१.विषय प्रवेश :
पूर्वीय र पाश्चात्य दुबै जगतमा साहित्यले महत्वपूर्ण स्थान ओगटेको छ ।साहित्यको एउटा प्रमुख विधा कविता हो । यो विचार र भाव दुबैलाई समन्वय गरी लयात्मक रुपमा अगाडि बढ्न सफल विधा हो । यसलाई गद्य र पद्य दुबै शैलीका रुपमा स्वीकार गरी रचना गरिदै आएको छ । आयामका दृष्टिले कवितालाई महान् कवितादेखि लघुत्तम स्वरुपसम्मका कविताका रुपमा हेर्दै आएको देखिन्छ ।यस आधारमा भन्नुपर्दा साइनो कविताको लघुत्तम विधा हो । छोटो संरचना नै यसको विशेषता बनेको छ । मानव मनका खिरिलो भावलाई तुरुन्त उठाउन सक्ने भावको एक झिल्कोमै उज्यालो छर्ने सशक्त हतियार हो साइनो । यसले नेपाली सर्जकहरुलाई मन जितेर छोटो समयमा विभिन्न मोडहरु र प्रवृतिहरुलाई आत्मसात् गर्दै गुज्रिन सफल भएको छ । यो कविताको मुक्तलयमा आधारित विधा हो । लयात्मकता कविताको मूल तत्व भए पनि यसले गद्यात्मक शैलीलाई स्वीकार गरेको छ । यो नै यसको उपलब्धि हो । नेपाली माटोमा नेपाली सर्जकहरुबाट अनुप्राणित हुँदे विकसित बन्दै गएको साइनो सैद्घान्तिक स्वरुप प्राप्त गर्ने क्रममा अगाडि बढिरहेको छ । तरलताको छलाङ्मा यसले आरोह र अवरोह पार गर्नुपर्ने चुनौती यसका सामू प्रशस्त छन् । तथापि धेरै चुनौतीसँग मुकाबिला गरिसकेको हुँदा सम्भावनाको ढोका यसले खोलिसेको छ । यस आलेखको मुख्य उद्देश्य भनेकै यसको सैद्घान्तिक परिचय गराउने ,विशेषताहरु निर्धारणगर्ने, संरचनात्मक घटक र तत्वहरु पहिचान गर्ने , विकासक्रमको समीक्षा गर्नेर यसलाई अन्य विधासँग छोटकरीमा तुलना गर्दै सबै क्षेत्रमा आलोचनात्मक समीक्षा गर्ने मूख्य उद्देश्य रहेको छ । यी यस्तै विषयमा यो लेखमा चर्चा गरिएको छ ।
२.साइनोको परिचय :
साइनो नाताबोधक शब्द हो । सामाजिक व्यवहार सम्पादनका क्रममा सम्बन्धवाचक नाम शब्दका रुपमा यसको प्रयोग हुँदै आएको छ । साइनोभित्रका मानिस आफन्त हुन् । यसले नजिकका सम्बन्ध भएका मानिस र आफन्तलाई सङ्केत गर्दछ । नेपाली शब्दसागर अनुसार साइनो (साहिन+ओ, ना.) भन्नाले नाता, सम्बन्धलाई बुझाउँछ । नेपालीबृहत शब्दकोषमा साइनु भन्नाले सम्बन्ध, साहिनु, नातागोता बताएको छ । मानव, राष्ट्र र वस्तु बिचको एक अर्काको सम्बन्धलाई पनि साइनो भनिन्छ । व्यापक अर्थमा हेर्दा यो सम्बन्ध व्यक्तिको रगत, वैवाहिक र आत्मीय सम्बन्धमा मात्र सिमित नरही वस्तु, राष्ट्र र मानवबिचको सम्बन्धलाई पनि साइनो शब्दले बाधेर राखेको छ (काफ्ले ः २०७६) ।वास्तवमै साइनो विधाको मर्मलाई बुभm्ने हो भने साहित्यमा लघुत्तम कविताका अन्य रुपसँग सजिलै नाता लाउन सक्छ । भाव,लय,रचनाविधान र अन्य पक्षमा यसको सम्बन्ध नजिक छ । हाइकू , तान्का जस्ता छोटा रचनाको केही अंश समेटेर निर्माण गरेको भने होइन । सबैसँग सम्बन्ध गाँस्न सक्ने स्वायत् स्वस्र्फूत रचना हो साइनो । साइनोको शाब्दिक अर्थ र विधागत अर्थसँगको सम्बन्धगत न्वरान औचित्यपूर्ण छ ।
साइनोका रचनाहरु बढी माक्र्सवादी चिन्तनवाट प्रभावित भएका पाइन्छन् । त्यसैले यसमा प्रगतिशिल विचारको हावी बढी पाईन्छ । “साइनो सकारात्मताको प्रतीक हो । यसका प्रत्येक गुच्छा स्वतन्त्र हुन्छन् । सोझो अर्थमा होस् वा व्यङ्ग्यात्मक किसिमले किन नहोस् सचेतता वा सकारात्मकताको सन्देश प्रवाह गर्नु साइनोको मूल भाव हो भने स्वतन्त्रता, व्यङ्ग्यात्मकता र सकारात्मकता यसका मूख्य विशेषता हुन् ।” महानन्द ढकाल । यसैले यसका छोटो तथा सुत्रात्मक शैली तथा स्वतन्त्रता, व्यङ्ग्यात्मकता र सकारात्मकताले औद्यागिक र व्यस्त समाजमा जुनसुकै समयमा रचना गर्न सक्ने हुँदा बढी उपयुक्त पनि देखिएको छ । यसलाई रचना गर्न, पढ्न कुनै विशेष ठाउँ र समय चाहिदैन । यसलाई हिड्दा –हिड्दै, थकाइ मार्दा–मार्दै कुनै पनि समयमा रचना गर्न सकिन्छ । सपनामा पनि आउन सक्ने , निद्रा पछि र अघिको तन्द्रामा सिर्जना गर्न सक्ने अत्यन्त सजिलो र भावको निमेषमै रचना गर्न र टुसाउन सक्ने क्षमता राख्छ साइनोले ।
३.साइनोको परिभाषा :
साइनो कविताकै लघुत्तम स्वरुप हो । यो सानो चिटिक्क परेको, चोटिलो , छरितो,र ओजस्वीपूर्ण विधा हो । यसलाई चट्नीका रुपमा लिनुभन्दा पनि अचारको पित्कोका रुपमा लिदा अझ स्वभाविक होला भन्ने लागेको छ । अत्यन्तै सूक्ष्म भावलाई समुच्यार्थ रुपमा प्रस्तुत गर्न सकिने साहित्यको स्वादिलो विधाका रुपमा साइनो परिचित भएको छ । चट्नी थोरै भएपनि स्वाद लिँदा मीठो हुन्छ तर यसले स्वादको महशुस नै गर्न नपाई भावमा विलीन गराउँछ । साइनो कहीँ न कहीँ ह्र्रदयमा स्पर्श गर्दै केही न केही मस्तिष्कमा झन्कार दिने रचना हो । साइनो नेपाली मनमा जन्मिएको रचना हो । साइनो आफ्नै संरचनागत मानक, भाव संयोजन र समुच्चमा एउटै सिङ्गो भाव भएको नवीनतम् मौलिक शैलीको कविता हो (ज्ञावाली ः २०७६) ।साइनोका सम्बन्धमा साइनोका अभियन्ताहरुले अगाडि सारेको अवधारणाका साथै र विभिन्न साहित्यिक अंकमा प्राप्त परिभाषाका आधारमा यसलाई निम्नानुसार चिनाउने प्रयत्न गरिएको छ ः
क) “मानवहृदय छुँदै मन–मस्तिष्क हुँडलेर गहन सूचनासँग सात, आठ र नौ अक्षरे तीन पङ्क्तिमा संरचित स्वतन्त्र अनि समुच्च अर्थदिने कविताको उपविधालाई साइनो भनिन्छ ।” ः छायादत्त न्यौपाने ‘बगर’
ख) “पहिलो सात, दोस्रो आठ र तेस्रो नौ अक्षर समूहका स्वतन्त्र तीनपङ्क्तिका अर्थवान् शब्दगुच्छाहरु सहित समुच्चमा मन–मस्तिष्कलाई झङ्कृत पार्ने भाव गहन कविता नै साइनो हो ।” ः केशव ज्ञवाली
क) नेपाली वाङ्मयभित्रको कविता ÷ काव्य विधाअन्तर्गत उपविधाको रुपमा नेपाली माटोमै उम्रेको ७, ८ र ९ गरी २४ शब्दगुच्छाहरुको माध्यम्बाट काव्यिक भाव सम्प्रेषित गर्ने कवितालाई साइनो भनिन्छ (शब्द संयोजन, बर्ष १६, अङ्क ९) । –खेमलाल पोखरेल
