शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश रोगि भयो (गजल)

देश रोगि भयो (गजल)

  • आइतवार, चैत्र ३०, २०७६
देश रोगि भयो (गजल)

भित्र भित्रै कुसँस्कार पले पछि रोगि भयो,
समाजभित्र भ्रष्टचार फले पछि रोगि भयो।

ताना शाहि ब्यबस्था ले उकुस मुकुश हुँदा,
न्याय निसाबकै खुट्टा गले पछि रोगि भयो।

न भएका ता होईनन् देश भक्त बुद्धि जिवी,
सामन्तिहरु कोअंघि नचले पछि रोगि भयो।

देखेर दुष्टले हिमाल को काख शोर्णिय देश,
दोशित नियतिले सदै छले पछि रोगि भयो।

लग्यो होनहार युवा आफ्नो देश बनाउँन र,
त्यसैले देशकै बिकाश टले पछि रोगि भयो।

समाज भित्र जातिय बिभेद बढ्दै गए पछि,
त्यहि आगो भित्रभित्रै जले पछि रोगि भयो।

जनताले राजा राणा फाल्नलाई प्राण त्यागे,
नेता पालै पालो कुर्चि बदले पछि रोगि भयो।

आफ्नो प्राणको बली दिएर बचाए पूर्वज ले,
तर आज नेताकै गरिमा ढलेपछि रोगि भयो।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार