• होमपेज
  • समाज
  • घरमै बसेर विसु पर्व मनाइँदै, मेला जात्रा गर्न रोक

घरमै बसेर विसु पर्व मनाइँदै, मेला जात्रा गर्न रोक

  • सोमवार, बैशाख १, २०७७
घरमै बसेर विसु पर्व मनाइँदै, मेला जात्रा गर्न रोक

बाजुरा लगायत शुदुरपश्चिममा बैशाख १ गतेका दिन सिस्नु दलेर विसु पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहिआएको छ। आजपनि सोही परम्परा अनुसार सुदूरपश्चिममा विसु पर्व मनाईदैछ। तर प्रदेशबासीले कोरोना भाईरसका कारण विगतका वर्षको भन्दा भिन्न तरिकाले विसु पर्व मनाईरहेका छन्।

विषेशगरी नयाँ वर्षका दिन देवर भाउजू तथा साली भेनाले एक अर्कालाई सिस्नु पानी लगाउने गर्छन्। एकघरबाट अर्को घर, एक गाउँबाट अर्को गाउँ पुगेर सिस्नु खेल्न चलन रहेपनि लकडाउनका कारण विसु घरभित्र मात्र सिमित भएको छ। सिस्नु पानीलाई लगाउने विसुलाई मिलनको पर्वका रुपमा लिने गरिन्छ।

स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्ने भन्दै आजको दिन लाग्ने विसु मेला तथा जात्रामा रोक लगाएपछि स्थानीयले घर भित्र बसेर विसु पर्व मनाईरहेको दिनेश खबरका बैतडी संवाददाता सिपी लोहियाले बताए। लकडाउनका कारण धेरै त घरपरिवारसँग नयाँ वर्ष मनाउन गाउँ फर्किन नपाएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयले मेला तथा जात्रामा समेत रोक लगाएपछि विसु पर्वको रौनक गाउँघर खासै नभएको लोहियाले बताए।  विसु पर्वमा बिहे गरेर आफनो घर गएकी छोरी चेली पनि टाढा–टाढाबाट माइती आउने तथा सबैसँग भेटघाट र सुख दःख साट्ने गर्छन्।  तर लकडाउनका कारण धेरै छोरी चेली माईतीघर आउन पाएका छैनन्।

चर्चामा

सम्बन्धित समाचार