागरिकहरुको जीउँ ज्यानको ग्यारेन्टी सरकारले लिनै पर्दछ । यस्तो महाँसंकटको बेलामा सरकारी प्रतिनिधिहरुले भष्टाचार गर्ने कुरा त के सोच सम्म राख्नु महापाप लाग्ने छ । नागरिहरुलेको चिन्ता राहतमा राजनीति नहोस र यो विपत्ति कसैका लागि कमाई खाने अवशर बन्नु हुँदैन भन्ने सरकारसंग अनुरोध र अपेक्षा हो ।
विश्वमा निश्चित रुपमा स्वास्थ्य क्षेत्रको नीति तथा रणनितिमा नयाँ आयाम यस संकटले थपिने सम्भावना छ । चैत्य,गुम्वा, मस्जीत र मन्दीर भन्दा बढी आज अस्पतालको जरुरी भएको छ । निजामति भन्दा बढी स्वास्थ्यकर्मीको जरुरी महशुस संसारलाई हुनका साथै विश्वसंग लडाई लडनका लागि बम, बारुद, गोला र क्षेप्यास्त्र अनगिन्ती मौजाद भएको अमेरिकाले चिन र भारतसंग मास्क तथा सामान्य स्वास्थ्य सामग्रीहरु आयात गरिराखेको घटनाले शक्तिशाली भन्ने शब्दमा पनि नयाँ बहसको परिस्थीति सृजना गरिदिएको छ ।
विगतका महामारीको ईतिहाँसलाई हेर्दा पनि कयौं मानिसले ज्यान गुमाएको र विश्वमा आर्थिक मन्दी,औधोगिक क्षेत्र तहस नहस,वित्तिय संकट, व्यवसाय पलायनको परिस्थित स्वभावीक रुपमा आएको देखिन्छ । तसर्थ, यस अवस्थामा पनि समाधानका लागि उपचार पद्धतिको खोजि कार्यमा लाग्ने समयले मानवीय क्षति कति हुने, कति सम्मको विश्वले वित्तीय संकट बेहोर्ने र विकासको गतिलाई कती कदम पछाडी धकेल्ने भन्ने विषयमा अहिले अनुमान गर्न कठीन छ । गएको ३ महिनालाई आधार मान्ने हो भने पनि अपुरणीय क्षतिको भागिदार नेपाल पनि हुन सक्ने चिन्ता हामीमा छ । तथापी, सजकता अपनाउँनुको विकल्प छैन ।
अर्को कुरा संकटका बेला नेपालीहरुका लागि घर नै सुरक्षित ठानेर विदेश तथा भारतबाट मात्रै नभएर शहरका हजारौ यूवाहरु गाउँतिर फर्कीनुले गाउँप्रतिको औधि माया देखिन्छ । गाउँ बाहिर त केवल परिस्थति र वाध्यताले मात्र जानु परेको अवस्था हो भन्ने देखाउँदछ । त्यसका लागि यूवाहरुलाई विदेश जानका लागि प्रोत्साहित नगरी फ्रि भिसा फ्रि टिकट होईन । अव सरकारले यूवाका लागि गाउँमा नै अवसरहरु सृजना गरी आक्रषक कृषि तथा उत्पादनका कार्यक्रमको तर्जुमा गरी यूवाहरुलाई उद्यमशिलता तर्फ जोडन जरुरी देखिन्छ । सहज परिस्थितीमा मात्र बैदेशिक व्यापार,औधोगिक बस्तुको आयात र निर्यात सहजता तथा सजिलोमा मात्र विदेशि श्रमीकहरुलाई प्राथमिकता हुने रहेछ । संकटका बेलामा आफू बच्ने र आफ्नो नागरिकहरु लाई मात्र कसरी बचाउँने भन्ने नै हुने कुरा नेपालीप्रति गरेको विदेशि मूलुको व्यवहारबाट घाम भैm प्रष्ट भएको छ । यसबाट हामीले ठूलो पाठ सिक्न जरुरी छ ।
नेपालको लकडाउनको अवधि नेपालको प्रकोपितको अवस्था तथा भारतको महामारीको अवस्थाले निक्यौल गर्ने छ । खुला सिमाना तथा चुस्त सिमा सुरक्षा हाम्रा चुनौति हुन । नेपालमा लकडाउँनको प्रकृति फेरीए पनि अझै ३ महिना सम्म यसलाई निरन्तरता दिनु पर्ने देखिन्छ, र दिनु पनि पर्दछ । किनकी कुनै प्रकोपितमा पूर्ण रुपमा भाइरस निष्कृय हुन विज्ञहरुले ९० दिन लाग्ने भनेका छन । गाउँहरुमा कतिपय ठाउँहरुमा विरामी भएर पनि लुकाएर बसेको आशंका गरिएको छ । सवै भन्दा खतरा भनेको आफूलाई भएको समस्याका विषयमा जानकारी नै नगर्नु हो । यसका लागि सरकारले वितग ३ महिनामा भारत तथा विदेशमा आएका सवैको खोजि गरी क्वारेनटाइनमा जति सक्यो छिटो राख्न सक्यो जोखिम त्यती नै न्यून हुने देखिन्छ । तर, गाउँघरमा होम क्वारेनटाइन बसेको सरकारकारले जनाएको भए पनि नियमको पालना गरी बसेको अवस्था छैन ।
