• होमपेज
  • समाज
  • काेल्टि बाट हेलिकप्टरमा उद्धार गरिएकाे वालककाे भेरि अस्पतालमा उपचारका क्रममा मृत्यु

काेल्टि बाट हेलिकप्टरमा उद्धार गरिएकाे वालककाे भेरि अस्पतालमा उपचारका क्रममा मृत्यु

  • बिहिबार, बैशाख ४, २०७७
काेल्टि बाट हेलिकप्टरमा उद्धार गरिएकाे वालककाे भेरि अस्पतालमा उपचारका क्रममा मृत्यु

बुधवार बाजुराकाे काेल्टि बाट हेलिकप्टर मार्फत नेपालगञ्ज उपचारका लगिएकाे ५ वर्षीय खगेन्द्र कार्कीकाे उपचारका क्रममा भेरि अस्पताल नेपालगञ्जमा मृत्यु भएकाे छ । दिउसाे सेनाकाे हेलिकप्टर मार्फत उद्धार गरीएकाे वालककाे आइसियुमा उपचार क्रममा बुधवार साझ मृत्यु भएकाे आफन्तले बडिमालिका खबरलाइ वताएका छन् ।

बुढीनन्दा नगरपालिका–७ कालेगाडमा आँगनमा खेल्दै गरेको अवस्थामा लडेर बालक गम्भीर घाइते बालकलाई भएको १ दिन पछि नेपाली सेनाको हेलीकप्टर मार्फत उपचारका लागि नेपालगंज लगिएको थियाे । घाईते वालक बुढिनन्दा नगरपालिका ७ का पत्रकार महेश कार्कीका ५ वर्षीय छोरा खगेन्द्र कार्की रहेको थिए  । घाइते भएका बालक उनकै घरको आगनमा खेलीरहेका बेला गम्भीर चोट लागेको थियो ।

घाइतेको अवस्था चिन्ता जनक रहेकोले प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको पहल तथा नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा बुधबार नेपाली सेनाको हेलीकप्टर मार्फत नेपालगंज लगिएको थियाे । बालक मंगलबार दिउसो ३ बजेको समयमा अचानक लडेर करिव २० मिटर तल खस्दा टाउको,शरिरमा चोट लाग्नुका साथै दुवै कानबाट रगत बग्न थालेपछि घाइते भएका बालको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पनी उपचार सम्भव नभएपछि नेपालगंज लगिएको थियाे।

चर्चामा

सम्बन्धित समाचार