ख) थोरै शब्द लगानीबाट साहित्यिक सुवास छर्दै चोटिलो भावले मानव हृदयलाई झङ्कार दिने तीन शब्दगुच्छाहरुको समूह साइनो हो (शब्द संयोजन , बर्ष १६ , अङ्क ९) । बालकुमार क्षेत्रीग) साइनो भनेको कविताको उपविधा हो जून सात, आठ, र नौ अक्ष्र संरचनामा रचित स्वतन्त्र अर्थका तीन लाइन हुन्, जसले समग्रमा पूर्ण र विशिष्ट अर्थ दिन्छ (शब्द संयोजन, बर्ष १६, अङ्क ९) । धतानन्द शर्मा
घ) “लधुत्तम सुत्रात्मक शैलीमा लेखिने एउटा सशक्त र धारिलो हतियार हो जसले भावनात्मक तथा व्यङ्यात्मकताको माध्यमवाट भाव सम्प्रेषण गर्दछ ।” सुरेश काफ्ले विदारक
ङ) “साइनो नविनतम् गद्य कवितात्मक विधा हो जसका तीन पङ्क्तिको समग्र अन्तर सम्बन्धवाट पूर्ण साहित्यिक विधाको संरचना तयार हुन्छ ।” हरि आत्रेय
च) “सुख दुख तथा बेथितिमाथि प्रकाश पार्नु, सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य चेतनाले खबरदारी गर्दै सार्वभौमसत्ता सम्पन्न अखण्ड नेपालको समृद्धि हेतु देशभक्त नेपालीलाई एकताको सूत्रमा बाटी चौतर्फी उन्नतिका लागि बलियो भ¥याङ बनेर घचघच्याइरहने पवित्र नातेदारको नाम नै साइनो हो ।” कृष्ण पौडेल
छ) “कविताका विविध रुपमध्ये सङ्क्षिप्तमा गहन भाव सम्प्रेषणगर्ने ७, ८ र ९ अक्षरका तीन शब्दगुच्छामा संरचित नेपाली मौलिक सिर्जना नै साइनो हो । सीता सुवेदी पन्थी
झ) “नेपाली संस्कार, संस्कृति र परम्परा आुसार नेपाली माटोमा जन्मिएको सकारात्मक भाव सम्प्रेषण गर्ने कविताको उपविधा नै साइनो हो ।” महानन्द ढकाल
ञ) “शब्द सुन्दैमा आत्मीय र कर्णप्रिय लाग्ने साइनोले सात,आठ र नौ अक्षरमा रचिएर व्यापक अर्थबोध हुने गरी साहित्यिक रसास्वादन गराउँछ ।” बाबुराम न्यौपाने ‘उत्स’
झ) साइनो जुनसुकै कोणबाट लेखे पनि यसका तीनवटै हरफको अर्थ फरक र समग्रमा एक तर बृहत्त अर्थ लाग्ने हुनुपर्छ । सात , आठ र नौ अक्षरको तीन हरफ गरी जम्मा चौबीस अक्षरको भावयुक्त मूर्त रुप नै साइनो हो ।
शाही सुरेन्द्र गुलाब
यी परिभाषाका आधारमा साइनो सम्बन्धमा एउटा धारणा निर्माण गर्न सकिन्छ । भन्ने हो भनेझट्ट हेर्दा कविताको एउटा टुक्रो लाग्ने तर कविताको उपविधा, लघुविधाका रुपमा रहने सूत्रात्मक बाटो हिडेर मनका भाव हुडल्न सक्ने स्वतन्त्र तीन पङ्क्तिका चौवीस अक्षरको आयाम ओगट्दै चोखो भावको एउटा पित्कोले मनवहृदय छोइदिने त कहिले उन्नतिको बाटो त कहिले व्यङ्ग्यको लाठीले प्रहार गर्ने नेपाली मौलिक सिर्जना हो साइनो ।
४.विशेषताहरु :
साहित्यको कविताभित्रको लघुत्तम विधाको रुपमा लिइने साइनोले यसका चरित्रका आधारमा विभिन्न बिशेषता ओगटेको छ । साइनो संरचनातीन शब्दगुच्छामा हुन्छ । यी प्रत्येक शब्दगुच्छाले स्वतन्त्र अर्थ दिन्छन् र तीनवटैको समुच्चय अर्थ अझ् बढी महत्वपूर्ण हुन्छ । यो व्यङ्ग्य चेतना प्रबल भई व्यञ्जनार्थी संरचना बनेर अगाडि आएको हुन्छ । यसको संरचना सात , आठ र नौ अक्षरी तीन स्वतन्त्र गुच्छामा केन्द्रित छ । यसले पाठक मनमस्तिकलाई एक किसिमको झङ्कार दिने हुँदा व्यङ्ग्योक्तिको मट्याङग्रो पनि मानिन्छ । यसले थोरै शब्दमा बेग्लै प्रकारको रसास्वाद गराउँछ । यो आफैमा पूर्ण संरचना पनि हो । यो कसिलो प्रस्तुति भएकाले बौद्घिक र अनेकार्थी पनि हुनसक्छ । यसले जति अर्थिन खोज्यो त्यति साहित्यिक रस प्रदान गरिरहने देखिएको छ (न्यौपाने , २०७६ ः १९) । सााइनो एक व्याङ्ग्यात्मक कविता पनि हो । यसले समाज, देश र अन्तराष्ट्रिय रुपमा घटेका घटनाहरुलाई चोटिलो व्याङग्यात्मक शैलीमा पस्कन सकिन्छ । यो लघुत्तम र सुत्रात्मक शैलीमा लेख्न सकिने सशक्त र धारिलो हतियार हो जसले भावनात्मक ,लयात्मकताका साथ व्याङग्यात्मक माध्यमवाट भाव सम्प्रेषण गर्दछ । राजनितिक तथा सामाजिक विसंगति विकृतिका विषयवस्तुलाई लिएर व्यङग्यात्मक शैलीमा लेखिएका साइनो सिर्जनालाई बढी मन पराएको पनि पाइन्छ । साइनो सिर्जनाको मूख्य लक्ष्यको विषयका छायादत्त न्यौपाने ’बगर’ ( नवप्रज्ञापन, पूर्णाङ्क ८७ ) को घोत्ल्याइँ, प्रस्तुतीमा छरित्याइँ, बेथितिलाई प्रहार, कर्मयोगलाई सम्मान, राष्ट्रिय चेतनाको आह्वान हो भन्नुहुन्छ । यो नै साइनोको मूलमन्त्र हो । यी विभिन्न सन्दर्भलाई हेर्दा साइनोका विशेषतालाई निम्नानुसार चर्चा गर्न सकिन्छ ।
कं) नेपाली मौलिक सिर्जना हो ।
यो अन्य देशमा सिर्जना भएको रचना होइन् । यसले नेपाली माटो हावापानीमा फुल्दै अन्य देशमा सुवास छर्न पुगेको मौलिक सिर्जनाको अस्तित्व बोकेको रचना हो । नेपाली समाज र सँस्कृतिकै पृष्ठभूमिमा यसले जन्म लिन पुगेको छ । यो नेपालबाटै सिर्जना भएको विधा हो ।
ख) यो स्वतन्त्र तथा समुच्चय अर्थयुक्त पङ्क्तिमा अर्थन्छ ।
यसमा भावको रचनात्मक संरचना बहन गर्ने क्रममा यसका प्रत्येक पङ्क्तिले स्वतन्त्र अर्थ प्रदान गर्छन् । त्यो अर्थ अचारको पित्कोझैँ अत्यन्त सूक्ष्म हुन्छ । यसमा महानता र अर्थगत गम्भीर्यतामा विचलन आएको हँुदैन । प्रत्येक पङ्क्तिहरुबाट सूक्ष्मरुपमा एउटै महान् भाव सम्प्रेषण गरिरहेको हुन्छ । त्यो भावका आधारमा महान् काव्यदेखि महान आख्यानको सिर्जना गर्न सक्ने सामथ्र्य राख्छ ।केही साइनोलाई उदाहरणका रुपमा हेरौँ ः
झुण्डका हिमायति पूर्खाको विरासत
रंग फेर्छ छेपारोले अंश होइन विलो बाड्न
मौसम बदलेपछि । मेरो देशको स्वाभिमान्
मीना डाँगी
मेरो देशको स्वाभिमान अंश लाग्दैन भन्ने समुच्चय अर्थ सम्पे्रषण गर्दछ । यसले जुन रुपमा हेरेर पनि महान् अर्थ देखाउँछ । यसमा पूर्खाको विरासतले वीरता भन्ने अर्थ देखाउँछ , त्यसैगरी अंश बचेजति बाँडिन्छ भन्ने भाव दास्रोमा छ , देशको स्भाभिमानले गौरवलाई संकेत गर्दछ । यसरी प्रत्येक पङ्क्तिमा छुट्टा छुट्टै स्वतन्त्र अर्थ पाउन सकिन्छ । यो नै साइनोको विशेषता हो ।
ग) यो लघुुत्तम सुत्रात्मक हुन्छ ।
साइनो लेखनमा संक्षिप्तता, सूत्रात्मकता,प्रभावकारी गहनता यसको मुख्य विशेषता हो । यो काव्य जस्तो लामो हुदैन । सानो सुक्ष्म भएर पनि प्रत्येक साहित्यिक पाठकको दिमागमा साहित्यिक रसको झड्का दिन सक्नु पर्दछ ।यो सात, आठ र नौ को क्रमश ः तीन भिन्न भिन्न पक्ति संरचनामा रचना गरिएको हुन्छ । मात्रागत सीमितता पनि यसको लघू आयाम हो । यति नै हुनुपर्छ भन्ने नभए पनि थोरै भने उपयुक्त हुन्छ । यसमा हरेक पङ्क्तिलाई सूत्रात्मक रुपमा प्रस्तुत गरिएको हुन्छ ।
घ) यसमा व्यङ्यात्मक भाव वढी प्रबल रहन्छ ।
यसले अर्थमा व्यापकता, साङ्केतिक भाव, स्वतन्त्रता तथा सकारात्मकताका साथमा पूर्ण तथा विशिष्ट अर्थ दिन्छ । यो छोटोमा कसिलो व्यङ्ग्य हुनु नै यसको मीठासता हो । साइनोको प्रभाव शक्तिको तौल गहुँगो हुन आवश्यक छ । विषय र शव्द चयनमा ध्यान दिई यसमा गहनता हुनुपर्छ । पढ्दैमा गम्भिर भाव वोकेको चिन्तन मनन योग्य र दर्शनपूर्ण हुनु आवश्यक छ । यसवाट सशक्त प्रवाह हुनुपर्दछ । नौ अक्षरको संरचनामा रचना गरी साइनोले पाठकको काव्यस्वादलाई पूरा गर्दै सन्देश सम्प्रेषणमा प्रभावकारी आवश्यक छ । यसका साथै यसले व्याङ्गेको तीखो बाड हान्न सक्नुपर्छ (काफले ः २०७६ ) ।
घामले जुन चोर्छ
जन्तु अघाउन चोर्छ
मानिस जमाउन चोर्छ ।
–सुरेश काफ्ले ‘विदारक’
ग) यसमा चित्रात्मकताका साथै विम्ब र प्रतीकको संयोजन भएको हुनुपर्छ ।
शब्द छनौट र शब्द शक्तिमा विम्ब र प्रतीकसुत्रका माध्यमबाट वास्तविक जीवनलाईमार्गदर्शन दिन सक्नुपर्दछ । भावना र वर्णनमात्र पोखिएमा समाज र जीवनशैली प्रभावमा पार्न सक्दैन । बुद्धि र हृदयको संयोजन गरी विम्ब र प्रतीकको सुत्रवद्ध तरिकावाट यसको रचना गर्नु पर्दछ ।साइनो रचनाको अध्ययन पश्चात पाठकको दिमागमा सौन्र्दय सोचको एउटा चित्र ÷ प्रतिबिम्ब बनाउन सक्नु पनि यसको मुख्य विशेषता हो । जुन बस्तु वा विषयको बारेमा साहित्य लेखिन्छ त्यसले भन्न खोजेको चित्र हाम्रो सोचमा चित्र बनाउन वा प्रभाव पार्न सक्नुपर्छ ।
आजादी भयो सुगा समुन्द्र हो साहित्य
खोरमा पस्यो मानिस छाला रहेछ साइनो
समयचक्रको नियत तरङ्ग गन्छन् सर्जक ।
–सुरेश काफ्ले ‘विदारक’ – हरिभक्त पौडेल
घ) यसमा लयात्मक माधूर्य हुनुपर्छ ।
साइनो गद्यात्मक रचना हो । यो मुक्तछन्दमा संरचित भएको हुन्छ । यसो भन्दै यसमा लय हुँदैन भन्ने होइन । कविता भन्ने वित्तिकै लय र भावप्रधान रहने विधा हो ।कतिपयले गद्य कवितामा छन्द हुँदैन छन्द त शास्त्रीयमा मात्र हुन्छन् भनेको पाइन्छ । वास्तवमा गद्य कवितामा छन्द नहुने होइन यसमा मुक्त छन्द हुन्छ । तर यो गण मात्र अक्षरमा बाँधिएको भने हुदैन (गौतम ः २०७४,बैजयन्ती, पृ १०७) । यसर्थ चौबीस अक्षर पुग्दैमा त्यसमा लय र भावमा विचलन छ भने त्यो साइनो बन्न सक्दैन । यसप्रति लेखक र सर्जकहरु सचेत हुन जरुरी छ । साइनोलाई लयात्मक बनाउन पहिलो , दोस्रो र तेस्रो तीनै पङ्त्ति कि त गुरु वा लघु हुँदा लयात्मक हुन्छ , कि त पहिलो गुरु दास्रोमा लघु र तेस्रोमा गुरु नै हुनु राम्रो मानिन्छ कितीनै पङ्क्तिमा सुरु र अन्त्यका दुबै पङ्क्तिका बीचमा संयोजन भएको गुरु वा लघु हुनु राम्रो मानिन्छ ।तर यसमा यहीँ हुनु पर्छ भन्ने छैन अन्त्यमा गुरु र लघुका बीचमा तालमेल मिलाउन सक्दा लयात्मक र सौन्दर्यबद्घक हुन्छ । केही उदाहरण हेरौँ ः
अहा ! सुन्दर रुप (।) धर्तीसँग कामना (ऽ)सून्दर छ जीवन (।) विचारको रोपाईँ (ऽ
भमराको बेचैनता (ऽ)एक गाँसको अपेक्षा (ऽ)सिर्जना सूत्र हो फूल(।)सिर्जनाको मनसुन (।)
फूलको अस्तित्व दहन (।) भूमि पुत्रको खुसियाली (ऽ) ।अनन्त यो सृष्टि सौन्दर्य (।)निस्वार्थ अक्षरको खेती (ऽ)
भोजराज काफले विवशछायादत्त न्यौपाने बगर आर्त अकुलीन
यस किसिमले केही आधारमा रहेर साइनो लेख्ता लयात्मक र सौन्दर्यात्मक हुने कुरा निर्बिकल्प छ । यसका सर्जक यसप्रति सचेत रहन जरुरी छ । यसलाई वाचन गर्ने क्रममा सुल्टो ( माथिबाट तल ) र उल्टो (तलबाट माथि ) गरी वाचन गर्नुपर्छ । एउटा साइनोलाई रुपमा वाचन गरी लय सिर्जना गर्नुपर्छ ।
५.विकासक्रम :
साहित्यिक रसपानका निम्ति सटिक अनि छरितो माध्यम् खोजी भइरहेको बेला पाठकको रुचि र समाजिक आवश्यकताले निम्त्याएको सशक्त विधा हो साइनो । साइनो सिर्जना आरम्भ कुनै पूर्व योजना अनुरुप नभई आकास्मिक प्रष्फुटनबाट भएको हो । यसको थालनी नेपाली मनमाटोमा वि.संंंंंंंंंं २०७६।४।१६ मा छायादत्त न्यौपाने ‘बगर’ ले फेसबुक मार्फत सार्वजनिक गरेपछि भएको हो (न्यौपाने , २०७६ ः ३९) । यसै क्रममा न्यौपानेका छ , सात साइनो केशव ज्ञवालीले पढिसकेपछि उनले २०७६।५।१५ मा साइने लेखेर प्रसारण गर्नुभयो । यो नै साइनो प्रारम्भि यात्राको समय हो । यति छोटो समयमा यसमा देश विदेशमा रहनु हुने धेरै नेपाली भाषि सर्जकहरु साधनारत्त रहनु् भएको हुँदा यसले तीब्र गति लिएको छ । यस अभियानमा नेपालका विभिन्न स्थान र भारत तथा अफगानिस्थानमा रहेका नेपालीहरुबाट समेत सिर्जनासहितको सहभागिता भइसकेको छ र हुने क्रम जारी छ (न्यौपाने , २०७६ ः २१) ।
क : साइनोगत चेतनाको समय :
सामाजिक चेतना विकासका लागि भावलाई छिटो र सबल रुपमा सम्प्रेषण गर्न नयाँ विधा सिर्जनाको खाँचो भईरहेको अवस्थामा वि.संंंंंंंंंं २०७६।५।१ मा छायादत्त न्यौपाने बगर ले साइनो रचना सार्वजनिक गरेको हँुदा प्रत्येक नेपाली मनले भाव पोख्ने उपयुक्त स्थान पाएको हो । हरेक नेपाली सर्जक मनमा गुम्सेर उकुसमुकुस रहेका भावना पोख्ने उपयुक्त बाटो प्राप्त भइसकेपछि यसले तीब्र गति लिएको हो । यसका आधारमा के भन्न सकिन्छ भने हरेक नेपाली सर्जक मनमस्तिष्कमा भाव छचल्किरहेको थियो तर प्रस्तुतिको उपयुक्त बाटो भेटाइरहेका थिएनन् । कविता ,गजल , मुक्तक , तान्का र हाइकूले मात्र नेपाली भावना समेट्न सकेन । यसका सीमित परिधिमा रहेर सिर्जना लेख्न मात्र नेपाली सर्जकले चाहेनन् । यसैलाई साइनेको पृष्ठभूमि मानिन्छ । यसकै आधार भूमिमा न्यौपाने साइनोका प्रवर्तक बने । यसै क्रममा न्यौपानेका छ , सात साइनो केशव ज्ञवालीले पढिसकेपछि उनले २०७६।५।१५ मा साइने लेखेर फेसबुकमार्फत साइनो रचना गरी प्रस्तुत गर्नुभयो । यो नै साइनो प्रारम्भिक यात्राको समय हो ।
मान्छे छैन इमानी
सहरमा छ धन
न त झुपडीमा पिसानी । (२०७६÷०४÷१६ मा रचना गरीएको पहिलो साइनो )