जम्मा गरेको खाध्यबस्तु अवको एक महिनामा सवैको प्राय सकिन्छ र किन्ने बातावरणका लागि प्रकोप बढ्दै गएमा डर र त्रासका कारण मानिस बाहिर पनि आउने बातावरण नहुन सक्दछ । त्यस्तो अवस्थामा कयौं मानिसहरु भोकले पनि मर्न सक्ने अवस्था नआउँला भन्न सकिदैन । जसका लागि हालकै अवस्थामा सरकारले प्रयाप्त बस्तुको आपूर्तिको व्यवस्था गरिदिन सक्नु पर्ने हुन्छ । ढुवानी गर्ने साधन नचल्ने अवस्था हुन सक्दछ । हवाईजहाज,हेली तथा ट्याक्टरको पाईलट र डाइभर नै प्रकोपित भएमा कसले सामान बोक्ने ? यि र यस्ता मसिना विषयमा समयमा नै ध्यान दिन जरुरी छ । भारतबाटको बस्तु पूर्ण रुपमा रोक लगाउँनु भनेको परनिर्भरतामा बाँचिराखेका नेपालका ठूला शहरहरुलाई भविष्यमा ठूलो समस्या पर्न सक्ने विषयमा सचेत हुन बजेको घण्ठीको आवाजले दिएको सन्देशबाट हाम्रो तयारी त्यो स्तरबाट गरिनु पर्दछ ।
समय तालिका र योजनाबद्ध रुपमा जिवन जिउँने कला प्राय नेपालीमा कमी छ । लगातार रुपमा लामो समयमा घरमै बस्नाले कतिपय मनो रोगिहरुको हेरचाह नपुग्नाले समस्या आउने कुराप्रति सचेत भएर पूजापाठ,योगाभ्यास,मनोरन्जन र खेल जस्ता विषयले समय बिताउँने तरिका अपनाउँनु पर्ने देखिन्छ । स्थानीय सरकारले परामर्श कक्षाहरु तथा सकारात्मक सन्देशहरु संचार माध्यामबाट प्रसारण र प्रर्वाका लागि कार्य तत्काल गरिनु पर्दछ ।
पर्यटन क्षेत्र तथा पूजीँबजारलाई पूरानो अवस्थामा आउँनका लागि कम्तीमा ५ वर्ष लाग्ने देखिन्छ । अन्तराष्ट्रिय मुद्राकोषको प्रतिवेदनका अनुसार सन २००८ को विश्वव्यापी आर्थिक संकट भन्दा पनि गहिरो हुने पूर्वानुमान गरेको छ । नेपाको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्र, विप्रेषण आप्रवाहमा दूरगामी प्रभाव हुने र भन्सार कर हाल धरासायी अवस्थामा हुनु भनेको नेपालको आर्थिक विकास र प्रतिव्यक्ती आयको अवस्था आवधिक योजनाले राखेको लक्ष्य ओरालो लाग्ने निश्चित छ । कोरोना भाईरस विरुद्धको खोपको आविष्कारमा लाग्ने समयले हालको अवस्था पूणरुपमा नियन्त्रण गर्ने विषयले विश्वको अर्थतन्त्रको भविष्य निर्धारणा गर्ने देखिन्छ । नेपालका पर्यटन व्यवसायीहरुलाई कम प्रतिशतमा व्याजमा श्रणको व्यवस्था सरकारले गर्न जरुरी छ । जसले व्यवसायीहरुलाई पलाएन हुनबाट राक्ने छ ।
