बाजुराको स्वामिकार्तिक गाँउपालिका १ साप्पाटाका १६ जना कैलालीमा अलपत्र परेका छन् । लकडाउन भएदेखि कैलालीको लम्किचुहा नगरपालिका ६ चैनपुरमा एक आफन्तको घरमा बसेका भएपनि अहिले खाद्य संकट भएर अलपत्र रहेको टेलिफोनमा तुलराज कडाराले वताएका छन् । उनिहरुले आफुहरुले खाद्य संकटको मारमा परेको सहयोग गर्नेका आग्रह समेत गरेका छन् ।
अलपत्र परेकामा ज्यालामजदुरी गर्ने र बिद्यार्थी रहेको स्थानिय पत्रकार धनराज कडाराले वताएका छन् । केही दिन सम्म त आफन्तको घरमा खायौ अहिले भने खानलाई पनि निकै समस्या भएको उनिहरुले वताएका छन् । रन्दिप विकले भने ३ जना महिला र चार जना बिद्यार्थी रहेको वताएका छन् । खान पनि निकै समस्या भएकाले स्थानिय तहलाई सहयोगका लागि पहल गरिदन रन्दिपले वताएका छन् ।
गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले भने यो बारेमा कुनै जानकारी नभएको वताएका छन् । अलपत्र भएको भए उद्धार गर्नका लागि सहयोग गर्ने वताएका छन् । नागरिक समाजका अगुवा जनेश भण्डारीले भने सबैतिर पहल त गरेका छौ, तर कसैले चासो नदिएको वताएका छन् ।
https://www.youtube.com/watch?v=nNT_IcajYrE&t=1s