शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाका कर्मचारीबाट कोरोना काेषमा सहयोग

बडीमालिका नगरपालिकाका कर्मचारीबाट कोरोना काेषमा सहयोग

  • आइतवार, चैत्र ३०, २०७६
बडीमालिका नगरपालिकाका कर्मचारीबाट कोरोना काेषमा सहयोग
बडिमालिका नगरपालिकामा कार्यरत कर्मचारीहरुले काेराेनका काेषमा सहयाेग हस्तान्तरण गरेका छन् । नगरपालिकाका सबै कर्मचारीहरुका तर्फबाट कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ लाख ९४ हजार ६८ रुपैयाँ जम्मा गरेकाे प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बडिमालिका खबरलाइ बताएका छन् । कर्मचारीहरुले काेराेना कोषको खाता न १६९०००००११०१ मा जम्मा गरिएकाे छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न तथा उपचारकोष नगरपालिकाका अधिकृत स्तरका कर्मचारीको ५ दिन र सहायक स्तरकाको ३ दिनको पारिश्रमिक राष्ट्रीय कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले वताए । नगरपालिकाले कोरोना रोकथामका लागि सतर्कता तथा पूर्वतयारीमा जुटिरहेकाे अर्यालले वताए । सचेतनामुलक सन्देश प्रशारण, पोस्टर पम्लेट प्रकाशन लगायतका सन्देशमुलक कार्यक्रमका साथ साथै नगरपालिका क्षेत्रमा हेल्थ डेक्स, सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्था गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार