आमा ढोक छ ! आमा आजका मिति सम्म श्री पशुपतिनाथको अनुकम्पाले म सन्चै छु । हजुर पनि सन्चै हुनु होला भनी ईश्वरसङ्ग प्रार्थना गरिरहेको छु।पूर्ण आशाका साथ बिश्वभरी फैलिएको कोरोना भाइरस (covid 19) का कारण फैलिएको महामारीको चपेटामा परी क्यारेन्टाइनमै बसेको जानकारी गराउँदै मैले यो बन्द कोठाबाट यी औंलाले पत्र कोरिरहेको छु । नौ महिना गर्भमा राखेर अनेक कष्ट सहेर यो धर्ती टेकाउनु विश्व देखाउनु भयो आमा । बाटोमा बिछ्याइएका काडाँको थुप्रै अप्ठ्यारो हरु चढ्दै कठिनाइँ फाड्दै फूलैफूलको सुनौलो सभ्यतामा हुर्काइ औंसीको सुन्दर धर्तीमा पाइला टिकाउनु भयो।जीवनका कयौं कठिनाइहरु पार गर्दै हुर्काउनु भो आमा।
आमा हजुर महान हुनु हुन्छ हजुरको ऋणी छु ,खाली दु:ख पीडा मात्र दिइरहे सायद म माफीको लाएक त छैन होला तर पनि एक अबोध बालक सम्झेर माफ गरिदिनु होला किन की म हजुरबाट टाढा भएको धेरै भयो,त्यसकारण म यही चिठ्ठी मार्फत केही तिर्सना मेट्न चाहन्छु तपाईंको छोरा बेपत्ता भएको छ भन्ने नठान्नु होला आमा म उपस्थित हुन् नसक्नुको कारण छ असहज परिस्थिति र एक त आफ्नै कार्य व्यस्तताको बाफजुद म घर आउन सकिन,संकटकालिन अप्ठ्यारो चुनौतीका देशको रक्षा नेपाली जनताको रक्षामा लकडाउनका दिनहरू असामान्य परिस्थितिले घर आउन सकिन । आमा ती दिनका यादले मलाई अझै पिरोल्छ,एउटा हातमा ब्याग बोकेर बैशाख जेठ् को गहुँ काट्ने र मकै छर्ने समय छाडी म घरबाट निस्कदा घरको एक कुनामा बसी परेलीको खोचबाट आँखाभरी आँसु ट्म्म पार्दै रोइरहेको हाम्रो गाईको सानो बाच्छो मलाई सुम्सुम्याउदै गरेको कान्छो भाइ सुमन नरुनु आमा भन्दै तपाईंको आँसु पुच्दै उ पनि रोएको सम्झना पलपल मेरा आँखा मा झस्किन्छ।
आमा हजुरको याद नआएको भने पटक्कै होइन।समथली पश्चिम् पहाड छिचोल्दै जुनको उज्यालो रविका किरण चादनी रात बोकेर जुन कोल डाडा थुम्काभरि अट्टाहास लालीमा मुस्कान छरी त्यो गर्मियामको रातको अन्धकारलाई चिर्दै आफ्नो लक्ष्य बढीरहेको थियो हो त्यही रात सङ्गै बिताएका पलहरु बिर्सन नसकिदाको क्षण विवश हुन्छु आमा ! सपनाका महलहरु बोकेर कयौं सपना बुन्दै गएँ ।याद छ,बा आमाको अमुल्य सपनालाई चिसिन नदिने ठुलो सोच ।तर कोरोना एक डर लाग्दो भाइरस हो ,जसको कारण मृत्यु भएपछि छुन पनि मिल्दैन बेस्सरी बीस सेकेन्ड साबुन पानीले हार धुनुपर्छ अनि सुरक्षित भइन्छ । हजुर पनि सुरक्षित रहनु हुन विनम्र अनुरोध गर्द्छु। अब चाडैं देशमा शान्ति भएपछि म घर फर्कनेछु आमा ।मन नभएको कहाँ होर?समय परिस्थितिमा अल्झिएर यस्तो एकिन भएको हु ।आजलाई यति लेखे अर्को पत्रमा बाँकी कुरा लेख्नेछु । यति भन्दै यो बन्द गर्न चाहन्छु ।। उहीँ तपाईंको प्यारो छोरा…..! ©- केशव भट्ट “सागर”