काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या २२ हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार बिहान ७ बजेसम्म अमेरिकामा मुत्यु हुनेको संख्या २२ हजार १ सय ५ पुगेको छ।
२४ घन्टामा विश्वमा ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएरका छन् भने अमेरिकमा २४ घन्टामा ज्यान गुमाउनेको संख्या १ हजार ५ सयभन्दा बढी रहेका छन्।
त्यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ८ सय ९९ पुगेको छ। स्पेनमा मृतकको संख्या १४ हजार ३ सय ९३ पुगेको छ। फ्रान्समा १४ हजार ३ सय ९३ जनाको मुत्यु भइसकेको छ। युकेमा मृतकको संख्या १० हजार ६ सय १२ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १ लाख १४ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ।
विश्वमा संक्रमितको संख्या १८ लाख ४६ हजार ९ सय ६३ पुगेको छ।
अमेरिकामा सबै भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा २४ घन्टामा २७ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। योसँगै अमेरिकामा संक्रमितको संख्या ५ लाख ५५ हजार ३ सय ९८ पुगेको छ।
स्पेनमा१ लाख ६६ हजार ८ सय ३१ जना मानिस संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ। फ्रान्समा १ लाख ३३ हजार ६ सय ७० जना संक्रमित भएका छन्। जर्मनीमा १ लाख २७ हजार ८ सय ५४ जना मानिस संक्रमित भएका छन्।
विश्वभर उपचारपछि निको भएर घर फर्किनेको संख्या ४ लाख २३ हजार ३ सय ११ पुगेको छ।
कहाँ कति निको भए?
चीनमा ७७ हजार ५ सय ७५ मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
स्पेनमा ६२ हजार ३ सय ९१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा निको भएर घर फर्किनेको संख्या ६० हजार ३ सय पुगेको छ।
इरानमा ३४ हजार ८ सय ९४ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।
इटालीमा ३४ हजार २ सय ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा ३२ हजार ६ सय ३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा २७ हजार १ सय ८६ जना उपचारपछि निको भएर घर फर्किसकका छन्।
स्विजरल्याण्डमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १२ हजार ७ सय पुगेको छ।
क्यानाडामा ७ हजार १ सय ७२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अष्ट्रियमा ६ हजार ९ सय ८७ जना निको भएर घर फर्किसकेका छन्।
बेल्जियममा उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ हजार ४ सय ६३ पुगेको छ।
साभार स्वास्थ्य खबर पत्रिका