शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा कोरोना संक्रमितको संख्या ९ हजार, ३२४ को मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या ९ हजार, ३२४ को मृत्यु

  • मङ्लबार, बैशाख २, २०७७
भारतमा कोरोना संक्रमितको संख्या ९ हजार, ३२४ को मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २७ पुगेको छ । यसमध्ये ३२४ जनाको मृत्यु भइसकेको छ । ९७९ कोरोना संक्रमित भने उपचार पछि स्वस्थ भइसकेका छन् ।

दिल्ली र महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । दिल्लीमा आजसम्म सबैभन्दा धेरै सोमबार ३५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । अब दिल्लीमा मात्रै संक्रमितको संख्या एक हजार ५१० पुगेको छ । दिल्लीमा मात्रै कोरोनाले २८ जनाको मृत्यु भइसकेको छ ।

महाराष्ट्रमामा एक हजार भन्दा धेरै कोरोना संक्रमित छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा संबोधन गर्दैछन् । अहिले विहान १० बजे मोदीले संबोधन गर्ने कार्यतालिका रहेको बीबीसी हिन्दीले जनाएको छ । भारतमा आज लकडाउनको अन्तिम अर्थात २१ औं दिन हो ।

मोदीले आजको संबोधनमा लकडाउनको समय थप गर्ने अपेक्षा गरिएको छ । संक्रमणको दर उच्चरुपमा फैलिरहेका कारण भारतमा अझै लकडाउन थपिने करिब निश्चित छ । साभार

चर्चामा

सम्बन्धित समाचार