अन्तराष्ट्रिय कुटनैतिक सम्बन्ध अरुवेलाको भन्दा संकटमा सहयोगि र सौहार्द हुनु पर्नेमा सवै मूलुकहरु सहमत भए पनि समय र परिस्थितिले एक अर्काका विचमा केहि कटुता सृजना हुने देखिन्छ । उदाहरणका लागि आज अष्ट्रृेलीयका प्रधान मन्त्रीले नेपाली विद्यार्थी सम्बन्धमा दिएको अभिव्यक्ति,अमेरीकामा नेपाली विरामीले अस्पताल भर्ना नपाएर कोठामा मृत्यूवरण गरेको अवस्था,भारतका कयौ मालबाहक सवारी साधन नेपाल प्रवेश नगर्न बाध्य नेपाल सरकार,अमेरीका र विश्व स्वास्थ्य संगन विचको समस्या, सुरुमा डोनाल्डट्रमले चाईनाका विषयमा दिएको अभिव्यक्ति लाई लिन सकिन्छ । हाल भारतमा रहेका नेपालीहरुको क्वारेनटाइनको कमजोर बसाई व्यवस्थापनले पनि नेपाल र भारत विचमा केहि समस्या ल्याउँने सक्ने देखिन्छ ।
शक्ति भनेको आर्थिक तथा प्रविधि मात्र होइन रहेछ । व्यक्ति लाई शक्तिशाली बनाउनका लागि पद र सम्पति होईन , निजको व्यवहार, आचारण र कार्यशैली लाई मूख्य आधार मानिय जस्तै कुनै पनि मूलुकको नेतृत्व र व्यवस्थालाई शक्तिशाली मान्नका लागि मूलुकका नागरिकहरुको गुणस्तरीय जीवनशैली का साथै समग्र व्यवस्थापकिय पक्षले बलीयो बनाउने रहेछ । सभ्यता विनाको विकासले नागरिलाई पिडा दिने रहेछ । मानवीय विकाससंग नजिकको सम्बन्ध राख्ने सभ्यता र आाध्यात्मीक विकासको नजिक रहने संस्कृतिले मानिकासको आधुनिक जिवनका लागि ठूलो अर्थ राख्ने विषयमा हामीलाई गम्वीर तुल्याएको छ । आज चिनमा भाईरस केहि महिना मै नियन्त्रणमा आउँनुको पछाडी सभ्यता सहितको भौतिक विकास नै हो । अमेरिका र कतिपय यूरोपका शक्तिशाली मूलुकहरुमा कोभिडको यो स्तरको हमला भनेको सभ्यता रहितको भौतिक विकासको परिणाम हो भन्ने मलाई लाग्दछ ।
विधमान स्वास्थ्य क्षेत्रका समस्याहरु र समाधानका लागि सुझावहरु ः
१. समायानुकुल बजेट बजेट तथा उन्नत जीवनशैलि बनाउँने कार्यक्रम तजूर्तमा गरिनु पर्ने देखिन्छ । पुरानै कार्यशैलीका कार्यक्रम तथा तालिमहरु संचालनमा रोकौं ।
२. सेवालाई सरकारी नीति साझेदारीमा स्वाथ्य क्षेत्रमा संलग्नता बढाउने नीति लिन पर्दछ । निजी क्षेत्रका अस्पतालहरुले वर्तमान संकटमा देखाएको व्यवहार तथा कार्यशैलिले उनीहरुलाई समाप्त गर्दछ । सेवामूखी नभएर फाईदामूखी हुनबाट रोकौं ।
३. क्ष्त् को कम उपयोग भएका कारण पनि स्वास्थ क्षेत्र कमजोर भएको छ । विश्वमा भएको नयाँ प्रविधिलाई अवलम्वन गर्नका लागि नीति तथा कार्यक्रम तर्जुमा गरौं ।
४. समायोजन गरीयो यसलाई नियम संगत समाधान गरिनु पर्दछ ।
५. सरकारले स्वास्थकर्मीलाई संकटका बेला मात्र बिमा, आर्थिक प्याकेज र सुरक्षाका सामान दिने होईन योगदानमा र कार्यसम्पादनका आधारमा सुविधको निति बनाउँ ।
६. विद्यमान संरचनामा स्थानीय तह देखि केन्द्र सम्म संगठनात्मक संरचनामा प्राविधिक नेतृत्व राख्ने व्यवस्था गरौं र कर्मचारीको उच्च मनोवल बनाउँने गरौ , सामाजिक प्रतिष्ठामा बढोत्तरी गराउँ ।
७. नागरिकहरुको लागि एकै सेवा क्षेत्रबाट होमीयोप्याथी,यलोप्याथी र आयूवेदिक एकीकृत सेवा दिने निति अख्तिियार गरिनु पर्दछ ।
८. यूगानुकुल एडभान्स प्रविधि तथा दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन गर्ने निति सरकारले लिएमा भावी दिनका यस्ता महामारी लाई सहजै परास्त र पराजय गराउँन सकिन्छ ।
लेखक
जनेश भण्डारी
नागरिक समाज
अध्यक्ष
बाजुरा ।
‘