हिमाली गाउँपालिकामा बर्षासँगै खहरे खोलामा आएको बाढीले बगाएर १ सय १० भेडाबाख्रा र २ हल गोरु मरेका छन् । अत्याधिक बर्षासँगैको बाढीले खोलाको ओराढमा राखिएका २ हल गोरु र खोला छेउ किनारामा राखिएका भेडाबाख्रा बाढीले बगाएर मरेका छन् । हिमाली गाउँपालिका ६ धुलाचौर बस्ने मेघराज पाण्डे र विष्णु चन्द्र जोशीका ओराढमा राखिराखेको अवस्थामा बाढीले बगाएरको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् । धुलाचौर नजिकै रहेको खेती छिउने खोलामा आएको बाढीले बगाएका दुई हल गोरु मध्ये २ वटा मरेको अवस्थामा फेला परेका छन् । भने २ वटा बेपत्ता रहेको बुझीएको छ ।
यस्तै हिमाली गाउँपालिका ७ बाँधुका विष्णु तिमिल्सेना, धनलाल तिमिल्सेना, देवीदत्त तिमिल्सेना र महेन्द्र भण्डारीका भेडा बाख्रा बाढीले बगाएको छ । बाँधुको हाउरी खोला छेउ मै त्रिपाल टाँगेर राखिराखेको अवस्थामा एकाएक आएको बाढीले बगाएर मरेको प्रहरीले बताएको छ । घटना स्थलमा प्रहरी जाँदा केही भेडाहरु मरेको अवस्थामा खोला छेउ छाउमा भेटिएपनि अधिकांश बाढीका कारण भासिएको हुनसक्ने अनुमान गरिएको छ । एक घण्टा जति परेको बर्षाले स्थानीय खहरे खोलामा ठुलो बाढी नै आएको बुझीएको छ ।