शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बडीमालिका नगरपालिका ७ मा हिउँदेबाली सखाप पार्याे असिना पानीले

बाजुरा बडीमालिका नगरपालिका ७ मा हिउँदेबाली सखाप पार्याे असिना पानीले

  • मङ्लबार, बैशाख २, २०७७
बाजुरा बडीमालिका नगरपालिका ७ मा हिउँदेबाली  सखाप पार्याे असिना पानीले
फाइल फाेटाे

बाजुरा २ बैसाख– बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा हिजो राती परेको असिना पानीले हिउँदे बाली जती सबै सखाप पारेको छ । हिजो राती परेको अशिना पानीले खेतमा लगाएको गहुँ, जौँँ, आलु लगायतका सबै बाली सखाप हुने गरी लिएको हो । हिजो राती लगातारको ४ देखी ५ घण्टासम्म परेको असिना पानीले बडिमालिका नगरपालिका वडा न ७ रजातोली ढम्कने भोटेवाडा दुदुली किलामस्टा खिरीडा जिल्ली सिराडी माउलेख लगायतका क्षेत्रमा पाक्न लागेको गहुँ, जौ फापर लगायतका अन्नबालीमा क्षति पुर्याएको बडिमालिका नगरपालिका वडा ७ का वडा सदस्य धनलाल पाध्यायले बताए
असिनापानीले पाक्न लागेको गहुँजौ र फापर लगायतका बालिहरुमा क्षेती पुगेको वडा अध्यक्ष धर्मराज  पाध्यायले बताए । असिनापानीले गहुँ बाली नष्ट पारेपछि किसानहरु चिन्तित भएका छन् वडा अध्यक्ष  पाध्यायले बताए  ।  मेहनतले लगाएको खेती भित्र्याउने बेलामा असिनापानीले नष्ट पारेपछि कृषकहरु मारमा परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार