• होमपेज
  • समाज
  • कोरोनाले विश्वभर एकलाख १० हजार बढीको मृत्यु

कोरोनाले विश्वभर एकलाख १० हजार बढीको मृत्यु

  • सोमवार, बैशाख १, २०७७
कोरोनाले विश्वभर एकलाख १० हजार बढीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसले विश्वका १८५ देशमा १७ लाख ७३ हजार बढी संक्रमित भएका छन् । अहिलेसम्म एकलाख १० हजार ८९२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म पाँचलाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा २० हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । अमेरिका नै पहिलो यस्तो देश बनेको छ जहाँ कोरोनाले एकैदिन दुईहजार जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा २४ घण्टामा ९१७ जनाको मृत्यु भएको छ भने त्यहाँ जम्मा मर्नेको संख्या १९ हजार ४६८ रहेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार इटलीमा आइतबारसम्म १९ हजार बढीको मृत्यु भएको छ । साभार

चर्चामा

सम्बन्धित समाचार