यस अवस्थामा विशेष गरी साइनो कसरी रचना गर्ने भन्ने सन्दर्भमा यसका अनुयायीहरुबीच यस विषयमा सैद्घान्तिक बहस पनि हँुदै आएको छ । यसै सन्दर्भमा छायादत्त न्यौपाने भन्नुहुन्छ , यो के हो ? कसरी सिर्जना गर्ने ? जस्ता जिज्ञासाहरु प्रकट हुने र आपसी छलफलबाट टुङ्गोमा पुग्ने प्रयास सघनतापूर्वक हुँदै आएको छ (न्यौपाने , २०७६ ः २१) ।
साइनो प्रणेता छायादत्त न्यौपाने, प्रथम साइनो प्रसारण २०७६–०४–१६
साइनोकार केशव ज्ञवाली, प्रथम साइनो प्रसारण २०७६–०५–१४
साइनोकार खेमलाल पोखरेल, प्रथम साइनो प्रसारण २०७६–०५–१७
साइनोकार कृष्ण पौडेल, प्रथम साइनो प्रसारण २०७६–०५–२३
साइनोकार बालकुमार क्षेत्री, प्रथम साइनो प्रसारण २०७६–०५–३१
नेपाली मनमाटामा उत्पादन गरेको मौलिक साहित्यिक विधामा केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री,सुरेन्द्र शाही, मीना डाङी, सुरेश काफले, हरि चौलागाई, कृष्ण पौडेल,सीता पन्थी सुवेदी समेतको धेरैपटक बहस हुँदै आएको छ (क्षेत्री ः२०७६, खवरमार्ग) । यसरी साइनोगत चेतनाको विकास हुँदै गएको छ ।
ख.प्रकाशन र सन्देश मूलक चेतनाको समय ःसाइनो इतिहासमा विष्णु पादुकाले ‘साइनो’ (२०७६) नामक पहिलो साइनो सङ्ग्रह कृति प्रकाशन गरी इतिहास रच्नुभएको छ । “साइनो नयाँ विधाका रूपमा लेखन आरम्भ भएको आधा वर्षमै सिङ्गै कृति प्रकाशनले यसको जीवन दर्शन, सिर्जनात्मक विशिष्टता, अर्थगत गहिराई, वैज्ञानिक संरचनाले जनमतमा पारेको गतिलो प्रभाव हो भन्ने प्रमाण दिन्छ ।” छायादत्त न्यौपाने ‘बगर’ ( नवप्रज्ञापन, पूर्णाङ्क ८७ ) । यसका साथै साइनोको विकास र विस्तारमासाइनो सिर्जना र यसबारे केही जानकारीमूलक, सन्देशमूलक चेतना सामाग्री शब्दाङ्कुर, शृङ्खला, शब्दसंयोजन, जनमत, लोकभावना, भानु, अग्निचक्र, पुस्तकालय आवाज लगायत साहित्यिक मासिक पत्रिकाले प्रकाशन गरिसकेका छन् । यस सम्बन्धमा न्यौपानेका रेडियो,टिभीबाट अन्तर्वाता पनि प्रशारण भइसकेका छन् (न्यौपाने, २०७६ ः ३१) ।साइनो उत्पादक तथा उत्प्रेरक छायादत्त न्यौपाने ‘बगर’ को संयोजकत्वमा काठमाण्डौ उपत्यका र बनेपामा रहेका साइनोकारहरुको ‘साइनो र साथी ’ नामक साइनो सङ्ग्रह प्रकाशन गर्ने भनी छलफल भएको थियो । यस भेलामा केशब ज्ञवाली , हरिप्रसाद चौलागाइ, प्रमोद भट्ट, सीता सुवेदी र शाही गुलाब जस्ता सर्जकको उपस्थिति थियो (ज्ञवाली ः २०७६) ।
यसमा साइनोको विकासक्रममा अनलाईन, स्थानिय तथा राष्ट्रिय पत्रिका तथा रेडियोले खेलेकोे भूमिकालाई सूचिगतरुपमा प्रस्तुत गरिएको छ ।
ड्ड शब्दाङ्कुर सा. मासिक (वर्ष १८, अंक १२, पूर्णाङ्ग ११६, असोज, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले साईनो सम्बन्धि आलेख तथा यसैको पछिल्लो अंकमा साइनो सम्बन्धि पाठक प्रतिक्रिया पनि प्रकाशित ।
ड्ड श्रृङखला सा. मासिक (वर्ष ४१, अंक ४, पूर्णाङ्ग १४६, कात्तिक, २०७६) मा असिमले ‘साइनो वारे अलिकति कुरा’ शीर्षकमा आलेख प्रकाशित ।
ड्ड गाउँले देउराली साप्ताहिक कात्तिक, २०७६ महिनाको पछिल्लो शुक्रवार ……ले ‘………’ शीर्षकमा आलेख प्रकाशित) ।
ड्ड शब्दसंयोजन सा. मासिक (वर्ष १६, अंक ९, पूर्णाङ्ग १८८, पुष, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले ‘नयाँ विधाको सैद्वान्तिक विर्मश’ शीर्षकमा आलेख प्रकाशित ।
ड्ड अग्निचक्र राष्ट्रिय मासिक (वर्ष ११, अंक ४, पूर्णाङ्ग १०४, पुष, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले ‘ साइनो सम्बन्धि सैद्वान्तिक विर्मश’ शीर्षकमा आलेख प्रकाशित ।
ड्ड जनमत सा. मासिक (वर्ष , अंक , पूर्णाङ्ग , पुष, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले ‘नयाँ विधाको सैद्वान्तिक विर्मश’ शिर्षकमा आलेख प्रकाशित ।
ड्ड नवप्रज्ञापन त्रैमासिक (पूर्णाङ्ग ८७, माघ–चैत्र, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले ‘साइनोःसिर्जनात्मक सन्दर्भ’ शीर्षकमा निबन्ध प्रकाशित ।
यसैगरी साइनोको विकास र विस्तारमा काठमाण्डौबाट संचालित अनलाइन खबर कबलकबचलभधक।अयm ले साइनो सम्बन्धि लेखहरुमा छायादत्त न्यौपाने बगर, केशव ज्ञावाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री लगायत सुरेन्द्र शाहीका लेखहरु प्रकाशन गरिसकेको पाइएको छ । साथै यसको उन्नयनका लागि यसले प्रत्येक शनिवार अंकमा दुई–दुईजनाका ५÷५ साइनोहरु प्रकाशन गर्ने गरेको छ ।साइनोको विकास तथा सैद्वान्तिक छलफलका लागि वालकुमार क्षेत्रीले फेसवुकमा साइनो चौपारी नामको समूह संचालन गर्नुभएको छ । त्यस्तै यसकै विकास, प्रचार तथा सिर्जनालाई सबैका सामू पु¥याउने र अभ्यास पाठशालाको रुपमा विकास गर्ने हेतुले मिति २०७६ पुष ३ गते शुक्रवारका दिन सुरेश काफ्रले विदारक ले साईनो मञ्च नामको फेसबुक समूह संचालन गर्नुभएको थियो । हाल यो समूह साइनो संसार नामवाट संचालित छ जसमा छायादत्र न्यौपाने, बालकुमार क्षेत्री, सुरेश काफ्ले विदारक र सुरेन्द्र शाही व्यवस्थापक (बमmष्ल) को भूमिका निर्वाह गरिरहनु भएको छ । धरै सर्जकहरु यस संसारमा जोडिन पुग्नु भएको विषय जानकारी गराउन चाहान्छु ।
यस समयमा देखिएका साइनोमा राजनितिलाई सेवामूलक कामको रुपमा नलिई कमाई खाने भाँडोको रुपमा प्रयोग गरेकोमा स्रष्टाहरुको बढी आक्रोस पाईन्छ । राज्यको दोहन गर्नेप्रति रोष प्रकट गरेका रचनाहरु पनि प्रशस्त पाईन्छन् , जस्तै :
पाषण शब्दहरु घामले जून चोर्छ मृत्यु उत्सवबीच
भरौटेले धम्काउँछन् जन्तु अघाउन चोर्छ सिनोको प्राथमिकता
मैले कलम रोक्नु पर्ने ? मानिस जमायन चोर्छ । नतमस्तक गिद्घहरु ।
–सीता शर्मा –सुरेश काफ्ले ‘विदारक’ –आर्त अकुलीन
साइनोले समाजमा देखिएको बेमेल, सामाजिक विकृति विसंगती माथि सशक्त प्रहार गरेको पाइन्छ । समाजमा झाँगिदै गएको महिला पुरुषवीचको अनैतिक सम्बन्ध, झुटो प्रेम, अभावले विदेशिनु परेको पीडा र त्यहाँको नारकीय जीवन, जीवनका नारा तथा वितृष्णाहरु, वलत्कार जस्ता विकृती विसंगति पनि यसका विषयवस्तु बनेका छन् ।
