शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • एम्बुलेन्समा आएका ५ जनालाइ मालिकाकाे क्वारेन्टाइनमा राखियाे

एम्बुलेन्समा आएका ५ जनालाइ मालिकाकाे क्वारेन्टाइनमा राखियाे

  • बिहिबार, बैशाख ४, २०७७
एम्बुलेन्समा आएका ५ जनालाइ मालिकाकाे क्वारेन्टाइनमा राखियाे

बडिमालिका नगरपालिकाको एम्बुलेन्स आएका ५ जनालाइ बडिमालिका नगरपालिकाकाे क्वारेन्टाइनमा राखिएकाे छ । एम्बुलेन्सका चालक सहित ५ जनालाइ क्वारेन्टाइनमा राखिएकाे बडिमालिका नगरपालिकाका प्रशासकिय अधिकृत यज्ञराज अर्यालले वताएका छन् । धनगढी बाट बाजुराका लागि आएको से १ झ २५९ नम्बरको एम्बुलेन्समा ४ जना यात्रु बाेकेर बाजुरामा आएकाे थियाे ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराई एम्बुलेन्स र एम्बुलेन्समा रहेका यात्रु बाजुरा प्रबेश गरिसकेको कानुन अनुसार अगाडी बढने वताएका छन् । बुधवार मात्र स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको थियो । नेपालगञ्ज बाट बाजुराका लागि आएको शुदुरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्समा ६ जना यात्रु ल्याएर बाजुरा आएको थियो ।
सरकारले आवतजावत नै बन्द गरिसकेको बेला यसरी एम्बुलेन्स यात्रु बोक्दा जिल्ला जोखिम रहेको कोरोनाको जोखिम हुन सक्ने स्वास्थ्य कार्यलय बाजुराका प्रमुख कार्यलय दयाकृष्ण पन्तले वताएका छन् । बाजुरामा पछिल्लो समयमा एम्बुलेन्समा खाद्यन्न बोक्ने गाडिमा लुकिछिपि जिल्ला बाहिर बाट बाजुरा आउने क्रम रोकिएको छैन् ।
केही दिन पहिला मात्र बाजुराको बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको थियो । धनगढी बाट बाजुराका लागि आएको से १ च ५२४ नम्बरको एम्बुलेन्समा १० जना यात्रु बोकेको बाजुरा आएको थियो । बाजुरामा बाहिर जिल्ला बाट यात्रु आउन क्रम रोकिएको छैन्, यसरी आउदा जिल्ला जोखिममा बन्ने स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार