शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • कोरोना अपडेट : मृतकको संख्या १ लाख १९ हजार, के छ सार्क राष्ट्रको अवस्था ?

कोरोना अपडेट : मृतकको संख्या १ लाख १९ हजार, के छ सार्क राष्ट्रको अवस्था ?

  • मङ्लबार, बैशाख २, २०७७
कोरोना अपडेट : मृतकको संख्या १ लाख १९ हजार, के छ सार्क राष्ट्रको अवस्था ?

काठमाडौं – कोरोना संक्रमणबाट अमेरिकमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ।

नेपाली समय अनुसार मंगलबार बिहान ८ बजेसम्म अमेरिकामा मुत्यु हुनेको संख्या २३ हजार ६ सय ६० पुगेको हो। अमेरिकामा २४ घन्टामा १ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा विश्वभर ५ हजारभन्दा बढी मानिसको मृत्य भएको तथ्यांक रहेको छ। योसँगै जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा हालसम्म मृत्यु हुनेको संखया १ लाख १९ हजार ६ सय ६६ पुगेको छ।

इटालीमा मुत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ। स्पेनमा १७ हजार ७ सय ५६ पुगेको छ। त्यस्तै फ्रान्समा १४ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ। युकेमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय २९ पुगेको छ।

विश्वमा २४ घन्टामा ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। योसँगै विश्वमा संक्रमितको संख्या १९ लाख १९ हजार ९ सय १३ पुगेको छ। अमेरिकामा २४ घन्टामा २६ हजार मानिस संक्रमित भएका थिए। योसँगै अमेरिकामा संक्रमितको संख्या ५ लाख ८१ हजार ६ सय ७९ पुगेको छ।

स्पेनमा १ लाख ७० हजार ९९ जना संक्रमित भएका छन्। इटालीमा १ लाख ५९ हजार ५ सय १६ जना संक्रमित भएका छन्। फ्रान्समा १ लाख ३७ हजार ८ सय ७७ जना संक्रमित भएका छन्। जर्मनीमा १ लाख ३० हजार मानिस संक्रमित भएका छन्।

विश्वभर ४ लाख ४९ हजार ५ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन्।

सार्क देशमा कोरोना संक्रमितको संख्या कुन देशमा कति?
भारतमा २४ घन्टामा  २७ जनाको ज्यान गएको छ भने १ हजार २ सय ४८ जना नयाँ बिरामी थपिएका छन्। योसँगै भारतमा संक्रमित संख्या १० हजार ४ सय ५३ पुगेको छ। ३ सय ५८ जनाको ज्यान गइसकेको छ।

पाकिस्तानमा सोमबार २ जनाको मृत्यु भएको छ भने २ सय ६६ जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै पाकिस्तानमा मृतकको संख्या ९३ पुगेको छ। पाकिस्तानमा ५ हजार ४ सय ९६ जना संक्रमित भएका छन्।

अफगानिस्तानमा सोमबार ३ जनाको मृत्यु भएको छ भने ५८ जना नयाँ संक्रमित भेटिएका छन्।  योसँगै अफगानिस्तानमा मृतकको संख्या २१ पुगेको छ। ६ सय ६५ जनामा कोरोना संक्रमण भएको छ।

सोमबार बंगलादेशमा ५ जनाको मृत्यु भएको छ भने १ सय ८२ जना नयाँ संक्रमित भेटिएका छन्। यो सँगै बंगलादेशमा मृतकको संख्या ३९ पुगेको छ। ८ सय ३ जना संक्रमित भएका छन्। ।

श्रीलंकमा ७ जना नयाँ बिरामी थपिएका छन्। योसँगै श्रीलंकमा संक्रमितको संख्या २ सय १७ पुगेको छ। श्रीलंकमा ७ जनाको मृत्यु भएको छ।

माल्दिभ्समा संक्रमितको संख्या २० पुगेको छ। १४ जना मानिस उपचारपछि  निको भएर घर फर्किसकेका छन्।

नेपालमा सोमबार २ जना बिरामी संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।  भुटानमा संक्रमितको संख्या ५ पुगेको छ। २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। साभार

चर्चामा

सम्बन्धित समाचार