यो अभावमा दुख्छ पूजा गर्छ मानिस
आत्मा विनाको विचार आत्मा निचोर्छ मानिस
भमरा नभएको फूल ।। खरानी झैं उड्छ मानिस ।।
–सुरेश काफ्ले ‘विदारक’
प्रेमका बान्किला विचारहरुले पनि साइनो सजिएको छ । विकृत प्रेमलाई उजागर गर्दै प्रेमिल विषयवस्तुलाई पनि यसले समेटेको छ । यसले समयको परिवेशसँग समय सन्र्दभका आधारमा पनि विषयवस्तुमा व्यापकता पाएको छ । मूख्यतः जीवन, राजनीति, संस्कृति, प्रकृति, समाज आदिलाई विषयबस्तु बनाएर यसको सिर्जना भएको देखिन्छ (काफले ः २०७६) ।
हिजोआजको माया मनको कोलाहल फुलको सुन्दरता
आज जोड्यो भोली तोड्यो मुस्कानभित्रको पिडा ! अनुहारको मुस्कान
दुईदिनको रामछायाँ । बन्ला कुनै मापनयन्त्र । किनेर नपाइने प्रेम ।
–सविता भट्टराई –सीता पौडेल –सुरेश काफ्ले ‘विदारक’
यसरी साइनोले लेखनको प्रारम्भमा नै जीवनव्यवहार र साँस्कृतिक जीवित अवसरवादी चरित्रको विरोध , मानवीय श्रम सँस्कृतिको गायन , राज्यको निरङकुश चरित्र असमानताप्रति विरोध , प्रगतिशलि स्वर राष्टिय स्वाभिमान र राष्टप्रेमका भावलाई उठाई सकेको छ । यो साइनो महत्वपूर्ण उपलब्धि हो ।
ग.कोरोना महामारीपूर्ण समय :
विश्व संसारमा देखापरेको कोरोना महामारीले साहित्य र सिर्जनाका क्षेत्रमा नयाा फड्को मारेको पाउन सकिन्छ । माघ १० गते चीनबाट नेपाल आएको व्यक्तिमा देखापरेको कोराना यस बेलासम्म विश्वका ठूला राष्ट भएग्रस्त भैसकेका थिए । यसको संक्रमण बड्ने भयले नेपाल सरकारलेचैत्र ११ गतेबाट देशभर लकडाउन सुरु गर्यो । यसबाट सर्जक लगायत जनता घरबाहिर जान पाएनन् । यसै उकुसमुकुसको परिवेश र सन्त्रासमा धेरै सर्जक सक्रिय भए । सिर्जनाका मुहान फुर्न थाले , यसै बेला साइनोले तीब्र गति लिने मौका पायो । धेरै नयाँ सर्जन साइनो विधा रुचाउँदै जोडिन पुगे । हजारौ साइनो रचिए । कोरोना महामारीपूर्ण समय नै साइनोको सृजनात्मक र उर्वर समय बन्न पुग्यो । महमारीपूर्ण ,सन्देशमूलक स्वर र जनतका आवाजहरु यसबेला साइनो सर्जनाले बोलेका छन् । यो (लेख तयार गर्दा ) हालसम्म चलिरहेको देखिन्छ । यही उर्वरभूमिमा वि.संंं.२०७६भित्रै सार्वजनिक गर्नेगरी साइनो र सारथि नामको संयुक्त साइनो सङ्ग्रह प्रकाशनको तयारी पनि थालिसकेको छ (न्यौपाने, २०७६ ः २१) । यसले एउटा सङ्ग्रह प्रकाशनमा सहयोग गरेको समय हो । महामारीका भावलाई लिउर सिर्जना भएका साइनो हेरौँ :
क.) बाजा बजाएपनि ख) घरभित्र थुनियो ग) विश्व स्वास्थ्य दिवश घ) मानवीय संकट
आँखाले नदेखिने यो बिनाकसुर कैदी भो किन उत्ताउलो छस् पुण्य कमाउने बेला
नत्र समूल नष्ट गर्थे । कोरोना विवश नवना । कोरोना ठेगानमा बस । ए राहत भोका नमार ।
– सबिता भट्टराई –चीरंजीवी ढकाल –हेमन्त तिवारी
ड) मृत्यु उत्सवबीच
सिनोको प्राथमिकता
नतमस्तक गिद्घहरु
–आर्त आकुलीन
यसरी छाटो समयमा साइनोले विभिन्न मोड र विशेषता स्वीकारेको देखिन्छ । यो नै साइनो उपलब्धि हो । विभिन्न सन्देश र विशेषतालाई बहन गर्ने क्रममा साइनोले गलत रुप नलियोस् । यसप्रति सर्जकलाई सचेत रहन आग्रह पनि छ ।
६.साइनोका तत्वविधान ( रुप ÷ भाव पक्ष ) ः
साइनो रचना तथा सिर्जनामा विभिन्न तत्वहरुको भूमिका महत्वपूर्ण हुन्छ । यी तत्वहरु वा घटकहरु नै साइनोको संरचनात्मक पक्ष हुन् । यसका कथ्य विषयवस्तु र भाव आन्तरिक तत्व ( अन्तर्वस्तु) हुन् भने भाषाशैली, लय, बिम्ब, प्रतिक आदि बाह्य तत्व (रूप) हुन् । साइनोका निम्ति अन्तर्वस्तुलाई प्रमुख तथा रूपलाई सहायक महत्व दिने तत्वका रुपमा लिइन्छ । यी दुबैका बिचको सन्तुलनबाट उत्कृष्ट र सुन्दर साइनो रचिने कुरामा दुईमत रहदैन ।
साइनोका प्रणेता छायादत्त न्यौपाने बगर साइनोका तत्वहरुका बारेमा भन्नुहुन्छ–“कविताकै तत्व साइनोका पनि हुन् । यसको संरचना, भाव र लय विशेष छन् । रस, अलङ्कार, ध्वनि, वक्रोतीले पनि साइनो प्रभावकारी हुन्छ नै । भाषा, उद्देश्य, अझ शिर्षकका कुरा, दृष्टिविन्दु यी त सामान्य मान्नु पर्दछ ।”यसर्थ यी सबै पक्षमा विचार पुर्याउन सक्दा साइनो उत्कृष्ट बन्न सक्छ । अक्षर संरचनाका आधारमा साइनोकार बन्नेहरु साइनो बिधामा टिक्न सक्दैनन् । यसैले साइनो रचनामा यसका तत्वप्रति सचेत रहन आग्रअ छ ।
क. भाव र विचार
विचार भएर मात्र के गर्नु भाव भए पो कविता बन्छ भन्नुले कवितामा भाव महत्वपूर्ण हुन्छ । कविता ‘साइनो’को मूल तत्व भाव वा विचार पक्ष पनि हो । यसको अनुपस्थितिमा साइनोको कल्पना गर्न सकिन्न । य भाव÷ मानवीय जीवन जगत्का यावत विषयवस्तुलाई अनुभव र अनुभुतिको लयात्मक रागात्मक र कलात्मक निष्कर्षका रुपमा विशेष भाव अर्थ पैदान गर्ने हुन सक्नुपर्दछ । कला होस् वा साहित्य प्रत्येक रचनामा सौन्दर्यको शक्ति पनि हुन्छ र वैचारिक सार पनि हुनु आवश्यक छ भन्ने सिदोरोव (सन् १९८७ ः पृ.१०–११) को भनाइले पनि साइनोमा को महत्वलाई देखाउँछ । “साहित्यिक विधामध्ये पनि अधिकतम सौन्दर्यानुभूति पाइने कविता साइनो उपविधामा यस्ता तथा भावहरू जीवन यथार्थका मार्मिक एवं संवेदनात्मक पक्षहरूका साथ अन्तर्घुलित भएर प्रस्तुत भएका हुन्छन् ।” प्रा.डा. यदु नन्दन उपाध्याय । तसर्थ साइनोमा भाव÷लाई मूल मेरुदण्डको रुपमा लिईन्छ । विचारको घोत्ल्याँइँ , प्रस्तुतिमा छरित्याँइ, बेथितिलाई प्रहार, कर्मयोगलाई सम्मान, राष्ट्यि चेतनाको आह्वान जस्ता भाव सन्तुलन साइनो सिर्जनाको मूल लक्ष्य मानिएको छ (न्यौपाने , २०७६ ः ३२) ।
ख विषयबस्तु
साइनो जीवन जगतका कुनै पनि भावपूर्ण विषय उठान गर्न सक्छ । सानो आँगोको झिल्कोका रुपमा रहने साइनोमा जीवन जगतका विषयको चर्चा भने हुँदैन । यसमा अचारका पित्कोका रुपमा विषय आएछैन थाहा नै नपाई सकिन्छ । यस आधारमा के भन्न सकिन्छ भने यसमा आख्यानपूर्ण विषय हँदैन । विषय कथाका रुपमा नआई सुरुवात हुना साथ प्रवेशमै आग्लो लगाइ सकेको हुन्छ । तर पनि विषयवस्तु यसको महत्वपूर्ण पक्ष हो । विषयवस्तु साइनो रचनाको कच्चा सामग्री हो । साइनोकार विषयवस्तु छनौटमा स्वतन्त्र हुन्छ तर त्यसलाई साइनोकोे रूप दिँदा सूत्र उन्ने मात्र होइन आफैमा कलापूर्ण, उपयुक्त, आकर्षण, प्रभावपूर्ण तथा मानवीय सम्बन्धका सूक्ष्म संवेदनात्मक, आवेगात्मक र सौन्दर्यात्मक भावहरूले भरिपूर्ण हुनुपर्दछ । जुन विषयवस्तुले आफ्नो एउटा निश्चित स्वरुप दिनसक्नु पर्दछ साथै कविले जीवन भोगाइका अनुभूतिमय भावहरूलाई व्यवस्थित पार्ने खुबी र धैर्य पनि देखाउनु पर्छ । यसरी अन्तर्वस्तुमा वस्तुगत यथार्थले विषयलाई प्रतिनिधित्व गर्दछ भने रचनाकारको बौद्धिक एवं सिर्जनात्मक व्यवस्था सहित प्रस्तुत गरिएको यथार्थले मनोगत पक्षलाई प्रतिनिधित्व गर्दछ (चापागाईं, २०५४ ःपृ.४०) । यस्ता वस्तुगत र मनोगत सिर्जनात्मक कुरा साइनोमा पनि रहेका हुन्छन् । यस्ता विषयवस्तु उपयुक्त, सशक्त र कलात्मक एवं जीवन्त हुनुपर्दछ ।
गं. भाषाशैली र संरचना विधान
साहित्य भाषाका माध्यमबाट अभिव्यक्त हुन्छ । साइनोको पनिकवितात्मक अभिव्यक्तिको माध्यम भाषा नै हो । साइनोमा प्रयुक्त हुने भाषा सामान्य बोलीचालीको भन्दा विशिष्ट साथै सौन्दर्यपूर्ण हुनुपर्दछ । समीक्षक क्रिस्टोफर कडवेल(सन् १९९० ः पृ.१३)ले पनि कविताको भाषा आम जनताको भन्दा ओजपूर्ण हुन्छ भनेका छन् । यस्तो भाषाका वर्ण पद शब्दले रागात्मक लयात्मक लालित्य र माधुर्य संयोजन गर्न सक्नु नै शैली हो । साइनोमा कलात्मक शब्द विन्यास र समग्र कलात्मक संयोजनका अभावमा सुन्दर र प्रभावपूर्ण भाषाको आबश्यकता पर्दछ । जीवन जगतका यथार्थलाई अन्तर्वस्तुमा सजाएर बिम्ब, प्रतीक, अलङ्कार आदि मार्फत अभिव्यक्त गर्न भाषाको भूमिका रहन्छ । साइनोले निम्न वर्गका जनताको सहजबोध र चेतनालाई उठाउन पनि सक्ने भाषिक प्रयोग गर्नु राम्रो हुन्छ । साइनोमा रमणीय अर्थका निम्ति व्यञ्जना, चमत्कारपूर्ण अर्थका निम्ति लक्षणा तथा स्वाभाविक अभिव्यक्तिका निम्ति अभिधा गरी तिनै शब्दशक्तिको प्रयोग गर्न सकिन्छ । साइनोमा जीवन जगत् सम्बन्धी यथार्थताको बोध र उन्नत चेतनाको निर्माणको अन्तर्वस्तुलाई भाषिक घटकका उपयुक्त चयन, सार्थक विचलन तथा सौन्दर्यपूर्ण प्रयोगद्वारा व्यक्त गनुपर्दछ । साइनोकोे भाषा विशिष्ट गद्य र आन्तरीक (लयबद्ध) छन्द हुन्छ । साइनोमा गद्यात्मक भाषाशैली हुन्छ । यसको संरचनामा विषय प्रस्तुतिको माग अनुसार लेख्य चिन्हको प्रयोग आवश्यक ठाउँमा गर्न सकिन्छ । पूर्णविरामको प्रयोग भने तेस्रो शब्दगुच्छाको अन्त्यमा मात्र गर्नु उपयुक्त हुन्छ । सात अक्षरले सात महादेश जनाउँछन् , आठ अक्षर आठै दिशा बोध गराउन तयार छन् भने नौ अक्षर नवरसका सूचक हुन् । सातले सात बार समयको सङ्केत गर्छ , आठले अष्टावक्र , दार्शनिक मर्म बताउँछ भने नौले नवरस , नवरत्न तथा पृथ्वी लगायतका नवग्रहको सङ्केत मान्न सकिन्छ । यस्ता धेरै अर्थ दिई विषयबोध गराउँदै सात , आठ , नौको प्रयोग भइआएको गणितीय तथ्य स्मरण गर्नु साइनोप्रतिको सकारातमक धारणा हो । यसको तीनवटै शब्दगुच्छाहरुको स्वतन्त्र अर्थ र स्वतन्त्र अर्थ मूल्य हो । प्रत्येक शब्दगुच्छा स्वतन्त्र भईकन् एक हुन्छन् (न्यौपाने , २०७६ ः २९–३३) । यसको भाषामा अभिधा , लक्षणा र व्यञ्जना गरी तीनै शब्द शक्तिको संयोजन गर्न सकिन्छ । व्यञ्जना शक्ति सबभन्दा बढी चमत्कारपूर्ण र प्रभावशाली हुन्छ ( ज्ञवाली ः २०७६) । साइने लेख्दा लामो समय खर्चिरहनुपर्ने हुदैन । यसमा शब्दलाई खेलाउन केलाउन सकियो भने सशक्त , सुगठित , कर्णप्रिय हुँदा वास्तविक साइनो बन्छ । साइनोमा अपशब्द प्रयोग गरी लेख्नुहँदैन । साइनोको अन्त्यमा भावअनुसार पूर्णविराम , प्रश्न चिन्ह, विस्मयादि र अल्पविराम चिन्हको प्याग गर्न सकिन्छ ( सुरेन्द्र ः २०७६)। यसको सहयोगमा मीठासपूर्ण व्यङ्ग्य प्हार गर्न सकिने देखिन्छ ।
घ.ं लय विधान
लय मीठासताका लागि उपयुक्त हुन्छ । साइनोलाई अन्य विधाबाट भिन्न तुल्याउने भित्री सङ्गितीक अपरिहार्य तत्व लय हो । यो वर्णहरूको उच्चारणको प्रवाह र विरामबाट उत्पन्न हुने सम्मोहनकारी शक्ति हो । यसले लयका माध्यमवाट भावहरुको संयोजन गर्ने गर्दछ । साइनोलाई लयात्मक बनाउन पहिलो , दोस्रो र तेस्रो तीनै पङ्त्ति कि त गुरु वा लघु हुँदा लयात्मक हुन्छ , कि त पहिलो गुरु दास्रोमा लघु र तेस्रोमा गुरु नै हुनु राम्रो मानिन्छ कि तीनै पङ्क्तिमा सुरु र अन्त्यका दुबै पङ्क्तिका बीचमा संयोजन भएको गुरु वा लघु हुनु राम्रो मानिन्छ ।तर यसमा यहीँ हुनु पर्छ भन्ने छैन अन्त्यमा गुरु र लघुका बीचमा तालमेल मिलाउन सक्दा लयात्मक र सौन्दर्यबद्घक हुन्छ । कडवेलका भनाईमा कवितालाई सामान्यभन्दा ओजपूर्ण बनाउनमा पनि लयतत्वको नै महत्वपूर्ण भूमिका रहेको देखिन्छ (कडवेल, सन् १९९० ः पृ.१३) । लयको स्वरूप आवृत्तिमूलक हुन्छ र यसको व्याप्ति दिक् र काल दुबैमा रहने मानिन्छ (वर्मा, सन् १९८५ ः पृ.५५८) । साइनोमा भित्री लय प्रधान बनाएर लेखिने गद्य कविता हो । यो छन्दमुक्त गद्य कविता भएकाले आन्तरिक लय सङ्गीतको अविच्छिन्नता रहेको हुन्छ । साइनोको लय निर्माणमा प्रचलित अनुप्रास अलङ्कारका साथै श्रुतिरम्य वर्ण निर्मित शब्द, तुलनात्मक रूपमा श्रवणीय रहेका स्वरवर्णको आधिक्य रहन्छ । कडवेलका भनाइमा कवितालाई सामान्यभन्दा ओजपूर्ण बनाउनमा पनि लयतत्वको नै महत्वपूर्ण भूमिका रहेको देखिन्छ (कडवेल, सन् १९९० ः पृ.१३) । साइनो वाचन गर्दा प्रत्येक शब्दगुच्छको अन्यमा विश्राम वा भाव र विषयले मागे अनुसार पङ्क्ति दोहो¥यादै भाव सम्प्रेषणको आधारमा वाचन गर्नु उत्तम हुनेछ । सन्देश तथा भाव सम्प्रेषणका आधारमा स्वरलाई उच्च, मध्यम र निम्न गर्दै वाचन गरिएमा मिठास तथा बढी प्रभावकारी बनाउन सकिन्छ ।
७.ंंकविताको अन्य लघुत्तम विधा र साइनो
