समाज अझै अशिक्षित छ,बिद्यालय भएर के गर्नु। १
परिवर्तन हुदै हुदैन त,भ्रष्टचारी नेता भएर के गर्नु।२
शिक्षा,स्वास्थ्य,सञ्चार,राेजगारीमा अप्डेड हुदैन त
चुनावमा लाेभ लाग्दाे थाेत्राे,भाषण छरेर के गर्नु।3
सुत्केरी छटपटिदै मर्छे,बिरामीले राम्राे उपचार पाउदैन
दक्ष डाक्टर र अाैषधी बिनाकाे अस्पताल भएर के गर्नु।४
गरिब ,सर्वहारा नाङ्गाे खुट्टा कच्चि बाटाे हिडेरहेकै छन्
धनिकाे लागि गाडि,प्लेन,हेलिकप्टर चलेर के गर्नु।।।।५
परिवर्तन हुदैन त……
न पर्यटक भित्रिने वातावरण छ,न त ब्यबस्था छ
स्वर्ग झै बढीमालिका,बुढिनन्दा छेडेदह भएर के गर्नु।६
गरिबीमा अन्धकार जीवन जिउदैछाै हामी बाजुरिली
दिनमा २० घण्टा लाेडसेडिङ् हुने विजुली भएर के गर्नु।७
परिवर्तन हुदैन त……