आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विश्व अर्थतन्त्र ९ दशककै खराब अवस्थामा: अन्तर्राष्ट्रिय मुद्रा कोष

विश्व अर्थतन्त्र ९ दशककै खराब अवस्थामा: अन्तर्राष्ट्रिय मुद्रा कोष

  • बुधबार, बैशाख ३, २०७७
विश्व अर्थतन्त्र ९ दशककै खराब अवस्थामा: अन्तर्राष्ट्रिय मुद्रा कोष

अन्तर्राष्ट्रिय मुद्रा कोषणले सन् २०२० मा विश्व अर्थतन्त्र मन्दीमा जाने घोषणा गरेको छ। वर्ल्ड इकोनोमी आउटलुक सार्वजनिक गर्दै कोषले सन् २०२०मा विश्व अर्थतन्त्र सन् २०१९ को तुलनामा ३ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ। यसलाई कोषले सन् १९३० को महामन्दीपछिको सबैभन्दा खराब अवस्थाका रुपमा व्याख्या गरिएको छ।

कोषको प्रक्षेपणअनुसार संसारले यो कोरोना भाइरस महामारीका कारण ९ ट्रिलियन डलर गुमाउने अनुमान गरेको छ। यदि सन् २०२० को पहिलो छ महिनाभित्रै संसारमा महामारी नियन्त्रण भएमा अर्को वर्ष अर्थतन्त्रले गति लिने कोषको अनुमान छ।

तर पहिलो छ महिनामा नियन्त्रण नभएमा अर्को वर्ष पनि संसारको अर्थतन्त्र मन्दीमा जाने कोषको व्याख्या छ। महामारीले संसारका सबै प्रकारका अर्थतन्त्रलाई प्रभावित पार्ने त्यसमा पनि विकसित अर्थतन्त्रले झन् धेरै गुमाउनसक्ने कोषको प्रक्षेपण छ।

चर्चामा

सम्बन्धित समाचार