सहित्यका प्रमूख चार ( कविता , कथा ,नाटक ,उपन्यास र निबन्ध ) विधामध्ये कविताकै उपविधाका रुपमा साइनोको प्रयोग हुँदै आएको छ । यो साइनो कविताकै नवीनतम विधा हो (न्यौपाने , २०७६ ः १९) । आयामका दृष्टिमा लघुतम (हाइकु, साइनो, मुक्तक आदि), लघु (फुटकर कविता, गीत, गजल), मध्यम (खण्डकाव्य, लामो कविता) र बृहतम (आर्य महाकाव्य) जस्ता भेदहरु देखिन्छन् भने लयका दृष्टिकोणले पद्य (बहुलयात्मक) र गद्य (मुक्तलयात्मक) जस्ता भेदहरु पाईन्छन् । यस्ता कवितासँग सम्बन्धित धेरै उपविधा (प्रविधा) हरु चिन्तनीय अवस्थामा रहेका छन् । मुक्तक, तांका, हाइकु, चोखा, छेस्का, साइनो, सेदोका, तप्कना, ॐ, आदि कविताका प्रविधाहरु नेपाली साहित्यकाशमा देखिएका छन् (काफले ः२०७६) । सबै साहित्यिक भेलमा पौडीरहेको अवस्थामा नयाँ उपविधाहरु पनि जन्मिने क्रम बढ्दो छ ।कवितामा छोटा कविता लेख्ने परम्परा विश्वभरि नै छ र तिनमा पाश्चात्यमा ‘सोनेट’ छ भने मुस्लिम संस्कृतिमा गजल र जापानमा हाइकु तथा कोरियामा सिजो भएको छ । नेपालमा लोक परम्पराको छोटो काव्यको चयन् हुन्थ्यो र त्यसमा आकर्षणको क्षमता निकै थियो । धमारी, भजन र ठाडो भाका आदिमा पनि त्यसको मिठास देखिन्छ । संस्कृत भाषामा छन्दवद्धलाई हेर्दा मन्त्रहरु छन् । २२१६ वर्ष अघि लेखिएको प्रज्ञापारमिता पनि तीन हरफमै स्वर्ण अक्षर रन्जना लिपिमा संस्कृत शुत्रमा लेखिएको छ । लोक साहित्यको सामाजिक कविता,गीतका अनेकौ भाका र शैलीमा छोटो प्रकारले च्वाट्ट भन्ने काव्यिक शैली नेपालमा खोजीको एक पाटो हुन सक्छ (पाँडे ः२०७६,पूर्णिमा,वर्ष १९) । कवितालाई भाषशैलीका आधारमा गद्य र पद्य गरी दुई रुपमा विभाजन गरी जसलाई तपशील बमोजिमका चार भेदमा वर्गीकरण गरेको पाइन्छ ः
क.बृहतम् महाकाव्य
ख.ंमहाकाव्य
ग.ंखण्डकाव्य
घ. ंलघु कविता (फुटकर कविता, गीत, गजल)
ङ.ंलघुत्तम कविता (हाइकु, साइनो, मुक्तक आदि)
शास्त्रीय मात्रात्मक कविताका आ–आफ्नै विशेषता रहेको छ । मातृका छन्द १७ मात्रा मिलेको चार चरण भै प्रत्येक चरणको अन्तिम अक्षर दीर्घ (गुरु) भएर बन्दछ । बसन्त तिलका १४, इन्द्रबज्रा ११ वर्ण व्यवस्थामा रचिन्छ । यसरी छन्दवद्ध कविताका आ–आफ्नै वर्ण व्यवस्थाले कविताको स्वरुप व्यवस्थित गरिएको पाइन्छ । लघुत्तम संरचनात्मक गठबन्धमा रहेको साइनो सूत्रात्मक प्रकृतिको हुन्छ । यस आधारमा के भन्न सकिन्छ भने यो कविताकै लघुत्तम विधा हो । छाटो भई आफैमा पूर्णरहेका कविताका लघुत्तम विधाभित्र पर्ने हाइकु, साइनो, मुक्तक आदिका बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ ः
क. मुक्तकर साइनो
साहित्यको सबैभन्दा सानो चिटिक्क परेको, चोटिलो विधा मुक्तक हो । संरचनाको दृष्टिले यो छोटो हुन्छ । मुक्तक शैलीका श्लोक र मन्त्रहरु कोही पद्यात्मक छन् भने कोहीगद्यात्मक पनि छन् । मु्क्तकलाई पद्य विधाअन्तर्गत राखेर कुलक, मुक्तक र कोश यी सबै पद्यका समुदाय हुन भनिएको छ । एकएक श्लोक भएको स्वतन्त्र रचनालाई मुक्तक भन्दछन् । त्यसले पाठकका मनमा चमत्कार उत्पन्न गर्न सक्नु पर्दछ । मुक्तको प्रविधिलाई हेर्दा प्राय मुक्तक दुई रुपमा लेखिएको पाइन्छ अनुप्राशविहीन मुक्तक र अनुप्राशयुक्त मुक्तक । अनुप्राशविहीन मुक्तहरु छोटा छरिता लघु आकारका कविता जस्तै हुन् । अनुप्रशयुक्त मुक्तक भने चार पङ्क्तिका मात्र हुन्छन् । यिनीहरुको पहिलो , दास्रो र चौथो पङ्क्तिको अन्त्यमा अनुप्राश मिलाइन्छ भने तेस्रो पङ्क्ति स्वतन्त्र छाडिन्छ । अनुप्रासयुक्त मुक्तकलाई रुवाइ भनिन्छ । यसमा विचार, कथनमा सटिकता र स्वतन्त्रता हुनुपर्छ । यसमा हरेक पङ्क्तिको एकअर्कोसित अनुन्याश्रित सम्बन्ध हुनुपर्दछ ।
यी सबै विषयका आधारमा यो कविताको लघुत्तम विधा हो (गिरी ः २०७५,नवप्रज्ञापन) ।मुक्तक सामान्यत ३१ वर्णको चरण १५ बा १६ वर्णमा बिराम भै अन्तिम वर्ण गुरु भै छन्दोवद्ध बन्छ । तर मुक्तकमा छोटो लामो हरफ जे भए पनि कटाइ प्रभावशाली हुनु वान्छित छ । अप्रत्यासित रुपमा ड्याम्म बजार्न , ट्वाक्क पार्नु र घत लाग्दो प्रकारले प्रस्तुत गर्नु नै मूल विशेषता हुन्छ (पाँडे ः२०७६,पूर्णिमा,वर्ष १९) ।
साहित्यका सबै विधाहरु मानविय भाषिक कलाका उपज हुन् । निरौला (२०७४ः९७–१०१)ले ‘मानविय अनुभूतिलाई आत्मसात गर्दै लेखिने साहित्यिक विधाहरुमा जति आपसी सम्बन्ध हुन्छ त्यत्तिकै तात्विक भिन्नता र स्वतन्त्र पहिचान पनि रहेको हुन्छ’ भनि हरेक विधाका बिशिष्ट मान्यताहरु फरक हुने बताउनुहुन्छ । दुवै कविता भएका हुनाले गद्य कविताकोजस्तै आन्तरसङ्गीत वा अन्तरलय हुन्छ । दुवैमा अनुभूति तत्वको प्रधानता रहन्छ । साइनो कविताकै उपविधा भएको हुनाले यसका धेरै मान्यताहरु समान रहेका हुन्छन् । साइनो नेपाली मनमाटोमा उब्जिएको भावनात्मक तथा विशेषः व्यङ्ग्यप्रधान कविता हो । यो सूत्रात्मक बिचको चौविस अक्षरिय कविता पनि हो । यो अन्य कविता जस्तो एकै अर्थ र भावमा रचिने कविता होइन । यसका ७, ८, ९ का तीन पंक्तिका आ–आफ्ना स्वतन्त्र अर्थ र समुच्य चौविस अक्षरको एक छुट्टै अर्थ वा भाव दिनु नै यसको मौलिक सैद्वान्तिक पहिचान हो । यसको सैद्वान्तिक पक्षमा जोडदिदै साइनोकार तथा यसका प्रमुख अभियन्ता केशव ज्ञवाली भन्नुहुन्छ,“आधारभुत मान्यता नै सिद्वान्त हुन् । साइनोका ७, ८ र नौ को संरचना, २४ अक्षर, प्रत्येक हरफ स्वयममा स्वतन्त्र र अर्थवान तथा समुच्यमा एउटै सिङ्गो गहन भाव र लय साइनोका मान्यता (सैद्वान्तिक पक्ष) हुन् । कवितामा भाव, बिम्ब, अलङ्कार र अनुप्रास, नवरस व्यङ्ग्य चेतना आदि गुण रचनाको सन्दर्भ र भाव अनुसार हुन्छन् । अन्य रचनामा पनि यी गुण पाइन्छन् ।” यसरी हेर्दा सात, आठ र नौको संरचना र प्रत्येक पङ्ती आफैमा स्वतन्त्र, अर्थवान र तीनै पङ्तीका समुच्यमा एउटै गहन भाव दिनु नै अन्य कविता भन्दा साइनोको पृथक, रोचक र विशिष्ट फरकपन हो ।
यसरी हेर्दा मुक्तक र साइनोमा केही समानता र विभिन्नता छन् । त्यसैले यी दुबै आफ्नो अस्तित्व बोकेका विधा हुन् ।
ख.ं हाइकुर साइनो
