• होमपेज
  • देश
  • सनसिटी अपार्टमेन्ट सिल गरियो, भवनमा पाँच सय परिवार छन्

सनसिटी अपार्टमेन्ट सिल गरियो, भवनमा पाँच सय परिवार छन्

  • सोमवार, बैशाख १, २०७७
सनसिटी अपार्टमेन्ट सिल गरियो, भवनमा पाँच सय परिवार छन्

काठमाडौं । काठमाडौंस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ ।

उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ । “त्यहाँभित्र पाँचवटा टावर छन्, एउटा टावरमा सयवटा परिवार फ्ल्याट छन्,” स्रोतले भन्यो, “अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन । कतिपय परिवार बाहिर गइसकेको हुन सक्छ ।”

अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उक्त तीनजनाको परिवार चैत ५ गते बेलायतबाट आएको थाहा भएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो ।

उनले भने “परिवारका तीनजनालाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।” साभार

चर्चामा

सम्बन्धित समाचार