जापानी लघु कवितामा हाइकु विश्व प्रशिद्ध छ । हाइकु मन्त्र जस्तै छ । गायत्री मन्त्रका २४ रुप छन् । कम शब्दको गायत्री शक्तिशाली छ । गायत्री मन्त्र सामान्यतः २४ अक्षरको छ । जप मन्त्र प्राय छोटा हुन्छन् । जेन धर्मको सात दिनमा प्रयोग हुने मन्त्र कम अक्षरकै छ । वैदिक मन्त्रमा शब्द शक्ति र अक्षर चमत्कार भावको सुगठन बलियो छ । तन्त्रमा हाइकुभन्दा छोटो मन्त्र छ । एकाक्षेरी मन्त्र तन्त्रमा प्रयोग हुन्छ । काव्यमा मात्राको गणना संस्कृतिमा विकसित छ । त्रिपदीय काव्य प्रणाली अन्तर्गत हाइकु उब्भिएको छ । जापानी र नेपालीमा वर्ण गणन मिल्ने तर अंग्रेजीमा यो अप्राकृतिक हुने हुँदा नेपाली हाइकु पनि तेजिलो र प्रभावकारी भएको देखिन्छ । अंग्रेजीमा जापानी र नेपाली जस्तो अक्षर गन्ती हैन उच्चारणमा जान खोज्ने एकथरि छन् भने बिम्ब र कसिलो वाक्पद्धतिबाट थोरै शब्दमा आधुनिक हाइकुलाई घनिभूत बनाएको देखिन्छ । चिनिया हाइकुको एक ढाँचालाई ‘हानपाई’ भनिन्छ । पुरानो चतुस्पदी चिनिया लघु कविता पिन्जेको आफ्नै टोनको आफ्नै संरचना पद्धति छ । छोटो परम्पराका पद्धतिमा धेरै थरि कविता भए पनि हाइकुको आफ्नै विशेषता छ र यो विश्व कविता भएको छ । हाइकु तीन हरफको १७ अक्षरमा रचिने एकल श्लोकी कविता हो । तीन हरफ निर्माणमा पहिलो र तेस्रो ५–५ अक्षर र बीचको दोस्रो ७ अक्षरभित्र रहेर प्रकृति बिम्बको आधारमा जीवन जोडिन्छ । यो कविताले चिन्तनको गहिराइमा पुराउँछ र यसै कारण ध्यानको एउटा माध्यम पनि बनेको छ ।
साइनो र हाइकु बीचमा निकै निकटता देखिन्छ । हाइकूबाट व्यक्त नभएका भाव साइनोमा व्यक्त हुन्छ । यस आधारमा यी दबैका बीचमा सम्बन्ध छ । यी दबै एउटै भने होइन । स्वतन्त्र अस्तित्व बोकेका फरक विधा भने हुन् ।
८.ंनिष्कर्ष
नेपाली माटोमा अङकुरण भई फलेको फुलेको विधा साइनो हो । यो कविता विधाकै उपविधा तथा लघुत्तम विधाको रुपमा चिनिदै आएको पाइन्छ । यसले छोटो समयमा नेपली सर्जकहरुको बीचमा मन जितेर अगाडि बढ्दै गएको छ । भाव र शैली दुबैको संयोजनबाट चौवीस अक्षरको आयाम यसले समेटेको छ । भाव व्यङ्ग्य र बिम्बको प्रचुरता भएको यस विधालाई धेरै रुपमा परिभाषित गरिदै लगेको पाइन्छ । धेरै स्वतन्त्रता प्रदान गर्दै जाँदा भोलिको दिनमा यसको अस्तित्वमा सङ्कट नआओस् । गद्यात्मकताभित्र केही मान्यता बोक्नुचै यसको गम्भीर पक्षको रुपमा देखिएको छ । सैद्दान्तिक मान्यता स्थापित हुँदा नहुँदै यो निकै अगाडि बढेको पाइन्छ । यसका सर्जक साथीहरुले यस सम्बन्धमा आएका समीक्षालाई समेटेर एउटा मान्यता प्रदान गर्नु पर्ने औचित्य छ । यस साइनो फलोस् , फुलोस् र सर्जकको मन जित्दै जाओस् ।
सम्पर्क ः ९८४२२२६७६५
सन्दर्भ सूचि
उपाध्याय, प्रा.डा. यदुनन्दन(२०७२), ‘प्रगतिवादी कविताको स्वरूप’, …………….
कडवेल, क्रिस्टोफर (सन् १९९०), विभ्रम और यथार्थ, अनु ः भगवान सिंह, नयी दिल्ली ः राजकमल प्रकाशन प्रा.लि.।
काफ्ले विदारक, सुरेश (२०७६), क्रिमुकःएक अवधारण, सम्पा. सुमी लोहनी, काडमाडौं ः शव्द संयोजन (पूर्णाङ्क १७८,फाल्गुन )
काफले विदारक, सुरेश (२०७६), कविताको उपविधा साइनोः सैद्वान्तिक परिचय र यसका तत्वहरु, अप्रकाशित लेख ।
काफले विदारक, सुरेश (२०७६),साइनोको सैद्घान्तिक विमर्श, इतिहास र प्रवृति, बडीमालिका खबर अनलाइन ।
गिरि कोपिला, खगेन्द्र (२०५०), मुक्तक ः अनेक रुप अनेक रङ्ग, सम्पा.नवराज रिजाल, वारा ः नवप्रज्ञापन ( पूर्णङ्क ८०, बैशाख असार ) ।
गौतम, देवी प्रसाद (२०४९), प्रगतिवाद ः परम्परा र मान्यता, काठमाडौं ः श्रीमती मुना गौतम ।
गौतम, लक्ष्मणप्रसाद (२०७४) कविताका लय र छन्द,काठमाडौँ ः वैजयन्ति (पूर्णाङ्क ५०, असार–साउन) ।
चापागाईँ, निनु (२०५४), माक्र्सवादी चिन्तनमा सौन्दर्य, ललितपुर ः मृदुल महिम चापागाईं ।
त्रिपाठी, वासुदेव (२०५३),कविता ः विधागत चिनारी, सम्पा. वासुदेव त्रिपाठी र अरू, नेपाली कविता (भाग ४), दो.सं.,ललितपुर ः साझा प्रकाशन ।
न्यौपाने बगर, छायादत्त(२०७६), ‘नयाँ विधाको सैद्वान्तिक विर्मश’ सम्पा.सुमी लोहनी, काडमाडौं ः शव्द संयोजन (पूर्णाङ्क १८८,पुस, )
न्यौपाने बगर, छायादत्त (२०७६), ‘साइनो सम्बन्धि सैद्वान्तिक विर्मश’ सम्पा.लक्ष्मीनारायण भट्टराई, काडमाडौं ः अग्नीचक्र(पूर्णाङ्क १०४, पुस) ।
न्यौपाने बगर, छायादत्त(२०७६), साइनोको सैद्वान्तिक विर्मश’ सम्पा. नवराज रिजाल, वारा ः नवप्रज्ञापन (पूर्णाङ्क ८७, माघ–चैत्र) ।
पाँडे, प्रा.डा रामकुमार(२०७६), हाइकुको रुप रेखा, काठमाडौं ः पूर्णिमा ( वर्ष १९, अङ्क ४७) ।
पाण्डेय, ताराकान्त (२०५६), प्रगतिवाद र कविता, काठमाडौं ः शिला योगी ।
पोखरेल, खेमलाल (२०७६), ‘साइनो बारे चञ्चुप्रवेश’, सम्पाद….., सुनसरीःब्लास्ट दैनिक
बराल, कृष्णहरि र नेत्र एटम (२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुर ः साझा प्रकाशन ।
माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (२०६३), साहित्य र कला, दो.सं., अनुः राजेन्द्र मास्के, सूर्य प्रसाद पौडेल, काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।
मिश्र, भगीरथी (सन् १९९०), काव्यशास्त्र, न.सं., वाराणसी ः विश्व विद्यालय प्रकाशन ।
लुइटेल, खगेन्द्र (२०६२), कविताको संरचनात्मक विश्लेषण, काठमाडौ ः विद्यार्थी पुस्तक भण्डार ।
वर्मा, धीरेन्द्र र अरू (सम्पा.), (सन् १९८५), हिन्दी साहित्यकोश, वाराणसी ः ज्ञान मण्डल लिमिटेड ।
सिदोरोव, ये. (सन् १९८७), साहित्य और सौन्दर्यशास्त्र (बीसवीं शताब्दीका साहित्य १), मस्को ः रादुगा प्रकाशन ।
शब्दाङ्कुर मासिक लगायत विविघ पत्रिकामा प्रकाशित साइनो सम्बन्धि लेखहरु ।
शाही, सुरेन्द्र(२०७६) नवीनतम साहित्यिक विधा साइनो, नेपाल ः बी आर टि ।
श्रेत्री, बालकुमार (२०७६)कविताको नयाँ विधा साइनो , काठमाडौँ ः खबरमार्ग ।
ज्ञवाली, केशव(२०७६)साइनो कसरी लेख्ने ?, काठमाडौँ ः वर्णमालिका खबर
ज्ञवाली, केशव(२०७६)कविताको उपविधा साइनो, काठमाडौँ ः संसार न्यूज ।
‘